भारत दशकको अन्त्यसम्म विश्वकै अग्रणी सौर्य उत्पादक बन्ने दिशामा

काठमाडौं । भारत यो दशकको अन्त्यसम्म विश्वकै अग्रणी सौर्य उत्पादक बन्ने दिशामा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारत विश्वका सबैभन्दा ठूला सौर्य ऊर्जा (पीभी) उत्पादन केन्द्रहरू मध्ये एक बन्ने लक्ष्यसहित तीव्र गतिमा अगाडि बढिरहेको हो । २०२५ देखि २०२९ को बीचमा करिब २१३ गिगावाट (जीडब्ल्यू) नयाँ सौर्य क्षमता जडान हुने अनुमान गरिएको छ । त्यस्तै, मोड्युल उत्पादन क्षमता २८० ‍जीडब्ल्यू नाघ्नेछ भने सेल उत्पादन क्षमता २०२५ को २६ जीडब्ल्यूबाट बढेर २०२९ सम्म करिब १७१ जीडब्ल्यू पुग्ने प्रक्षेपण गरिएको छ । यी तथ्यांकहरू अन्तर्राष्ट्रिय अनुसन्धान संस्था ईयू‍पीडी रिसर्चद्वारा जारी ‘इन्डियाज सोलर सर्जस् द नेक्स्ट लूमिङ पीभी प्राइस शक ?’ शीर्षकको ताजा रिपोर्टमा समेटिएका हुन् ।  रिपोर्टअनुसार भारतको सौर्य ऊर्जा क्षेत्र अब परिपक्वता, प्रविधि र वैश्विक महत्त्वाकांक्षाको नयाँ चरणतर्फ प्रवेश गरिरहेको छ । यसमा सरकारी पहलभन्दा बढी प्रतिस्पर्धा, प्रविधि र दिगोपनलाई प्राथमिकता दिइन थालेको उल्लेख छ । भारतीय सौर्य उद्योगको तीव्र विस्तारले देशलाई निर्यातका असाधारण अवसर प्रदान गर्दैछ । रिपोर्टका अनुसार यदि उत्पादन क्षमताको ६५ प्रतिशत मात्र उपयोग भयो भने पनि भारतले २०३० सम्म १४३ जीडब्ल्यू सौर्य मोड्युल निर्यात गर्न सक्छ। यो उत्पादन स्तर धेरैजसो निर्माताका लागि लागत उठ्ने न्यूनतम बिन्दु मानिन्छ । अमेरिका परम्परागत रूपमा भारतको प्रमुख निर्यात बजार रहे पनि त्यहाँका कडा हुँदै गएका व्यापार नियमका कारण भारतीय कम्पनीहरूले अब युरोप, मध्यपूर्व र अफ्रिकाजस्ता नयाँ बजारमा उच्च प्राथमिकता दिनुपर्ने अवस्था आएको विश्लेषण गरिएको छ । ईयूपीडी ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्कुस ए.डब्ल्यू. होएनरका अनुसार भारतको सोलर म्यानुफ्याक्चरिङ क्षमतामा आएको तीव्र वृद्धिले ठूलो मात्रामा उत्पादन बढेको छ । अब देशको लक्ष्य विश्वस्तरको प्रतिस्पर्धामा केन्द्रित हुनुपर्छ। बलिया बजार, तिनका आवश्यकता र उदीयमान दिगोपन तथा गुणस्तर मापदण्डहरू पूरा गर्नु दीर्घकालीन सफलताका लागि महत्त्वपूर्ण हुनेछ । पछिल्ला एक वर्षमा भारतको लागत संरचनामा उल्लेखनीय सुधार देखिएको छ । टपकन (टनल अक्साइड पासिभेटेड कन्ट्याक्ट) मोड्युलको मूल्यमा भारत–चीनबीचको अन्तर २०२४ को सुरुवातमा रहेको ९/डब्ल्यू डलरबाट घटेर २०२५ को अक्टोबरमा ५.