बैंकको एक गल्तिले खातामा ७० लाख अमेरिकी डलर पुगेपछि…

काठमाडौं । थेवामानोगरी मनीवेलको बैंक खातामा जब गल्तीले ७० लाख अमेरिकी डलर जम्मा भयो त्यसबेला उनलाई आफू संसारकै भाग्यमानी महिला रहेको अनुभूति भयो । तर, अहिले उनी र उनका केही साथीहरूले अप्ठेरो परिस्थितिको सामना गरिरहेका छन्। अस्ट्रेलियाको एउटा अदालतले उनीहरूलाई रकम फिर्ता गर्न आदेश दिएको छ । साथै उक्त रकमको ब्याज र कानुनी कारबाहीका क्रममा लागेको खर्च पनि अर्को पक्षलाई तिर्न भनेको छ । सन् २०२१ मा क्रिप्टो डटकमले मनीवेलको खातामा अस्ट्रेलियाली डलरमा कारोबार गरेपछि यो विवाद सुरु भएको थियो। त्यसबेला दक्षिणपूर्वी अस्ट्रेलियाको मेलबर्न सहरमा बस्ने मनीवेलको खातामा जम्मा १०० डलर भुक्तानी हुनुपर्ने थियो। तर उनको खातामा लगभग ७० लाख अमेरिकी डलर जम्मा भयो। अस्ट्रेलियाका सञ्चारमाध्यमका अनुसार मानवीय गल्तीले त्यस्तो भएको थियो। पैसा पठाउँदा रकम राख्नुपर्ने ठाउँमा मनीवेलको खाता नम्बर राखिदिँदा उक्त समस्या उत्पन्न भएको विवरणमा जनाइएको छ। गल्तीको अनुभूति मनीवेल क्षणभरमै करोडपति बनिन्। र उनीसँग उक्त रकमलाई व्यवस्थापन गर्न समयको कुनै अभाव थिएन। त्यसपछिका केही महिना उनले आफ्नो खातामा आएको रकमको ठूलो हिस्सा आफ्ना साथीहरूको संयुक्त खातामा पठाइन्। ती साथीले करिब तीन लाख डलर आफ्नी छोरीको खातामा पठाइन। उनले मेलबर्नको उत्तरमा एउटा घर समेत खरिद गरिन्। मलेशियामा रहेकी आफ्नी बहिनीको नाममा मनीवेलले घर किनेकी थिइन्। चार कोठा, चार बाथरुम, सिनेमा हल, जिम र दुइटा ग्यारेज भएको उक्त भवनको क्षेत्रफल ५०० वर्गमिटर थियो र त्यो साढे १३ लाख डलरमा किनिएको थियो। क्रिप्टोकरेन्सी कम्पनीलाई आफ्नो यो गल्ती थाहा पाउन कैयौँ महिना समय लाग्यो। अस्ट्रेलियाको भिक्टोरिया प्रान्तस्थित सर्वोच्च अदालतका न्यायाधीश जेम्स एलियटले अघिल्लो शुक्रवार भने, “यस्तो लाग्छ कि निवेदकलाई आफ्नो यत्रो ठूलो गल्ती थाहा पाउन नै सात महिना समय लाग्यो।“ अदालतको फैसला अदालतले निवेदकको पक्षमा फैसला सुनाउँदै पूरै रकम मात्र नभएर त्यसको ब्याज र कानुनी खर्च समेत फिर्ता गर्न आदेश दिएको छ। अदालतले मनिवेलको बहिनीको नाममा किनिएको घर बिक्री गर्नुपर्ने निर्णय सुनाउँदै गल्तीले आएको रकमबाट उक्त सम्पत्ति खरिद् गरिएको साबित भएको उल्लेख गरेको छ। क्रिप्टोकरेन्सी कम्पनीले यो वर्षको फेब्रुअरी महिनामा कानुनी कारबाही सुरु गरेको थियो। त्यसक्रममा मनीवेलसँग जोडिएका खाता रोक्का गर्न उक्त कम्पनी सफल भएको थियो। तर ती खाता रोकिँदासम्म अधिकांश रकम अन्य खातामा ट्रान्सफर भइसकेका थिए। मनीवेलको सम्पत्ति फ्रिज भएको दुई हप्तापछि उनकी बहिनी नयाँ घरको मालिक बनेकी थिइन्। उक्त कम्पनीले उनको पनि खाता फ्रिज गर्न माग गरेको थियो। तर अहिले अदालतले उनको घर पनि बेच्न आदेश दिएको छ। बीबीसी

