हिमालयन लघुवित्तको सीईओमा विनोद आचार्य पुन: नियुक्त
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विनोद आचार्य नियुक्त भएका छन् । असार १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओको पदमा आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई साउन १ गतेबाट लागू हुने गरी आगामी ४ वर्षको लागि सीईओ पदमा पुन: नियुक्त गरिएको कम्पनीका सचिव देवकर कार्कीले जानकारी दिए । विगत लामो समयदेखि लघुवित्त क्षेत्रमा क्रियाशिल रहेका आचार्यले व्यवस्थापन संकायमा एमपीए तथा एमबीए गरेका छन् ।
भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न मन्त्री अर्यालको आग्रह
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न आग्रह गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२आंं स्थापना दिवस तथा ३०औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा साेमबार उनले भ्रमण र व्यक्तिगत श्रम स्वीकृतिमा हुने ठगी रोक्न सहयोगका लागि सबैलाई आग्रह गरे । मन्त्री अर्यालले यसकार्यमा म्यानपावर व्यवसायीको संलग्नता रहेको विषयमा मन्त्रालय जानकार रहेकाले सचेत रहन ध्यानाकर्षण गराए । ‘हामीलाई थाहा छ व्यवसायी नै यस्तो खालको ठगीमा संलग्न छन्, त्यसैले एकपटक म सबैलाई यस्तो गतिविधि रोक्न आग्रह गर्छु, मेरो नेतृत्वले निर्मम भएर यसमा काम कारबाही गर्न नपरोस्,’ उनले भने । भ्रमण भिसा र व्यक्तिगत भिसाको नाममा नेपालीद्वारा नै नेपाली ठगिएको भन्दै मन्त्री अर्यालले वैदेशिक रोजगारी क्षेक्राई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन जिम्मेवार भएर प्रस्तुत हुन आह्वान गरे । उनले वैदेशिक रोजगारीको क्षेत्रमा वार्षिक रूपमा २ खर्ब १ अर्ब ६० करोड गैरबैंकिङ च्यानलबाट संकलन भइरहेको तथ्यांक प्राप्त भइरहेकाले सो रकम औपचारिक माध्यममा ल्याउन मन्त्रालयले नीतिगत रूपमा गहिरो अध्ययन गरिरहेको बताए । संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारी शुल्क वैज्ञानिक बनाइनुपर्ने, इजरायल, जापान र कोरियाको रोजगारी खोल्नुपर्ने, एक सय श्रमिक पठाउने बाध्यकारी व्यवस्थालाई पुनरावलोकन गर्नुपर्नेलगायत माग राखे ।
युवा उद्यमी मञ्चको अध्यक्षमा अभिमन्यु गोल्छा निर्वाचित
काठमाडौं । नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा अभिमन्यु गोल्छा निर्वाचित भएका छन् । उनी गौल्छा अर्गनाइजेशनका कार्यकारी निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाका छोरा हुन् । काठमाडौँको याक एन्ड यतिमा भएको छैटौं साधारणसभाबाट प्रथप उपाध्यक्ष आप्पा शेर्पा, द्धितिय उपाध्यक्ष अनुभव श्रेष्ठ, कार्यसमिति सदस्यहरू क्षितिज तामाङ, इच्छा मल्ल, निर्दोष द्वा, सौरभ श्रेष्ठ, वेदिका मुरारका, सन्दीप शर्मा, सुरक्षा अधिकारी, सन्तोष पाण्डे र निखिल अग्रवाल निर्वाचित भएको मञ्मद्धारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ । नव-निर्वाचित अध्यक्ष अभिमन्यु गोल्छाले संगठनको उत्कृष्ट परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । मञ्चका नवनिर्वाचित पदाधिकारीहरूले उद्यमशीलता प्रवर्द्धन गर्न, नेपालका युवा र महिलाका लागि अवसर सिर्जना गर्ने विषयमा आआफ्नो भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाए । प्रार्थना साखःको अध्यक्षतामा भएको कार्यक्रममा युवा र महिला उद्यमशीलता प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल युवा उद्यमी मञ्च स्टार्टअप अवार्ड, महिला उद्यमी सम्मान कार्यक्रम, नेपाल युवा उद्यमी मञ्च जुनियर उद्यमशीलता कार्यक्रम र विभिन्न नेटवर्किङ कार्यक्रम आयोजना गरिएको थियो ।