दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट, ८ जनाको मृत्यु

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसन नजिकै सोमबार साँझ भएको विस्फोटमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य ७ जना सख्त घाइते भएका छन् ।  स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याई पुर्याउँदा ८ जनाको मृत्यु भइसकेको र अन्य ७ जनाको उपचार भइरहेको जानकारी दिए ।  दिल्ली प्रहरीका उच्च अधिकारीले घटनाबारे अनुसन्धान गरिरहेको बताएका छन् । उनले भने, ‘अहिलेसम्म, म तपाईंलाई केही भन्न सक्दिन। घटनाबारे अनुसन्धान भइरहेको छ ।’ घटनास्थलमा पुगेका डीआइजी सिआरपिएफले तत्काल केही भन्न हतार हुने बताए । अग्नि नियन्त्रण कार्यालयका उप प्रमुख एके मलिकले चाँदनी चोक मेट्रो स्टेसन नजिकै एउटा कारमा विस्फोट भएको जानकारी प्राप्त भएको बताए ।  ‘हामीले घटना लगत्तै प्रतिक्रिया दियौँ र ७ युनिटहरू घटनास्थलमा पठाइयो । विस्फोटपछि लागेको आगो साँझ ७:३० सम्ममा नियन्त्रणमा आएको छ । यसमा हाताहाती हुने सम्भावना रहेको छ । हाम्रा सबै टोली घटनास्थलमा उपस्थित छन्,’ उनले भने ।  प्रत्यक्षदर्शीले केही व्यक्तिको मृत्यु भएको बताएका छन् । एक स्थानीयले एएनआईलाई भने, ‘जब हामीले सडकमा कसैको हात देख्यौँ, हामी पूर्ण रूपमा स्तब्ध भयौँ । म यसलाई शब्दमा व्याख्या गर्न सक्दिनँ ।’ अर्का प्रत्यक्षदर्शीले भने, ‘जब हामी घटनास्थल नजिक पुग्यौँ, हामीले सडकमा शरीरका अङ्गहरू छरिएको देख्यौँ। के भयो कसैले पनि बुझ्न सकेनन् । धेरै कारहरू क्षतिग्रस्त भएका छन् ।’  एक स्थानीय पसलेले एएनआईलाई बताए अनुसार उनले आफ्नो जीवनमा यति ठूलो विस्फोट कहिल्यै सुनेका थिएनन् । उनले भने, ‘विष्फोटका कारण म तीन पटक लडेँ । यस्तो लाग्यो कि हामी सबै मृत्युको मुखमा गइरहेका छौँ । घटनामा धेरै कारहरू क्षतिग्रस्त भएका छन् ।’ एलएनजेपी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले घाइतेमध्ये एक जनाको अवस्था स्थिर रहेको बताएका छन् । उनले भने, ‘१५ जनालाई लोक नायक अस्पतालमा ल्याइएको छ । तीमध्ये ८ जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भएको थियो । ३ जना गम्भीर घाइते भएका छन् भने एक जनाको अवस्था स्थिर रहेको छ।’

न्यूयोर्क सिटीका मेयर ममदानी अगाडि चुनौतीका चाङ, के ट्रम्पप्रुफ बन्ला सहर ?