७/ डब्ल्यूमा झरेको छ । यस सुधारमा अटोमेशन, ठूलो मात्रामा उत्पादन, इण्टिग्रेशन र उत्पादन दक्षता बढ्नु मुख्य कारण रहेको रिपोर्टमा उल्लेख छ । यद्यपि भारतको न्यूनतम दिगो मूल्य चीन र दक्षिण–पूर्व एसियाभन्दा अझै पनि १४–१७ प्रतिशत महँगो छ, जसले थप प्रविधि तथा सञ्चालन सुधार आवश्यक रहेको संकेत गर्दछ । युरोपजस्ता दिगोपनलाई ठूलो प्राथमिकता दिने बजारमा भारतलाई केही संरचनागत फाइदा रहेको देखिन्छ । भारतबाट युरोपसम्म ढुवानी लागत मोड्युल मूल्यको करिब ५ प्रतिशत पर्छ भने चीनबाट भने ८.७ प्रतिशत । भारत–युरोप मार्गमा ढुवानी गर्दा हुने कार्बन उत्सर्जन चीनको तुलनामा ६५ प्रतिशत कम रहेको छ । यी कारणहरूले यूरोपेली संघ (ईयू) का औद्योगिक तथा कार्बन–सम्बन्धी दिगो मापदण्ड पूरा गर्न भारतका उत्पादकहरूलाई थप सहयोग पु‍र्याउने आँकलन गरिएको छ । दक्षिण अमेरिकामा वर्चस्व राख्दै चिनियाँ ईभी

दक्षिण अमेरिकामा वर्चस्व राख्दै चिनियाँ ईभी

काठमाडौं । सन् २०१९ मा पेरूका हरितऊर्जा उद्यमी लुइस ज्विबाखले एउटा विद्युतीय सवारीसाधन (ईभी) कार किन्न खोज्दा उनी ४ हजार माइल टाढा क्यालिफोर्निया उडे, जहाँ उनले टेस्लाको मोडल–३ टेस्ट ड्राइभ गरे । तर टेस्लाको पेरूमै आधिकारिक आयातकर्ता नभएकाले जटिल आयात प्रक्रिया पार गर्न सकेनन् । तर उनी त्यतिमै रोकिएनन् । ‘एउटा मानिसले पहिले नै गाडी आयात गरेका रहेछन् र बेच्न चाहँदा रहेछन्, ‘ज्विबाख भन्छन्,’ म गएर हेरेँ र किनिहालेँ ।’ लिमाबाहिर समुद्री किनाराको घरमा चार्ज गर्न सुरुमा समस्या आयो । ‘ग्राउन्डिङ थिएन, त्यसैले गाडी चार्ज भएन,’ उनले भने, ‘हामीले काँटा लिएर भुइँमा गाड्यौं र गाडी चार्ज भयो ।’ उद्यमी लुइस ज्विबाख आज पेरूमा ईभी किन्न यति समस्या छैन । टेस्लाको शोरूम अझै नभए पनि बीवाईडी, जीली, जीडब्ल्यूएमजस्ता चिनियाँ कम्पनीका मोडेलहरू छिरेका छन्, जसले टेस्लाभन्दा झन्डै ६० प्रतिशत सस्तोमा ईभी बेचिरहेका छन् । टोयोटा, किया र हुन्डाईले पनि विभिन्न मोडेल ल्याएका छन् । चिनियाँ उत्पादकहरूले दक्षिण अमेरिकामा दुवै प्रकारका (इन्धन र इलेक्ट्रिक) सवारीसाधनको उपस्थिति बढाइरहेका छन् । पेरूमा यो वर्ष सेप्टेम्बरसम्म कूल १ लाख ३५ हजार ३९४ नयाँ गाडी बिक्री भए जसमा ईभी र हाइब्रिड संख्या कम भए पनि बढ्दैछ । यो अवधिमा ७ हजार २५६ युनिट बिके जुन वार्षिक रूपमा ४४ प्रतिशत वृद्धि हो । लिमाको उत्तरमा बनेको चिनियाँ ‘मेगापोर्ट’ चान्काई सञ्चालनमा आएपछि चीनका ईभी बिक्री झनै बढेका छन् ।  बीवाईडीले यस वर्षकै अन्त्यसम्म लिमामा चौथो डिलर खोल्दैछ । चेरी र गिलीसँग पेरूमा दर्जनभन्दा बढी डिलर छन् । ‘इलेक्ट्रिक कार यहाँ निकै राम्रो चलेको छ— दैनिक दुईभन्दा बढी ईभी बिक्छ,’ ज्विबाख भन्छन् ।  