एक अर्ब बढी नाफामा रहेको साहस उर्जाको आईपीओ क-कसले भर्न पाउँछन् ?
काठमाडौं । साहस उर्जाले आगामी साउन २९ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गर्ने भएको छ । कम्पनीले सो दिनदेखि आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि ३५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका दरले ३५ लाख कित्ता अर्थात ३५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । यससँगै इच्छुक स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ता सेयर जारी गर्ने छन् । उनीहरुले साउन २९ गतेदेखि छिटोमा भदौ ११ गतेसम्ममा आवेदन दिइसक्नुपर्ने छ । यदि सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला हुने छ । आईपीओमा ग्लोबल आईएमई बैंकको सल्लेरी शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको लुक्ला शाखा, लक्ष्मी बैंकको मुग्ली र नेले शाखा, माछापुच्छ्रे बैंकको सल्लेरी शाखा र प्राइम बैंकको रमिते शाखामार्फत आवेदन दिन सकिने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । आयोजनाको निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट लागत १३ करोड ७९ लाख ७ हजार रुपैयाँ मात्र हुने अनुमान गरिएको छ । त्यस्तै, आयोजनाको इजाजतपत्र वहाल रहने अवधि २०७१ असोज २ गतेदेखि २१०६ असोज १ गतेसम्म रहेकोले विद्युत उत्पादन अनुमति पत्र २९ वर्ष बाँकी रहेको छ । र, साधारण लगानी फिर्ता हुने अवधि ८.०२ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १०.१३ वर्ष रहेको छ । आर्थिक वर्ष २०७७/७८ को अपरिष्कृत वित्तीय विवरएक अर्बण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १५७.४३, प्रतिसेयर आम्दानी २२.४२ र सञ्चित नाफा ४० करोड १६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १६४.५६, प्रतिसेयर आम्दानी २१.८७ र सञ्चित नाफा २ अर्ब २५ करोड ४३ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।
सहकारी बैंकका शाखामध्ये बागलुङ उत्कृष्ट
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सहकारी अभियन्ता सम्मानबाट नेपालको सहकारी अभियानका अगुवा केशवप्रसाद बडाललाई सम्मान गरेको छ । बैंकको १९औं वार्षिकोत्सवका अवसरमा मंगलवार आयोजित सहकारीमा लघुवित्त सम्मेलन उद्घाटन कार्यक्रममा बैंकको १७ वार्षिक साधारणसभामा घोषणा गरिएका विभिन्न पुरस्कारहरु समेत वितरण गरिएको थियो । बैंकले प्रदान गर्दै आएको सहकारी अभियन्ता सम्मान पुरस्कारबाट राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव प्रसाद बडाल, सहकारी बैंक पूर्व सञ्चालक सम्मान डिल्लीराम तिवारी, सहकारी बैंक विद्वता पुरस्कार डा.नवराज सिंखडा, सहकारी बैंक पत्रकारिता पुरस्कार शर्मिला ठकुरीलाई प्रदान गरिएको थियो । यस्तै सहकारी बैंकका ६८ शाखामध्ये आर्थिक वर्ष २०७६/०७७ मा बागलुङ शाखा उत्कृष्ट शाखा भई सम्मानित भएको छ । शाखा प्रमुख युवराज त्रिपाठीलाई उत्कृष्ट शाखा पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट कर्मचारी (प्रवन्धक/अधिकृत स्तर) गोंगवु शाखाका प्रमुख बिनोद भट्टराई, सहायक स्तरमा सुन्दरहरैचा शाखाका प्रमुख अर्जुन कार्की र सहयोगी स्तरतर्फ नयाँ बानेश्वर शाखामा कार्यरत सोम बहादुर कार्कीलाई पुरस्कृत गरिएको थियो । सहकारी बैंकको चेक क्लियरिङ्ग नहुने नियम खारेज गर्छु: अर्थमन्त्री शर्मा वार्षिकोत्सवका