लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री खतिवडा
काठमाडौं । लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीले बोर्डको उपाध्यक्षमा अर्थमन्त्री खतिवडालाई नियुक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले गत जेठ २५ गते बोर्डको उक्त पदमा खतिवडालाई नियुक्त गरेकाे बोर्डका सहसचिव एवं प्रवक्ता एवं सूचना अधिकारी उत्तम भक्त वाग्लेले बताएका छन् ।
निजी क्षेत्रका सिईओ पनि निगमको कार्यकारी निर्देशक हुन पाउने, छनौट प्रतिस्पर्धाको आधारमा गरिन्दै
काठमाडौंं । बिहीबार नेपाल आयलका निगम(एनओसी)का कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजिनामा दिएसँगै उक्त पद खाली भएको छ । त्यहाँ को नियुक्ती हुने हो जिज्ञासा बढेको छ । जिज्ञासालाई साम्य पर्ने क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले रिक्त पदको लागि कर्मचारीको खोजि शुरु भएको बताए । ‘नयाँ नियुक्तीको लागि आजैदेखि कर्मचरारी खोेजी शुरु भएको छ,’ उनले भने । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनको क्रममा उनले आफ्नो धारणा राखेका थिए । उनका अनुसार आयाल निगिमलाई सुदृढ गर्दै जनताको विश्वास जित्ने दिशामा अघि बढाउने उनको भनाइ छ । ‘निगममा नियुक्त हुने कार्यकारी निर्देशकको समय सिमा तोकिन्दैन,’ उनले भने ‘निजी क्षेत्रका सिईओहरुलाई समेत छलफलको लागि बोलाइनेछ ।’ विगतमा नियुक्तीको क्रममा राजनैतिक अबरोध भएहोला अब त्यस्तो हुन दिने छैन । कुनै पनि निजी क्षेत्रमा कार्यरत सिईओहरु समेत भाग लिन सक्ने उनले जानकारी गरे । उनले केही निजी क्षेत्रमा सक्षम सिईओहरु रहेको र त्यस्ता कम्पनीहरुको प्रगति समेत राम्रो भएको बताए ।
लुम्बिनी विकास बैंकको सीईओमा नरेशसिंह बोहरा नियुक्त
काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नरेशसिंह बोहरा नियुक्त भएका छन् । जेठ २३ गते बसेकाे सञ्चालक समितिकाे बैठकले उनलार्इ अागामी चार वर्षकाे लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकाे हाे । बोहरा हाल देवः विकास बैंकका डेपुटी सिर्इअाे छन् । साउन १ देखि लुम्बिनी विकास बैंकमा हाजिर हुने उनले जानकारी दिए । जेठ ४ गतेदेखि लागू हुनेगरी यस बैंकमा झलकप्रसाद खनालले प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएपछि उक्त पद खाली भएकाे थियाे । बाेहरा त्यसअघि नेशनल नारायणी फाइनान्समा प्रमुख कार्यकारी अधिकृतकाे रूपमा कार्यरत थिए । उक्त फाइनान्स सनराइज बैंकमा मर्ज भएपछि उनी देवः विकास बैंकमा डेपुटी सीर्इअाे भएका थिए । उनीसँग नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक, यूनार्इटेड फाइनान्स, नेशनल नारायणी फाइनान्स, देवःविकास बैंकमा गरी २१ वर्ष बैकिङ सेवाका काम गरेकाे अनुभव छ ।