बंगलादेशका राष्ट्रपतिलाई अपदस्थ गर्न दबाब

काठमाडौं । गत अगस्टमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई हटाउन आन्दोलन गरेको समूहले बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनलाई राजीनामा दिन दबाब परेको स्थानीय सञ्चारमाध्यमहरूले सोमबार जनाएका छन् । ‘छुप्पु’ भनेर चिनिने ७४ वर्षीय शहाबुद्दीन सन् २०२३ मा अपदस्थ पूर्वप्रधानमन्त्री हसिनाको अवामी लिगको बहुमत रहेको संसद्बाट निर्वाचित भएका थिए । यो पद संवैधानिक भएपनि उनको पदबाट हट्ने सम्भावनाले संवैधानिक शून्यताको डर पैदा गरेको छ । ‘राष्ट्रपतिलाई हटाउनेबारे कुनै पनि निर्णय राजनीतिक सहमतिका आधारमा हुनेछ,’ हसिनाको भारत पलायनसँगै घोषणा भएको राजिनामापछि बनेको अन्तरिम सरकारका प्रेस सल्लाहकार शफिकुल आलमले सोमबार भने । अन्तरिम सरकारको नेतृत्व नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले ‘मुख्य सल्लाहकार’का रूपमा गरिरहेका छन् । सरकारका प्रवक्ता सैयदा रिजवाना हसनले शहाबुद्दीनलाई हटाउने विषयमा छलफल भइरहेको बताएका छन् । हसनले आइतबार पत्रकारहरूसँग भने, ‘क्रान्तिपछि बनेको सरकारले फासीवादी सरकारले छानेको राष्ट्रपतिलाई कायम राख्ने कि नराख्ने भन्ने विषयमा विचार गर्नुपर्छ।’ ‘उहाँलाई हटाउनुपर्ने माग आन्दोलनको भावनासँग मेल नखाने दाबीका आधारमा आएको हो,’ उनले भने। यसै महिनाको सुरुमा शहाबुद्दीनले हसिनाको राजीनामा पत्र आफूले कहिल्यै नदेखेको बताएपछि चर्को विरोध भएको थियो । त्यसको केही समयपछि युनुसको सरकारमा कार्यरत विद्यार्थी नेता आसिफ नजरुलले उक्त टिप्पणी ‘उनी ९राष्ट्रपति० को शपथको उल्लंघन’ भएको आरोप लगाएका थिए । गत हप्ता राष्ट्रपति भवनपरिसरमा आक्रमण गर्न खोज्ने सयौंको भीडसँग प्रहरीबीच झडप हुँदा ३० जना अधिकारी र प्रदर्शनकारी घाइते भएका थिए । रासस

विश्वभर डलरको राज कायमै, हिस्सा ४९ प्रतिशत

काठमाडौं । अमेरिकाको मुद्रा डलरले विगत आठ दशकदेखि विश्वमा शासन गर्दै आएको छ । विश्वका धेरै देशका मुद्राले यससँग प्रतिस्पर्धा गर्न खोजे पनि सफल हुन सकेका छैनन् । विश्वको ग्लाेबल सिस्टममा डलरको हिस्सेदारी ४९ प्रतिशत पुगेको छ, जुन १२ वर्षयताकै उच्च हो । स्विफ्ट डाटामा यो कुरा बाहिर आएको हो । पछिल्लो दुई वर्षमा ग्लाेबल पेमेन्टमा डलरको हिस्सा नौ प्रतिशतले बढेको छ । डलरको भाउ बढेसँगै सुनको चमक भने घटेको छ । दिनहुँ नयाँनयाँ कीर्तिमान बनाइरहेको सुन शुक्रबार डलरको बलमा ओरालो लागेको हाे । सोमबार डलर बलियो भएकाले सुनको भाउ घटेको हो । डलरको बढ्दो खतराले युरोको उत्साहलाई निराशामा बदलेकाे छ । पछिल्लो दुई वर्षमा ग्लाेबल पेमेन्टमा युरोको हिस्सा ३९ प्रतिशतबाट २१ प्रतिशतमा झरेको छ । यो एक दशकयताकै न्यून हो । यसैबीच चीनको मुद्रा युआनको अंश दुई प्रतिशतबाट बढेर पाँच प्रतिशत पुगेको छ । हालैका वर्ष अमेरिकी डलरले आफ्नो चमक गुमाउँदै गएको भनेर धेरै चर्चा भए पनि तथ्याङ्कले भने अर्कै कुरा बताउँछ । डलर कमजोर हुनुको सट्टा बलियो हुँदै गएको छ । कसरी बढ्यो डलर ? अमेरिकी डलरले करिब आठ दशकदेखि विश्व अर्थतन्त्रमा एकाधिकार कायम गरेको छ । यो संसारको सबैभन्दा सुरक्षित सम्पत्तिमध्ये एक मानिन्छ । विश्व आपसी व्यापारका लागि यही मुद्रामा निर्भर हुँदै आएको छ । सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गर्दा अमेरिकाको नेतृत्वमा पश्चिमा राष्ट्रले त्यसमाथि धेरै किसिमका आर्थिक प्रतिबन्ध लगाएका थिए । रुसको विदेशी मुद्रा सञ्चितिको करिब आधा हिस्सा फ्रिज भयाे । जसकारण धेरै देश डलरबाट टाढा हुन चाहन्छन् । तर डलरलाई कमजोर बनाउने विभिन्न किसिमका प्रयास असफल हुँदै आएका छन् । आज पनि डलर विश्वभरका केन्द्रीय बैंकहरूको कोषमा सबैभन्दा ठूलो सम्पत्ति हो । याे पनि: सुन थुपारेको थुपार्यै, यस कारण बढ्दैछ मूल्य १० हजार करोड बराबर भारूको वसियत चार जना, बम्बई उच्च अदालतबाट प्रमाणित हुने

