नेपालमा बैदेशीक लगानीमा चीन सवैभन्दा पहिलो, गत अार्थिक बर्ष ४३ देशले लगानीको प्रतिवद्धता गरे

काठमाडौं, २६ साउन। नेपालमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) साना तथा मझौला उद्योगमा धेरै रहेको तथ्याङ्कले देखाएको छ । ठूला उद्योगमा भन्दा कम जोखिम हुने भएकाले लगानीकर्ताहरू साना तथा मझौला उद्योगतर्फ केन्द्रित भएका हुन् । १० करोड रुपैयाँभन्दा धेरै चुक्ता पुँजी लगानीमा आउने उद्योगलाई सरकारले ठूला उद्योगको सूचीमा राखेको छ।   विभागका वैदेशिक लगानी शाखा निर्देशक विपिन राजभण्डारी नेपालमा ठूला उद्योगमा भन्दा साना तथा मझौला उद्योगबाट लगानीको प्रतिफल छिटो पाउन सकिने भएकाले लगानीकर्ता यस्ता उद्योगतर्फ आकर्षित भएको बताउँछन् । “उद्योगको प्रकृतिअनुसार ठूला उद्योगमा लगानीको रकम ठूलो रहे पनि दर्ता संख्याका आधार साना तथा मझौला उद्योग धेरै छ,” उनले भने । मुलुकमा वैदेशिक लगानी भित्रिँदा २ अर्ब रुपैयाँभन्दा कम लगानी भएमा उद्योग विभाग, २ देखि १० अर्ब रुपैयाँको विभागमार्फत औद्योगिक प्रवद्र्धन बोर्ड र १० अर्बभन्दा बढीका लगानी भने नेपाल लगानी बोर्डमार्फत आउँछ । उद्योग विभागका अनुसार गत आर्थिक वर्षमा दर्ता भएका ४ सय १० उद्योगमध्ये २ सय ६१ साना र ७२ मझौला उद्योग छन् भने ठूला उद्योगको संख्या ७७ छ । विभागमा दर्ता भएका यी उद्योग सञ्चालनमा आए १८ हजार ९ सय ६० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । सरकारले कृषि तथा वन्यजन्तु, निर्माण, ऊर्जामूलक, उत्पादनमूलक, खनिज, सेवा र पर्यटन गरी सात विधाका उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउँदै आएको छ । गत वर्ष नेपालमा भित्रिएको एफडीआईमा सबैभन्दा धेरै चीनको ६ अर्ब २१ करोड रुपैयाँ छ । बेलायतको २ अर्ब, भारतको १ अर्ब ९४ करोड, स्वीजरल्याण्डको १ अर्ब ८३ करोड, अमेरिकाको ७० करोड, सिंगापुरको ४८ करोड, जापानको २२ करोड रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ । गत आर्थिक वर्षमा १५ अर्ब १३ करोड रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ । आर्थिक वर्ष २०७१/७२ मा ६७ अर्ब रुपैयाँको एफडीआई आएकोमा २०७२/७३ मा आउँदा ७८ प्रतिशत घटेको विभागले जनाएको छ । गत वर्ष भूकम्प, नाकाबन्दी, राजनीतिक अस्थिरता जस्ता समस्याले एफडीआई प्रभावित भएको छ । पछिल्लो पाँच वर्षयता नेपाल आउने एफडीआई साना तथा मझौला उद्योगमा दर्ता भई उत्पादनमूलक भन्दा सेवाक्षेत्रतर्फ मोडिएको छ । लगानी, रोजगारी र उद्योग संख्याका आधारमा विदेशी लगानी उत्पादनमूलक क्षेत्रको तुलनामा सेवा क्षेत्रतर्फ मोडिएको देखिन्छ । नेपालमा भित्रने एफडीआईमा अघिल्लो वर्ष पनि चीनको हिस्सा धेरै थियो । नेपालमा अष्ट्रेलिया, बंगलादेश, बेल्जियम, ग्रिस, क्यानडा, फ्रान्स, पाकिस्तान, पोल्याण्डलगायतका ४३ देशबाट गत वर्ष एफडीआईका लागि प्रतिबद्धता आएको देखिन्छ।