सोमालियामा अल–शबाब समूहद्वारा २० जनाको हत्या

एजेन्सी । सोमालियाको चरमपन्थी समूह अल–शबाबले शनिबार बिहान हिरेन क्षेत्रमा खाना ओसारपसार गरिरहेका सातवटा गाडीमा आगजनी गर्नुका साथै कम्तीमा २० जनाको हत्या गरेको बताएका छन् । सरकारी सञ्चार माध्यम र स्थानीयबासिन्दाले चरमपन्थी समूह अल–शबाबले शनिबार बिहान हिरेन क्षेत्रमा खाना ओसारपसार गरिरहेका सातवटा गाडीमा आगजनी गर्नुका साथै कम्तीमा २० जनाको हत्या गरेको बताएका छन् । अल–कायदासम्बद्ध समूहविरुद्ध स्थानीय एक भएको प्रतिशोधस्वरूप उक्त आक्रमण भएको स्थानीयवासीले बताएका छन् । स्थानीय हसन अब्दुल्लले अमेरिकी समाचार संस्था ९एपी०लाई फोनमार्फत दिएको जानकारीमा भनिएको छ, “बेलेटवेनबाट माटाबनसम्म खाद्यान्न ढुवानी गर्ने चालक र यात्रुहरू थिए र यात्रुहरूले प्रयोग गर्ने खाद्यान्न र सवारी साधनहरू बोकेका कूल सात वटा ट्रकहरूमा आगजनी गरिएको थियो । सरकारी सेनाले यात्रुलाई लक्षित गर्ने उद्देश्यले बेलेटवेन र माताबन जोड्ने व्यस्त सडकमा अल–शबाबले राखेको बारूदी सुरूङ्ग नष्ट गरेको एक दिनपछि उक्त आक्रमण भएको हो । अल–शबाबले आक्रमणको पुष्टि गर्दै स्थानीय स्तरमा परिचालन गरिएका २० जना लडाकू मारिएको दाबी गरेको छ । सोमालियाली सरकारले यस ‘बर्बर’ आक्रमणको निन्दा गरेको छ र मध्य र दक्षिणी सोमालियाको महत्वपूर्ण भागमा कब्जा जमाएको चरमपन्थी समूहविरुद्ध स्थानीय परिचालनका लागि आफ्नो समर्थन दोहो¥याएको छ ।

अमेरिकाले ताइवानलाई १.१ अर्ब अमेरिकी डलरको हतियार बिक्री गर्ने

एजेन्सी । संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई हारपुन र साइडविन्डर क्षेप्यास्त्रहरू सहित लगभग १.१ अर्ब बराबरको सैन्य उपकरण बिक्री गर्ने घोषणा गरेको छ। डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सीले वाशिङ्गटनले ताइवानलाई सैन्य उपकरण बेच्न स्वीकृति दिएको पुष्टि गरेको छ। अमेरिकी विदेश मन्त्रालयले ताइवानको सुरक्षा क्षमताको आधुनिकीकरण गर्न र अमेरिकी सुरक्षा हित प्रबर्धन गर्न ताइवानलाई हारपुन ब्लक मिसाइल र अन्य सैन्य उपकरणको बिक्री स्वीकृत गरेको बताएको छ। मन्त्रालयका अनुसार प्रस्तावित हातहतियारले यस क्षेत्रमा आधारभूत सैन्य सन्तुलनलाई परिवर्तन नगर्ने पनि अमेरिकाले दाबी गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणलाई लिएर वाशिङ्गटन र बेइजिङबीच बढ्दो तनावका बीच सैन्य सामग्रीको प्रस्तावित बिक्री सार्वजनिक भएको छ । हार्पुनहरू बोइङले तटीय(जल क्षमताका साथ उत्पादन गरेको एन्टी(शिप होमिङ मिसाइलहरू हुन्। यस अघि संयुक्त राज्य अमेरिकामा ताइपेई आर्थिक र सांस्कृतिक प्रतिनिधि कार्यालय (टेक्रो)ले ६० वटा मिसाइल र सम्बन्धित उपकरणहरू किन्न अनुरोध गरेको थियो। साइडवाइन्डरहरू हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू हुन् जुन रेथियनले प्रक्षेपणपछि लक्ष्यहरूमा लक गर्न सक्ने क्षमताको साथ विकसित गरेको दाबी गरिएको छ। टेक्रोले १०० वटा मिसाइल र अन्य उपकरण खरिद गर्न अनुरोध गरेको थियो। वाशिङ्गटनमा चिनियाँ दूतावासले यस हप्ताको शुरुमा प्रस्तावित हतियार बिक्री बारे प्रतिक्रिया दिंदै बाइडेन प्रशासनलाई हतियार बिक्री बन्द गर्न आह्वान गरेको थियो। हतियार बिक्रीले ताइवान स्ट्रेटमा तनाव निम्त्याउन सक्ने भन्दै चीनले सो आग्रह गरेको थियो। ताइवानी सेनाले बिहीबार एक अज्ञात नागरिक ड्रोनलाई गोली हानेको जनाएको छ। सो ड्रोन चिनियाँ तटबाट शियु टापुको प्रतिबन्धित जलक्षेत्रको आकाशमा प्रवेश गरेको थियो। ताइवानको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै सेनाको जिनमेन रक्षा कमाण्डले आज दिउँसो १२:३० बजेतिर शियु टापुको प्रतिबन्धित पानीको हवाइ क्षेत्रमा एक अज्ञात नागरिक हवाई क्यामेरा प्रवेश गरेको फेला पारेको बताएको छ। विज्ञप्तिमा भनिएको छ, ‘रक्षा क्षेत्रको सुरक्षा कायम गर्न रक्षा मन्त्रालयले खोजी, अनुगमन र निगरानीलाई निरन्तरता दिनेछ । यस्तै मङ्गलबार पनि ताइवानी सेनाले चिनियाँ सैन्य ड्रोनलाई ताइवान नियन्त्रित टापुमा ूप्रतिबन्धितू वायुक्षेत्रमा प्रवेश गरेपछि गोली हानेको थियो। अगस्टको मध्यदेखि ताइवानमा जारी राजनीतिक र सुरक्षा तनावका बीच यस वरपर यस्ता थुप्रै ड्रोनहरू उड्ने गरेको पाइएको छ।