स्पेनी प्रधानमन्त्री सान्चेज व्यापारिक सम्बन्ध बिस्तारका लागि भारतमा

काठमाडाैं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज व्यापारिक सम्बन्ध बिस्तारका लागि भारत पुगेका छन् । उनलाई सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरे । प्रधानमन्त्री साञ्चेजले १८ वर्षपछि स्पेनी प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गरेका हुन् । यसअघि स्पेनी प्रधानमन्त्रीका रूपमा होजे लुइस रोद्रिगेज झपातेरोले भारत भ्रमण गरेका थिए । भारतको रक्षा मन्त्रालयले सन् २०२१ मा एयरबस डिफेन्स एन्ड स्पेसबाट ५६ कार्गो र सेनाको लागि सी २९५ विमानका लागि २.५ अर्ब डलरको सम्झौता गरेको थियो । गुजरात राज्यको वडोदरामा टाटा एडभान्स सिस्टम्स र एयरबसको सहकार्यमा निर्माण गरिएको सैन्य विमान कारखानाको उद्घाटन गर्न जाँदै गर्दा सुन्तला रङ्गको सयपत्री फूलको मालाले सजिएको गाडीबाट स्वागतका लागि सडक किनारामा उभिएका भारतीयको आथित्यतालाई दुवै देशका नेताले हात हल्लाएर स्वीकारेका थिए । स्पेनको सेभिलमा १६ वटा विमानको निर्माण (एसेम्बल) गरिने बताइएकामा पहिलो विमानको डेलिभरी गत वर्ष गरिएको थियो भने बाँकी ४० वटा विमान भारतमा निर्माण हुनेछन् । वडोदरामा रहेको भारतीय विमान निर्माण प्लान्टले सन् २०२६ मा पहिलो ‘मेड इन इन्डिया’ सी२९५ विमान निर्माण सम्पन्न गर्नेछ । ‘यो कारखानाले भारत–स्पेन सम्बन्धलाई मात्र बलियो बनाउने छैन, ‘मेक इन इन्डिया एन्ड मेड फर द वर्ल्ड’ मिसनलाई पनि मजबुत बनाउनेछ,’ मोदीले भने । यसले विश्वव्यापी एयरोस्पेस उत्पादनमा एक विश्वसनीय साझेदारको रूपमा भारतको स्थितिलाई पनि बलियो बनाउने उहाको दावी रहेको छ । सान्चेजले एयरबसले भारतको रक्षा र अन्तरिक्ष उद्योगमा नयाँ अध्याय कोरेको बताए । ‘यो परियोजनाले हाम्रो औद्योगिक सम्बन्धलाई मजबुत बनाउँछ र भरपर्दो र रणनीतिक साझेदारको रूपमा हाम्रो देशको गहिरो प्रतिबद्धतालाई अन्तर्निहित गर्दछ,’ साञ्चेजले भने । यसले स्पेनी रक्षा उद्योगको क्षमता पनि देखाउँछ। भारतले सन् २०२३ मा ९.९ अर्ब अमेरिकी डलर को व्यापार गरेकोमा ७.१७ अर्ब डलरको निर्यात गरेको छ भने २.७४ अर्ब डलरको आयात गरेको छ । स्पेन, भारतमा २८० भन्दा बढी स्पेनी कम्पनीसहित १६ औं ठूलो विदेशी लगानीकर्ता हो र स्पेनले निर्माण, फार्मेसी, ऊर्जा, साथै रेलवे उद्योगमा पनि भारतमा लगानी बढाउन उत्सुक रहेको छ । स्पेनको जहाज निर्माण कम्पनी नाभान्टियाका अधिकारीहरू पनडुब्बीसहित सम्भावित सम्झौताहरूको लागि भारत भ्रमणमा साञ्चेजको भ्रमण दलमा सहभागी रहेका छन् । मोदीले सन् २०१७ मा स्पेनको भ्रमण गरेका थिए सन् २०१८ र २०२१ मा जी–२० शिखर सम्मेलनमा सान्चेजसँग वार्ता गरेका थिए । गत महिना चीनको भ्रमण गरेका सान्चेज एसियामा बेइजिङ र नयाँदिल्ली दुवैसँगको सम्बन्धलाई मजबुत बनाउन चाहन्छन् । स्पेनी प्रधानमन्त्री साञ्चेजले मङ्गलबार भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बईको भ्रमण गर्ने कार्यक्रम रहेको छ । मुम्बईमा रहँदा उनले स्थानीय औद्योगिक प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । रासस