माग बढेपछि उनले आफ्नो नवीकरणीय व्यवसाय पनि विस्तार गरेका छन्— ईभी चार्जर, सोलार प्यानल र रिकुपरेटिभ लिफ्ट स्थापना सेवासहित । चिनियाँ ‘मेगापोर्ट’ चान्काई ‘एक डेभलपरले भने– पेन्टहाउस किन्छु यदि कार चार्जर राखिदियो भने । त्यसैले हामीले राखिदियौं,’ उनले भने। जाटो डाइनामिक्सका विश्लेषक फेलिपे मुनोजका अनुसार चीनमा मूल्ययुद्ध र अत्यधिक उत्पादनका कारण धेरै गाडी विदेश मध्यपूर्व, एसिया र ल्याटिन अमेरिकातर्फ पठाइँदैछ ।  चिलीका सीएभीइएम अध्यक्ष मार्टिन ब्रेस्सियानी भन्छन्, ‘चिनियाँले गुणस्तरमा वैदेशिक ब्रान्ड बराबरी गरिसकेका छन् ।’ यस वर्ष पहिलो त्रैमासमा चिलीमा बिक्री भएको यात्रुबाहक कारमध्ये २९.६ प्रतिशत चिनियाँ ब्रान्ड थिए । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार २०२४ मा ल्याटिन अमेरिकामा ईभीको बजार हिस्सा ४ प्रतिशत पुगेको छ । मेक्सिको र मध्य अमेरिकासहित सरकारी प्रोत्साहन र सस्ता चिनियाँ मोडेलका कारण यो सम्भव भएको हो । चिनियाँ ‘मेगापोर्ट’ चान्काईमा राखिएका चिनियाँ ईभी चिली, ब्राजिल र उरुग्वेमा ईभी बजार हिस्सा लगातार नयाँ रेकर्ड बनाइरहेको छ । चिलीमा १०.६ प्रतिशत, ब्राजिलमा ९.४ प्रतिशत र उरुग्वेमा त तेस्रो त्रैमासमा २८ प्रतिशत बनार हिस्सा रहेको छ । अर्जेन्टिनामा आर्थिक चुनौती हुँदाहुँदै पनि ईभी बिक्री बढ्दै छ । चीनको सबैभन्दा ठूलो कार निर्माता बीवाईडीले अक्टोबरमा अर्जेन्टिनामा आधिकारिक रूपमा प्रवेश गरिसकेको छ । यस सफलताको ठूलो हिस्सा स्थानीय विश्वसनीय आयातकर्तासँगको साझेदारी हो, जसले क्षेत्रअनुकूल डिजाइन र मूल्यका मोडेल ल्याएका छन् । उरुग्वेमा त बीवाईडी देशकै तेस्रो ठूलो विक्रेता बनेको छ, चेभरलेट र हुन्डाईपछि । चिनियाँ बजार हिस्सेदारी २०२३ यता दोब्बर भइसकेर २२ प्रतिशत पुगेको छ । उरुग्वेको पन्टा डेल एस्टेमा लग्जरी डिलर गन्जालो एल्गोर्रियगाले केही वर्षदेखि बीवाईडी मोडेल प्रदर्शन गर्न थाले । अहिले बीवाईडी नै मुख्य बिक्रीकर्ता बनेको छ । ‘चिनियाँले पहिला नै कडा हमला गरे,’ उनले भने । उरुग्वेमा चिनियाँ बीईभीको प्रारम्भिक मूल्य करिब १९ हजार डलरबाट सुरु हुन्छ । ‘दुई परम्परागत गाडीको मूल्यमा म तीनवटा चिनियाँ पिकअप किन्न सक्छ’ अर्को डिलरले भने । चिनियाँ मेगापोर्टले दक्षिण अमेरिकालाई ‘खोलिदियो’ चान्काई बन्दरगाह अब चिनियाँ गाडीहरूको प्रवेशद्वार बनेको छ— जहाँ प्रत्येक जहाजले ८ सयदेखि १ हजार २०० गाडी ल्याउँछ । यी गाडीहरू पेरूमै होइन, चिली, इक्वेडर र कोलम्बियातर्फ पनि पठाइँदैछन् । जुलाईमा मात्र ३ हजार ५७ गाडी आइपुगे । जनवरीको ८३९ भन्दामात्र आइपुगेका थिए । पेरूमा ठूलो स्थानीय गाडी उद्योग नभएकाले विरोध कम छ तर ब्राजिलमा भने तनाव