स्टिल र आल्मुनियममा छुट दिन अमेरिकासँग जापानको आग्रह

जापान । जापानले बुधबार अमेरिकासँग स्टिल र आल्मुनियम निर्यातमा राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करमा छुटका लागि आग्रह गरेको छ । जापानी सरकारी प्रवक्ताले कर छुटका लागि अमेरिकासँग आग्रह गरिएको बताए । अमेरिकी राष्ट्रपति ट्रम्पले मार्च १२ देखि स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यसले क्यानाडा, मेक्सिको र युरोपेली संघ (इयु) लगायत अन्तर्राष्ट्रिय स्तरमा आक्रोशपूर्ण प्रतिक्रिया निम्त्याएको छ । ‘हामीलाई स्टिल र एलुमिनियममा थप शुल्क लगाउने राष्ट्रपतीय आदेश जारी भएको थाहा छ… हामीले अमेरिकी सरकारसँग हाम्रो देशलाई यी उपायहरूबाट बाहिर राख्न अनुरोध गरेका छौँ’, प्रवक्ता योशिमासा हायासीले भने । यो अनुरोध बुधबार बिहान अमेरिकास्थित जापानी दूतावासमार्फत गरिएको उनले बताए । ‘जापानले यी उपायहरूको विषयवस्तु र हाम्रो देशमा पर्ने प्रभावको बारेमा सावधानीपूर्वक अध्ययन गर्नेछ र आवश्यक नीति अपनाउनेछ’, उनले भने । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिकी उत्पादकहरूलाई अनुचित प्रतिस्पर्धाको सामना गर्नबाट जोगाउन यस्तै शुल्क लगाएका थिए । तर उनका पूर्ववर्ती जो बाइडेनले जापानलाई छुट दिएका थिए । उक्त छुटले जापानलाई शुल्क नतिरी वार्षिक १२ लाख ५० हजार टन स्टिल अमेरिकामा निर्यात गर्न दिन्थ्यो । ‘ट्यारिफ कोटा भनिने उक्त छुटलाई ‘खारेज गरिनेछ’’, व्यापार मन्त्रालयका एक अधिकारीले भने । ट्रम्पको पछिल्लो नीतिअनुसार स्टिलमा २५ प्रतिशत र आल्मुनियममा हालको १० प्रतिशतबाट २५ प्रतिशत कर लगाइनेछ । रासस

टेस्लाको सेयरमा भारी गिरावट, २०२५ मा मस्कको सम्पत्ति ५३.७ अर्बले घट्यो

एलन मस्क काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्तिमध्ये एक एलन मस्कलाई मंगलबार ठूलो घाटा लागेको छ । टेस्लाको सेयर मूल्यमा भारी गिरावट आएपछि मस्कको नेटवर्थ १५.९ अर्ब डलरले घटेको हो । ब्लूमबर्ग बिलियनेयर इंडेक्सका अनुसार मस्कको नेटवर्थ अहिले ३७९ अर्ब डलर मात्र रहेको छ । यो वर्ष मात्र उनको सम्पत्ति ५३.७ अर्ब डलरले घटिसकेको छ । मस्कले च्याटजीपीटीको मालिक कम्पनी ओपनएआई किन्ने प्रस्ताव राख्दै ९७.४ अर्ब डलरको अफर दिएका थिए । तर, ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले यो प्रस्ताव अस्वीकार गरेका छन् । शीर्ष १० धनाढ्यहरूमध्ये ६ जनाको सम्पत्ति घट्यो मंगलबार विश्वका शीर्ष १० अर्बपतिहरूमध्ये ६ जनाको सम्पत्ति घटेको देखिएको छ । जेफ बेजोस, ल्यारी एलिसन, ल्यारी पेज, सर्गेई ब्रिन, स्टिभ बाल्मर जस्ता अर्बपतिहरूको नेटवर्थमा गिरावट आयो । तर, मार्क जुकरबर्ग, बर्नार्ड अर्नोल्ट, बिल गेट्स र वारेन बफेटको सम्पत्ति भने बढेको छ । विश्वका शीर्ष १० धनाढ्यहरूको सूचीः मार्क जुकरबर्ग – २५३ अर्ब (दोस्रो स्थान) जेफ बेजोस – २५२अर्ब (तेस्रो स्थान) ल्यारी एलिसन – १९९ अर्ब (चौथो स्थान) बर्नार्ड अर्नोल्ट – १८९ अर्ब (पाँचौं स्थान) ल्यारी पेज – १६६ अर्ब (छैठौं स्थान) बिल गेट्स – १६६ अर्ब (सातौं स्थान) सर्गेई ब्रिन – १५६ अर्ब (आठौं स्थान) वारेन बफेट – १४६ अर्ब (नवौं स्थान) स्टिभ बाल्मर – १४४ अर्ब (दसौं स्थान) त्यस्तै, रिलायन्स इन्डस्ट्रीजका मुकेश अम्बानीको नेटवर्थमा ७८.३ करोड डलरको गिरावट आएको छ । उनको कुल सम्पत्ति ८७.६ अर्ब डलर छ । उनी विश्वको १७औं धनी व्यक्ति हुन् । अडानी ग्रुपका गौतम अडानीको सम्पत्तिमा भने वृद्धि भएको छ । उनको नेटवर्थमा १२७.१६ करोड डलरको वृद्धि भएको हो । उनी ७०.४ अर्ब डलर सम्पत्तिसहित विश्वको २१औं धनी व्यक्ति हुन् । चीनमा टेस्ला कारको बिक्री ११.५ प्रतिशतले घट्यो, घरेलु प्रतिस्पर्धा बढ्दै

बङ्गलादेशी क्रिकेटरलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको प्रतिबन्ध

काठमाडौं । बङ्गलादेशकी अन्तर्राष्ट्रिय खेलाडी सोहेली अख्तरलाई आइसिसीको भ्रष्टाचार विरोधी संहिताको पाँचवटा उल्लङ्घन गरेको स्वीकार गरेपछि पाँच वर्षका लागि सबै प्रकारका क्रिकेटबाट प्रतिबन्धित गरिएको खेलको नियामक निकायले जनाएको छ । अख्तरले सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको महिला टी–२० विश्वकपमा एक बङ्गलादेशी खेलाडीलाई हिट विकेट आउट हुन १३ हजार पाउन्ड ९१६ हजार डलर० को प्रस्ताव गरेका थिए । नाम नखुलाइएकी खेलाडीले अख्तरका बारेमा रिपोर्ट गरेकी थिइन् । उनी त्यो प्रतियोगितामा संलग्न थिइनन् । बङ्गलादेश क्रिकेट बोर्डका निर्देशक तथा महिला विभाग प्रमुख नजमुल आबेदिन फहिमले अख्तरको कार्य ‘दुर्भाग्यपूर्ण’ भएको बताइन् । ‘हामी यस विषयमा शून्य सहनशीलताको नीति अपनाउँछौँ र बङ्गलादेश क्रिकेटका सबै तहमा फिक्सिङ रोक्न कडा प्रयास गरिरहेका छौँ’, फहिमले भनिन् । छत्तीस वर्षीया स्पिनर अख्तरले आफ्नो देशका लागि १३ टी–२० र दुई एकदिवसीय खेल खेलेका छन् । उनले सन् २०२२ मा बङ्गलादेशका लागि अन्तिम पटक खेलेका थिए । आरोपहरू मध्ये अख्तरले आफ्नो आचरणको अनुसन्धानमा ढिलाइ वा बाधा पुर्‍याएको पनि स्वीकार गरे । रासस