मञ्जुश्री फाईनान्सको डीसीईओमा पदम ठकुल्ला नियुक्त
काठमाडौं । मञ्जुश्री फाइनान्सको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा पदम ठकुल्ला नियुक्त भएका छन् । फागुन ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले ठकुल्लालाई डीसीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले फागुन ६ गते देखि लागू हुनेगरि डीसीईओ पदको कार्यभार सम्हालेका छन् ।
राष्ट्रिय व्यापार संघको अध्यक्षमा खराल निर्वाचित, यस्तो बन्यो १९ सदस्यीय कार्यसमिति
काठमाडौं । राष्ट्रिय व्यापार संघको अध्यक्षमा हिमलाल खराल निर्वाचित भएका छन् । संघको शनिवार धुलिखेलमा भएको १९औँ वार्षिक साधारणसभा एवं १०औँ अधिवेशनले अध्यक्षमा खराललाई निर्वाचित गरेको हो । अधिवेशनले खरालको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति समेत निर्विरोध निर्वाचित गरेको छ । सङ्घको प्रथम उपाध्यक्षमा रामचन्द्र पराजुली, द्वितीय उपाध्यक्षमा पदमबहादुर लामिछाने, तृतीय उपाध्यक्षमा बैकुण्ठ दाहाल, महासचिवमा केदारप्रसाद न्यौपाने, कोषाध्यक्षमा हरिप्रसाद पाण्डेय, सचिवमा सञ्जयकुमार अग्रवाल, सहकोषाध्यक्षमा विनोद तिमल्सिना र सहसचविमा मोहनीलाल न्यौपाने निर्वाचित भएका छन् । संघको कार्यसमिति सदस्यमा श्यामसुन्दर माकाजु, विनोद भण्डारी, महेन्द्र भण्डारी, सुनिल अग्रवाल, प्रवीण अग्रवाल, नारायणप्रसाद न्यौपाने, लेखनाथ गौतम, सन्तोष श्रेष्ठ, राजु कार्की र भीष्म केसी निर्वाचित भएको उपाध्यक्ष बैकुण्ठ दाहालले बताए । उनका अनुसार महाधिवेशनमा उद्योगी व्यवसायीहरूले आर्थिक ऐनलाई समयानुसार परिमार्जन गराउन सरकारलाई दबाब दिनु पर्नेमा जोड दिएको बताए । नवनिर्वाचित अध्यक्ष खरालले संघलाई व्यवसायीहरुको हक हित र अधिकारलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले संघलाई आगामी दिनमा थप चलायमान र व्यवसायीहरुको पक्षमा काम गर्ने अबल संस्था बनाउने प्रतिवद्धता जनाए । उनले पछिल्लो समय व्यवसायीहरुले भोग्नु परेका समस्या समाधानको लागि पहल गर्ने पनि बताए ।
मञ्जुश्री फाईनान्सको सञ्चालकमा गौतम नियुक्त
काठमाडौं । मञ्जुश्री फाईनान्सको सञ्चालकमा सतीस गौतम नियुक्त भएका छन् । फागुन ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सञ्चालक पदमा गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनले फागुन ४ गते देखि नै कार्यभार सम्हालिसकेका छन् ।