बढेको छ । ब्राजिलमा बीवाईडी र जीडब्ल्यूएमले कारखाना खोलेका छन् । दुवै कम्पनीले उच्च भन्सारका कारण स्थानीय उत्पादन गर्नुपर्ने भएकाले कारखाना खोलेका हुन् । जीडब्ल्यूएमले २०२७ सम्म ब्राजिलबाट क्षेत्रभरि निर्यात सुरु गर्ने योजना बनाएको छ । तर ब्राजिलमा चिनियाँ गाडी ठूलो मात्रामा आयात पनि भइरहेका छन् । यस वर्ष विश्वकै सबैभन्दा ठूलो कार–क्यारियर जहाज २२ हजार  गाडी लिएर ब्राजिल पुगेको थियो । ब्राजिलले ईभीमा पुनः भन्सार बढाउन थालेको छ— २०२६ सम्म ३५ प्रतिशत पुग्नेछ । त्यसैले स्थानीय उत्पादन झनै महत्त्वपूर्ण बन्नेछ । अर्जेन्टिनाका लागि बीवाईडी प्रमुख स्टीफेन डेङ भन्छन्— २०२७ सम्म ब्राजिलबाट गाडी ल्याउनेछन् र अर्जेन्टिनामा पनि ब्राजिल जस्तै ईभीदर देखिन सकिनेछ । तर दक्षिण अमेरिकामा केही ठूला चुनौतीहरू अझै कायम छन्— विशेष गरी लामो दूरीको यात्रा र चार्जिङ स्टेशनहरूको असमान वितरण । ज्विबाख भन्छन्, ‘यदि तपाईं टुम्बेसदेखि टाक्नासम्म पेरूको सारा तटीय क्षेत्रमा यात्रा गर्न चाहनुहुन्छ भने अझै पनि गाह्रो छ ।’ ‘यद्यपि चार्जिङ सुविधामा समस्या छन्, कार चलाउन भने निकै सस्तो पर्छ र प्रायः कहिल्यै ग्यारेज सेवा आवश्यक हुँदैन,’ उनले थपे । अमेरिकी शुल्क घटेपछि हुन्डाईको ठूलो उडान, कोरियामा‍ ८६ अर्ब डलर लगानी गर्ने घरेलु बजारमा दबाब बढेपछि बीवाईडीको नजर विदेशी बजारमा, २०२६ मा १६ लाख सवारी बिक्री लक्ष्य पोर्शेमा आएको संकटले शीर्ष सेयरधनीको नाफा धराशायी दक्षिणपूर्वी एसियामा होन्डाको वर्चस्व धरापमा, ठूलो चुनौती चीनका ईभी निर्माता

शेख हसीनालाई बंगलादेशको अदालतले सुनायो मृत्युदण्ड, मानवता विरुद्धको अपराधमा दोषी ठहर

काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्वप्रधानमन्त्री शेख हसीनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको छ । शेख हसीनामाथि गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहको क्रममा मानवता विरुद्ध अपराधको आरोप तय गरिएको थियो । भारतमा निर्वासनमा रहेकी शेख हसीनाको गैरहाजिरीमा उनीविरुद्ध मुद्दा चलाइएको थियो । न्यायाधीश मोहम्मद गुलाम मुत्र्जा मजूमदारको अध्यक्षतामा रहेको तीन सदस्यीय अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण- १ ले यो फैसला सुनाएको हो । शेख हसीनासहित तीनै अभियुक्तलाई न्यायाधीकरणले दोषी ठहर गरेको छ । उनीमाथि लगाइएका पाँचमध्ये दुई घटनामा मृत्युदण्ड दिइएको छ भने अर्को घटनामा आजीवन कारावासको फैसला सुनाइएको छ । त्यसैगरी, पूर्वगृहमन्त्री असदुज्जमाँ खान कमाललाई पनि मृत्युदण्ड सुनाइएको छ । पूर्वआईजी पुलिस अब्दुल्ला अल मनूनलाई सरकारी साक्षी बनेपछि पाँच वर्षको सजाय दिइएको छ । शेख हसीनालाई मृत्युदण्ड सुनाउँदै गर्दा अदालत भित्र र बाहिर ठूलो संख्यामा मानिसहरू उपस्थित थिए । साना–साना समूहहरूमा रहेका मानिसहरूले फाँसीको नाराहरू लगाइरहेका थिए ।  ४५३ पृष्ठको फैसला पढ्नुअघि न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजूमदारले भनेका थिए कि यो फैसला छ भागमा सुनाइनेछ । बंगलादेश टेलिभिजनमा फैसला घोषणा प्रत्यक्ष प्रसारण गरिएको थियो । जुनमा अभियोजन पक्षले बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा शेख हसीनासहित तीन व्यक्तिविरुद्ध आधिकारिक रूपमा पाँच आरोप दायर गरेको थियो । यसको आधारमा न्यायाधिकरणले शेख हसीना र पूर्वगृहमन्त्री असदुज्जमाँ खान कमालविरुद्ध पक्राउ पूर्जी पनि जारी गरेको थियो । गत वर्ष सरकार विरोधी प्रदर्शनको समयमा बंगलादेशमा धेरै हिंसात्मक घटनाहरू भएका थिए । त्यसबेला प्रधानमन्त्री शेख हसीनामाथि मानवता विरुद्ध भएका अपराधमा संलग्न भएको आरोप लागेको थियो । यस आन्दोलनको कारण शेख हसीनाले सत्ता गुमाउनु परेको थियो र अगस्त २०२४ मा देश छोड्नुपरेको थियो । तबदेखि उनी भारतमा बसिरहेकी छिन् । गत जूनमा आरोप तय हुँदा मुख्य अभियोजक ताजुल इस्लामले दाबी गरेका थिए कि गत वर्ष जुलाई–अगस्टमा १४०० मानिसको हत्या भएको थियो र करिब २५ हजार घाइते भएका थिए । अभियोग पक्षले मृत व्यक्तिहरूको सूची पनि न्यायाधीकरणलाई बुझाएको थियो । पूर्वप्रधानमन्त्री शेख हसीनासहित तीनै अभियुक्तविरुद्ध दायर आरोपको समर्थनमा ७४७ पृष्ठका दस्तावेज पनि न्यायाधीकरणमा पेश गरिएको थियो । तीनै अभियुक्तमाथि हत्या, हत्या प्रयास, षड्यन्त्र, सहायता र प्रोत्साहन, उक्साउने र तिनीहरूमा संलग्न हुने जस्ता पाँच आरोप लगाइएको थियो । ताजुल इस्लामले न्यायाधीकरणलाई जानकारी दिएका थिए कि ती पाँच आरोपमा १३ जनाको हत्या पनि समावेश छ । बंगलादेशमा रजाकार शब्द देशद्रोही वा गद्दारको रूपमा प्रयोग हुने अपमानजनक शब्द हो । यो शब्द १९७१ को बंगलादेश मुक्तिको युद्धमा पाकिस्तानी सेनासँग मिलेर काम गर्ने र भयानक अपराधमा संलग्न भएकाहरूमाथि प्रयोग हुन्छ । षड्यन्त्रको आरोपसहित भनिएको छ कि यी सबै अपराध अभियुक्तहरूको जानकारीमा गरिएका थिए । शेख हसीनासहित तीनै व्यक्ति विरुद्ध रंगपुरको बेगम रोकैया विश्वविद्यालयका छात्र अबु सईदको हत्या र राजधानीको चंखर पुलमा छ जनाको हत्या गर्ने आरोप पनि लगाइएको छ । त्यसबाहेक गत वर्ष ५ अगस्टमा जब उनी बंगलादेश छोड्न बाध्य भएकी थिइन् तबअशुलियामा पाँच जनाको गोली हानी हत्या, शव जलाउने र एक व्यक्तिलाई जीवित जलाउने आरोप पनि उनीमाथि लगाइएको थियो ।