काठमाडौं । न्यूयोर्क सिटीको मेयर बन्ने प्रतिस्पर्धामा जीत हासिल गरेको केही क्षणपछि जोहरान ममदानीले आफ्नो अर्को लडाइँ तय गरिसके– जुन अमेरिका राष्ट्रपतिद्वारा डोनाल्ड ट्रम्पसँगको सिधै टक्कर हो । गत मंगलबार जितपश्चात आफ्नो भाषणमा ममदानीले क्यामेरातर्फ हेर्दै राष्ट्रपति ट्रम्पलाई चुनौती दिए । उनी भन्छन्, ‘डोनाल्ड ट्रम्प मलाई थाहा छ तपाईं हेर्दै हुनुहुन्छ, मसँग तपाईंको लागि चार शब्द छन्–  टर्न द भोल्युम अप ।’ केही मिनेटमै ट्रम्पले आफ्नै सामाजिक मिडिया प्लेटफर्म ‘ट्रुथ सोशल’ मा लेखे, ‘...र अब सुरु !’ ३४ वर्षका ममदानीलाई ट्रम्पले ‘डेमोक्रेटिक पार्टीको कम्युनिस्ट भविष्य’ भनेका छन्। ट्रम्पले पूर्व डेमोक्रेटिक गभर्नर एन्ड्रयू कुओमो (जो यस पटक स्वतन्त्र उम्मेदवारका रूपमा उठेका थिए) को समर्थन गरेका थिए र चेतावनी दिएका थिए कि यदि न्यूयोर्कले ममदानीलाई रोज्यो भने उनले सहरको फन्डिङ घटाउनेछन् । ममदानीको जितको अर्को दिन ट्रम्पले भने, ‘मान्छेहरू न्यूयोर्क छोडेर भाग्नेछन् ।’ यो पहिलो पटक होइन जब न्यूयोर्कमा जन्मेका र हुर्किएका ट्रम्पले सहरका मामिलामा हस्तक्षेप गर्ने प्रयास गरेका हुन् । यसअघि उनले इमिग्रेशन विभागको छापामा वृद्धि र ‘कन्जेशन प्राइसिङ’ को फन्डिङ रोक्ने प्रयास गरिसकेका छन्, जुन यस्तो नीति हो जसको उनी विरोध गर्छन् । आफ्नो जितको भाषणमा ममदानीले भने, ‘यदि कुनै सहरले देशलाई देखाउन सक्छ कि डोनाल्ड ट्रम्पलाई कसरी हराउने, त्यो सहर त्यो हो जसले उनलाई जन्म दिएको हो ।’ ट्रम्पको कार्यकालमा उनले धेरै डेमोक्रेटिक पार्टीले शासित सहरहरूका विरुद्ध आफ्नो संघीय शक्ति प्रयोग गरेका छन् । यसमा नेशनल गार्डको तैनाथीदेखि इमिग्रेशनमा कडाइसम्म सबै समावेश छ । अक्टोबरमा सरकारी शटडाउनपछि उनले अरबौं डलरको फन्डिङ रोकिसकेका छन्, जसमा न्यूयोर्कको लागि तय गरिएको १८ अरब डलर संघीय रकम पनि सामेल छ, जुन ठूलो इन्फ्रास्ट्रक्चर प्रोजेक्टहरूका लागि थियो । राजनीतिक विशेषज्ञहरूले भनेका छन् कि ट्रम्पले थप कटौती गर्न सक्छन् जसले ममदानीका ती चुनावी वाचा प्रभावित गर्न सक्छ जसमा उनले जनतालाई दैनिक खर्च घटाउने कुरा गरेका थिए । आफूलाई ‘डेमोक्रेटिक सोसियलिस्ट’ भन्ने ममदानीले निःशुल्क र छिटो बस सेवा, घरभाडा वृद्धिमा रोक, सबै बच्चाको हेरचाह व्यवस्था र सरकारी किराना स्टोर जस्ता योजनाहरूको वाचा गरेका छन् । प्रिन्सटन विश्वविद्यालयका इतिहासकार जूलियन जेलाइजरले भने, ‘साँचो कुरा के हो भने नवनिर्वाचित मेयरले न्यूयोर्कको विरुद्ध ट्रम्पको निर्णयसँग जुध्न धेरै ध्यान दिनुपर्नेछ । यसले सहरका मुद्दामा उनको फोकस कम गर्न सक्छ ।’ आठ अरब डलरको फन्डिङको कमी विशेषज्ञहरूको अनुसार ममदानीले आफ्नो महत्त्वाकांक्षी लक्ष्य पूरा गर्न ट्रम्पबाहेक पनि धेरै चुनौतीको सामना गर्नुपर्नेछ । विशेषज्ञहरूको विचारमा उनी धनी कम्पनी र उच्च आम्दानी भएकाहरूबाट कर बढाएर १० अरब डलर उठाउन सक्छन्, तर त्यसका लागि गभर्नरको अनुमोदन आवश्यक छ । डेमोक्रेटिक गभर्नर क्याथी होचुल जो अर्को वर्ष फेरि चुनिने कठिन चुनावी लडाइँ सामना गर्दैछिन् जो अहिलेसम्म यस कर योजनाको समर्थनमा हिचकिचाइरहेकी छिन्। यसैबीच ट्रम्प समर्थक रिपब्लिकन नेता एलिस स्टीफैनिकले गभर्नर पदको उम्मेदवारीको तयारी सुरु गरिसकेका छन् । यदि ट्रम्पले फन्डिङमा थप कटौती गरे भने सहरको बजेटमा नयाँ समस्या उत्पन्न हुनेछ । गत वर्ष संघीय फन्ड सहरको बजेटको करिब सात प्रतिशत अर्थात् ८.५ अरब डलर थियो । जेलाइजरले भने, ‘सहरमा कुनै नयाँ योजना लागू गर्न पैसाको समस्या छ नै, तर यदि संघीय फन्डिङ घट्यो भने अवस्था अझै कठिन हुनेछ ।’ न्यूयोर्क सिटी इन्डिपेन्डेन्ट अफिसका अनुसार यी पैसाले हाउजिङ, विपद् राहत, बालबालिकासँग सम्बन्धित सेवाहरू र निम्न–आय वर्गका विद्यार्थीहरूको शिक्षा तथा स्कुल खाना जस्ता योजनाहरू चलाउँछ । यद्यपि ट्रम्पले स्पष्ट भनेका छैनन् कि कुन फन्डमा कटौती हुने भनेर । न्यूयोर्क सिटी इन्डिपेन्डेन्ट बजेट अफिसकी सीनियर अधिकारी सारा पार्करले भनिन्, ‘सहर र प्रान्तीय सरकारहरूले धेरै सम्भावित अवस्थाहरूको लागि वैकल्पिक योजना तयार गरिरहेका छन् ।’ ‘कानुनी रूपमा बेघर व्यक्तिहरूका लागि आश्रयजस्ता केही सेवाहरू दिन आवश्यक छ । यदि संघीय सहायता कम भयो भने सहर र राज्यले आफै यो कमी पुरा गर्नुपर्नेछ, जसले अन्य योजनामा असर पार्न सक्छ,’ उनले थपिन्। हार्वर्ड विश्वविद्यालयका केनेडी स्कूलका प्रोफेसर जस्टिन डी बेनेडिक्टिस(कैस्नरले भने, ‘ट्रम्पलाई संघीय फन्ड रोक्दा कानूनी चुनौतीको सामना गर्नुपर्नेछ, तर यसले पैसा प्राप्त गर्न ढिलाइ अवश्य हुनेछ ।’ नेशनल गार्डको तैनाथी ट्रम्पले पहिले पनि डेमोक्रेटिक पार्टीले शासित सहरमा कानुन(व्यवस्थाका नाममा नेशनल गार्ड पठाइसकेका छन् । यसमा लस एन्जल्स, पोर्टल्याण्ड र वाशिंगटन डीसी समावेश छन् । उनीहरूले न्यूयोर्कमा अहिलेसम्म यसो गरेका छैनन्, तर विशेषज्ञहरूका अनुसार भविष्यमा सम्भावना छ । जेलाइजरले भने, ‘उनीहरूसँग पहिलेबाटै यो मोडल छ । यसलाई लागू गर्न कठिनाइ छैन ।’ ममदानीले यदि न्यूयोर्कमा नेशनल गार्ड पठाइयो भने उनी अदालतमा चुनौती दिने चेतावनी दिइसकेका छन् । अन्य प्रान्तले पनि यसै गरेका थिए । इमिग्रेशनसँग सम्बन्धित छापाहरूमा वृद्धि विशेषज्ञहरूको अनुमान छ कि ट्रम्प न्यूयोर्कमा इमिग्रेशन विभागको कडाइ पनि बढाउन सक्छन् । न्यूयोर्क १९८० को दशकदेखि ‘स्याङ्चुअरी सिटी’ हो । स्याङ्चुअरी सिटी भन्नाले यस्तो सहर वा नगरपालिका हो जहाँ अवैध आप्रवासीलाई संघीय आप्रवासन अधिकारीबाट जोगाउने नीति अपनाइन्छ । ट्रम्प प्रशासनले पहिले नै सहरका इमिग्रेशन कोर्टमा छापा बढाइसकेको छ, जहाँ इमिग्रेशन विभागका एजेन्टहरूले सयौंलाई सुनुवाइको क्रममा हिरासतमा लिएका छन्। न्यूयोर्क सिटीका वर्तमान मेयर एरिक एडम्सले ट्रम्प प्रशासनसँग अधिकांश मामिलामा सहयोग गरेका थिए । तर सात वर्षको उमेरमा युगाण्डाबाट अमेरिका आएका ममदानीले स्पष्ट पारे कि उनी यस मामिलामा फरक दृष्टिकोण अपनाउनेछन् । उनी भन्छन्, ‘न्यूयोर्क प्रवासीहरूको सहर रहनेछ । एउटा यस्तो सहर जुन प्रवासीहरूले बनाएको हो र जसलाई शक्ति दियो उसै प्रवासीले अब यसको नेतृत्व गर्नेछन् ।’ न्यूयोर्कलाई ‘ट्रम्पप्रुफ’ बनाउने कोलम्बिया विश्वविद्यालयका प्रोफेसर बब श्यापिरोका अनुसार ममदानी जनवरीमा पद सम्हाल्नुअघि ट्रम्पको नीतिहरूको सामना गर्न रणनीति बनाउनेछन् । डेमोक्रेटिक पार्टीका अन्य मेयरहरू जस्तै उनी पनि फरक–फरक मार्ग अपनाउन सक्छन् । बोस्टनकी मेयर मिशेल वूले ट्रम्पको नीतिको खुल्ला विरोध गरेकी थिइन्, जबकि सान फ्रान्सिस्कोका मेयर डेनियल लुरीले टेक कम्पनीहरूको सहयोगबाट ट्रम्पलाई नेशनल गार्ड पठाउन रोक्ने प्रयास गरेका थिए । प्रोफेसर श्यापिरोको अनुसार ममदानी पनि वाल स्ट्रिटका प्रमुख व्यक्तिहरूको सहयोगबाट यसैगरी ट्रम्पको हस्तक्षेप रोक्न सक्छन् जहाँ ट्रम्पले आफ्नो रियल एस्टेट करिअर बनाएका थिए । ममदानीले ‘ट्रम्प–प्रुफिङ न्यूयोर्क सिटी’ नामक नीति दस्तावेजमा भनेका छन् कि उनी सहरको कानुनी टोलीमा २०० नयाँ वकिल थप्नेछन्, ताकि ट्रम्प प्रशासनका कदमको जवाफ दिन सकियोस् । हार्वर्डका एक प्रोफेसर भन्छन्, ‘ममदानीले आफ्नो एजेन्डा लागू गर्न ठूलो चुनौतीको सामना गर्नेछन् । त्यसैले उनी निर्णय गर्न सक्छन् कि ट्रम्पसँग कहिले र कसरी भिड्ने ताकि न्यूयोर्कका ट्रम्प विरोधी मतदातामा समर्थन बनोस्।’ ‘मलाई लाग्छ उनी ट्रम्पसँग तब मात्र भिड्नेछन् जब उनी महसुस गर्नेछन् कि आफ्नो लक्ष्यतर्फ अगाडि बढ्न सकिन्छ । उनी यति चतुर राजनीतिज्ञ हुन् कि अनावश्यक रूपमा यस्तो गर्ने छैनन्,’ उनले थपे । (बीबीसीबाट अनुदूति तथा सम्पादित)