अवसरमा आयोजित सहकारीमा लघुवित्त सम्मेलन उद्घाटन समारोहको सञ्चालन बैंकका सञ्चालक तथा व्यवसाय प्रवद्र्धन, एकीकरण तथा स्तरीकरण उपसमितिका संयोजक केदार मानन्धर र पुरस्कार वितरण कार्यक्रमको सञ्चालन सञ्चालक तथा शिक्षा, तालिम तथा सम्मान उपसमितिका संयोजक सरिता तिमिल्सिना भट्टराईले गरेका छन् । कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार लिलानाथ शर्माले मुलुकको गरिवी निवारणमा सहकारी क्षेत्रको राम्रो संभावना रहेको र त्यसमा पनि सहकारी बैंकको भूमिका थप प्रभावकारी हुने भएकाले सोही अनुसारको योजनाका साथ अगाडि बढ्नु पर्नेमा जोड दिए । कार्यक्रममा एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको बिकासका लागि संजाल (नेडाक) का अध्यक्ष सन्दिप नायकले नेपालको सहकारी अभियानलाई वित्तीय तथा प्रविधिका क्षेत्रमा सक्षम बनाउनका लागि राष्ट्रिय सहकारी बैंकसंग समन्वय गरेर नेडाकले काम गरिरहेको बताए । बैंकले सदस्य वृद्धि लगायत वित्तीय तथा अन्य क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको भन्दै नायकले सहकारी बैंकको थप प्रभावकारी भूमिका लागि समन्वय गरिने बताए । स्वावलम्बन विकास केन्द्रका अध्यक्ष तथा लघुवित्त विज्ञ शंकरमान श्रेष्ठले नेपालको अर्थतन्त्रलाई सबल सक्षम बनाउनका लागि लघुवित्तलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । २ दिनसम्म सञ्चालन हुने कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनालीले गरिबी न्यूनिकरणमा सहकारी लघुवित्तः नेपाल सरकारको नीति तथा कार्यक्रम विषयक कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमाथि राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा बैंकका सल्लाहकार केशव बडाल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले सुझाव प्रस्तुत गरेका थिए । बैंकका अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारी बैंकको भावी कार्यदिशा तथा गरिबी न्यूनिकरणमा सहकारी संस्था, संघ र बैंकको भूमिका विषयमा सहजीकरण गरेका थिए ।
मनकामना स्मार्ट लघुवित्तको सेयर कारोबार आज पनि नहुने
काठमाडौं । दोस्रो बजारमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार आज पनि नहुने भएको छ । सोमबार जस्तै मंगलबार पनि स्पेसल प्री ओपनिङको समयमा सेयर म्याचिङ नभएकाेले साउन १९ गतेको नियमित समयमा पनि संस्थाको सेयर कारोबार नहुने भएको हो । जुनसुकै कम्पनीको सेयर दोस्रो बजारमा स्पेसल प्री ओपन सेसनमा म्याचिङ भएपछिमात्र नियमित समयमा कारोबार हुने व्यवस्था रहेको छ । यदि म्याचिङ भएन भने सो दिन कारोबार हुँदैन र अर्को दिनको प्री ओपनिङमा म्याचिङ भएपछि मात्रै उक्त संस्थाको नियमित सेयर कारोबार हुने छ । यससँगै मंगलबार नियमित समयमा कारोबार नभएको यस संस्थाको बुधबार पनि स्पेसल प्री ओपन सेसनमा कारोबार म्याच भएपछि मात्रै नियमित समयमा कारोबार हुने छ । संस्थाको गत साउन १७ गते मात्र नेप्सेमा सूचीकरण भएको थियो । सूचीकरण भएको दोश्रो दिनदेखि दोश्रो बजारमा कारोबार गराउने व्यवस्था रहेको छ । पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्यूनतम ११०(८४ रुपैयाँदेखि अधिकतम ३३२.५२ रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकिदिएको छ । यससँगै, संस्थाको पहिलो कारोबार यो रकम भित्र हुनुपर्ने छ । यसको संकेत ‘एमकेएलबी’ रहेको छ ।