दोहोरो अंकले घट्यो नेप्से, ७३ करोडको कारोबार

काठमाडौ । साताको पहिलो र दोश्रो दिन उकालो लागेको शेयर बजार तेश्रो दिन पुनः ओरालो झरेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.५८ अंकले घटेको हो । ०.८९ प्रतिशतले घट्दा नेप्से परिसूचक ११८१.१० बिन्दुमा पुगेको छ । मंगलबार सेयर बजारमा १७० कम्पनीले सेयर कारोबार गरेका छन् । २७ लाख ८८ हजार ८ सय ८६ कित्ता सेयर खरिद बिक्री हुँदा ७३ करोड ५१ लाख ५९ हजार ९ सय ९२ रुपैयाँको कारोबार भएको छ । बजार घटेको दिन नेप्सेका सबै सूचक राता देखिए । बैंक समूह ९.३६, होटल समूह ०.९१, विकास बैंक समूह ३.३५, जलविद्युत समूह ६.८९, वित्तीय समूह ०.५८, निर्जीवन बीमा समूह ८६.५७, उत्पादनमूलक समूह ३६.३२, अन्य समूह ३.४८, लघुवित्त समूह १५.११ र जीवन बीमा समूह ८३.०२ अंकले घटेका छन् । बजार घटेको दिन नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकका लगानीकर्ताले ९.५२ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने जोशी हाइड्रो पावर डेभलपमेण्ट कम्पनीका लगानीकर्ताले ८.१२ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

नेप्सेमा १६ लाख कित्ता शेयर सूचिकृत, कस्को कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा तीन कम्पनीका १६ लाख ३ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । दुई लघुवित्त र १ हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचिकृत भएको हो । आरएसडीसी लघुवित्त वित्तीय संस्था, आरएमडीसी लघुवित्त वित्तीय संस्था र रिडी हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । आरएसडीसीको ५ लाख ७५ हजार ९२० कित्ता, आरएमडीसी लघुवित्त वित्तीय संस्थाको ७ लाख २६ हजार ७२६ कित्ता र रिडी हाइड्रोपावर कम्पनीको ३ लाख ६३३ कित्ता बोनस सेयर सूचीकरण भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ ।

हिमालय उर्जाको सेयरमा करिब ४ गुणा बढी आवेदन

काठमाडौँ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले सर्वधारणका लागि जारी गरेको १३ लाख ६६ हजार २०० कित्ता साधारण सेयरका लागि ४ गुणा बढी आवेदन परेको छ । कम्पनीले १४ लाख ८५ हजार कित्ता साधारण सेयर मध्ये कर्मचारीहरुलाई छुट्याइएको ३ % अर्थात ४४ हजार ५५० र सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ५% अर्थात ७४,२५० कित्ताबाहेक बाँकी रहेको १३ लाख ६६ हजार २०० कित्ता साधारण सेयर यहि चैत्र २० गते बाट सर्बसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । सोमबार अन्तिम दिन सम्म साँझ ५ बजे सम्ममा करिब ७२ हजार जना आवेदकहरुले ५१ लाख ३७ हजार ५५० कित्ता सेयरको लागि रु. ५१ करोड ३७ लाख ५५ हजार रकम आवेदन गरेका छन् । लगानीकर्ताहरुको उत्साहजनक सहभागिताले सेयर निष्काशन भएर माग भए भन्दा४ गुणा बढी शेयर आवेदन भएको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताए । कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमाभएर बहने खिम्तिखोलामाकम्पनीले १२ मेवाको उपल्लो खिम्ति र ७ मेवाको अपर खिम्ति–दोश्रो गरी कुल १९ मेवाका आयोजनाहरु निर्माण गरिरहेको छ । १९ मेवा निर्माण गर्नको लागि लागत करिव ३ अर्व १५ करोड रहेको छ । यसरी हेर्दा प्रति मेवा लागत करिव १६ करोड ५६ लाखमात्र रहेको छ भने दुवै आयोजना २०७६ आसार मसान्तमा सम्पन्न हुने जनाइएको छ ।