अफ्रिकामा सुन-हीरा नियन्त्रणका लागि अमेरिका र चीनको युद्ध

काठमाडौं । अमेरिका र चीन विश्वका दुई ठूला आर्थिक महाशक्तिहरू हुन् । यी दुई देशबीच धेरै मोर्चामा प्रतिस्पर्धा चलिरहेको छ । तीमध्ये एउटा प्रतिस्पर्धा खनिज सम्पदाले भरिपूर्ण अफ्रिकी महादेशका स्रोतसाधनहरूमा नियन्त्रण जमाउने विषय पनि हो ।  अफ्रिकामा सुन र हीराको ठूलो खानीहरूका साथै लिथियम, रेयर अर्थ, कोबाल्ट र टंगस्टनका पनि ठूलो भण्डार छन् । यी स्रोतहरूको प्रयोग विद्युतीय सवारीसाधन (ईभी) देखि कृत्रिम बौद्धिकता (एआई) डेटा सेन्टर र हतियार प्रणालीहरूमा हुन्छ । चीनले धेरै वर्षदेखि अफ्रिकी देशहरूमा आफ्नो लगानी बढाउँदै आएको छ । २०१२ मा यसले अमेरिका पन्छाएर अफ्रिकामा सबैभन्दा ठूलो लगानीकर्ता बन्ने उपाधि हासिल गर्यो र करिब एक दशकसम्म यसलाई आफ्नो नियन्त्रणमा राख्यो ।  तर बीबीसीको रिपोर्टअनुसार २०२३ मा अमेरिका फेरि अफ्रिकामा आफ्नो हराएको स्थान फिर्ता गर्न सफल भयो । २०२३ मा अमेरिका अफ्रिकामा ७.८ अर्ब डलरको लगानी गरेको थियो भने चीनको लगानी ४ अर्ब डलर मात्रै थियो। चीन विश्वमा क्रिटिकल मिनरल्स र धातुहरूको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो । यससँग यी स्रोतहरूको ठूलो भण्डार छ, तर यसले विशेष गरी अफ्रिकामा पनि ठूलो लगानी गरेको छ । साथै चीनले ग्लोबल सप्लाईको प्रोसेसिङमा पनि आफ्नो दबदबा कायम राखेको छ ।  चीन आफ्नो यस पोजिसनलाई रणनीतिक हतियारको रूपमा प्रयोग गर्छ र आवश्यक पर्दा आपूर्ति कम गर्छ । यही कारणले अमेरिका अब क्रिटिकल मिनरल्स र धातुहरूमा पहुँच बढाउन मिशन मोडमा काम गरिरहेको छ । अफ्रिकामा अमेरिकाको लगानीको नेतृत्व सरकारी एजेन्सी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (यूएसडीएफसी) ले गरिरहेको छ । यसको स्थापना २०१९ मा डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा गरिएको थियो ।  यसको मिशन चीनको प्रभुत्वलाई चुनौती दिनु हो र एजेन्सीले विभिन्न अवसरहरूमा आफ्नो उद्देश्य स्पष्ट गरिसकेको छ । गत वर्ष रवाण्डाको माइनिङ कम्पनी ट्रिनिटी मेटल्सलाई तीनवटा खानी विकास गर्न एजेन्सीले ३.९ मिलियन डलरको अनुदान दिएको थियो । सुनको खेल अझै बाँकी ! मूल्य घट्ने कि फेरि इतिहास दोहोरिने ?