माँ दुर्गा फुड्सका आटा, मैदा, सुजी र चोकर बजारमा

काठमाडौं, श्रावण २४ । विगत डेढ दशकदेखि खाद्यान्नको क्षेत्रमा निरन्तर सक्रिय व्यावसायीहरुद्वारा प्रबद्र्धित माँ दुर्गा फुड्स प्रालिले आफ्ना उत्पादनहरु आटा, मैदा, सुजी र चोकर लिएर नेपाली उपभोक्त माँझ प्रस्तुत भएको छ । देशकै प्रमुख व्यापारीक नाका वीरगञ्जमा अवस्थित यस उद्योग उत्पादन क्षमताका आधारमा नेपालकै ठूलो मध्येको एक हो । शुद्ध गहुँको दानालाई लेटेस्ट स्वीस प्रविधि अर्थात अत्याधुनिक स्वीस प्रविधियुक्त फूल्ली अटोमेटेड प्लाण्टबाट उत्पादन एवम् प्रशोधन गरिने भएकाले यस उद्योगबाट उत्पादित सम्पूर्ण उत्पादनहरु गुणस्तरीयका साथै स्वस्थकर समेत हुने प्रालिले जानकारी दिएको छ । नवीन प्रविधियुक्त प्लाण्टबाट उत्पादित यसका सबै उत्पादन सधै स्वस्थकर एवम् स्वादिष्ट रहने प्रतिबद्धता समेत कम्पनीले गरेको छ । साथै, यही स्वाद नै कम्पनीको पहिचानको रुपमा उपभोक्ता माझ लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ । ‘स्वाद र शुद्धता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ माँ दुर्गा फुड्सका उत्पादनहरु एमडिएफको नाममा बजारमा विक्रि वितरण भइरहेको छ ।

नाकावन्दीको समयमा उपभोक्तालाई ठगि गर्ने फेरी डिपो प्रमुख बनाइदै, खड्काले दिए अख्तियारी

काठमाडौ, २५ साउन । नेपाल आयल निगम व्यवस्थापनले थानकोट डिपोमा उपभोक्ता ठगि गरेका र अनियमितता गरेको प्रमाण भएका रविन शर्मालाई पठाउने निर्णय गरेको छ । नोजलमा रिमोट राखेर उपभोक्तालाई कम तेल दिएको पम्पलाई बढी तेल दिएर अनियमितता गरेको आरोपमा पक्राउ परेका शर्मालाई अदालतले सफाई दिएपछि उनलाई थानकोट डिपोमै पठाउने निर्णय गरेको निगमका एक उच्च अधिकारीले विकासन्युजलाई बताए। शर्माले झन्डै एक महिनाअघि काठमाडौं जिल्ला अदालतबाट सफाई पाएका थिए । निगम उच्च स्रोतका अनुसार सफाई पाएपछि निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले उनलाई थानकोट डिपो पठाउने निर्णय गरेका हुन् । थानकोट डिपो प्रमुखको रुपमा अहिले कार्यरत नेत्र काफ्लेलाई एक साताका लागि निगमको केन्द्रीय कार्यालयमा बोलाइएको छ । निगमका एक उच्च कर्मचारीका अनुसार अदालतबाट सफाई पाएपनि उनलाई विवादमै परेको डिपोमा पठाउनु कार्यकारी निर्देशकको विशेष स्वार्थ देखिन्छ । नाकाबन्दीको समयमा शर्माले खड्काको आदेश अनुसार कन्जुमरको नाममा तेल दिएका थिए । नाकाबन्दीको समयमा प्रहरीले गरेको विभिन्न पम्पमा गरेको विशेष अपरेशनमा राजधानीका पम्पमा रिमोट राखेर उपभोक्ता ठगेको प्रमाणसहित फेला पारेको थियो । प्रहरीले गरेको विशेष अपरेशनमा तात्कालिन थानकोट डिपो प्रमुख शर्माले रिमोट राखेर उपभोक्ता ठग्ने पम्पलाई बढी तेल दिएको अनुसन्धानबाट पत्ता लागेपछि पक्राउ गरेको थियो ।