‘फुटपाथका खानेकुरा खानाले मानवीय स्वास्थ्यमा दीर्घकालीन असर’

काठमाडौं । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कर्ण फुटपाथमा राख्ने खानेकुरा खानाले मानवीय स्वास्थ्यमा दीर्घकालीन असर पर्ने बताएका छन् । विभागको चौमासिक प्रगति विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । पत्रकार सम्मेलनमा उनले भने- फुटपाथका खाना अखाद्य हुन सक्छन्, त्यसकारण पनि ‘स्ट्रिट फुडको स्वच्छता सम्बन्धी निर्देशिका २०७५’को मस्यौदामा प्यान दर्ता अनिवार्य गरेको उनले बताए । महानिर्देशक कर्णले खाद्य वस्तु राख्ने ठेलागाढा, पकाउने भाँडा, खानेकुरा, दिने भाँडा, पकाउने व्यक्ति लगायतका सम्बन्धमा समेत सफाईको मापदण्ड तोकिएको बताए । सो मस्यौदा अनुरुप खुल्ला रुपमा बेच्न राखिएको सामान अनिवार्य रुपमा छोपिएको हुनु पर्ने र खाने कुराहरुलाई पत्रिका तथा कागपत्रमा दिन नपाईने व्यवस्था रहेको जानकारी दिए ।

मकवानपुर जुत्ता चप्पल व्यापार मेला चैत २३ गतेसम्म, नेपाली ब्राण्डमा उपभोक्ताको मोह

मकवानपुर । हेटौंडाको पल्पसा हलमा जारी रहेको मकवानपुर जुत्ता चप्पल व्यापार मेलामा चैत २३ गते सम्म हुने भएको छ । फागुन २८ गतेबाट हेटौंडाको पल्पसा हलमा जारी रहेको मकवानपुर जुत्ताचप्पल व्यापार हाल सम्म १६ हजार जोर भन्दा माथी जुत्ताचप्पल बिक्री भएको आयोजकले जनाएको छ । जारी मेलामा हाल सम्म ८० हजार भन्दा बढी अवलोकनकर्ताले मेला अवलोकन गरेको मेला संयोजक होमनाथ उपाध्यायले बताए । मेलामा भारी छुटका विक्रि वितरण भएकोले अवलोकनकर्ताको भिड रहेको संयोजक उपाध्यायले बताए । मेलामा अवलोकन गरि हेटौंडा १२ पदमपोखरीबाट आएका श्यामबहादुर लामा भन्छन्, स्वदेशी ब्राण्ड प्रयोग गरौं भनेर आएको बजारको भन्दा धेरै नै सहुलियतमा जुत्ताचप्पल पाएको बताए । आफुले सहुलियतमा पाएकोले दुईजोर बोकेको बताए । गढीगाउँपालिका ५बाट आएका सुन्दर तिमल्सिनाले पनि बजारको भन्दा सस्तो जुत्ता मेलामा रहेको बताए । स्वदेशी ब्राण्ड पनि अब विदेशी ब्राण्ड जस्तै राम्रो र क्यालिटीको रहेको बताए । आफुले यस अघि पनि स्वदेशी ब्राण्ड प्रयोग गरेकोले मेला घुम्न र सामान किन्न आएको उनले बताए । उनी मात्रै होइन मकवानपुरका अधिकांशहरु मेला अवलोकन पश्चात सस्तो र राम्रो जुत्ताचप्पल पाएको बताएका छन्, । मेलामा प्रदेश सभाका सदस्यहरु, गाउँपालिकाका अध्यक्षहरु, जनप्रतिनिधिहरु लगायत सरकारी कर्मचारीहरुले समेत उत्साहका साथ मेला अवलोकन गरिरहेका छन्, । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको मेलामा फुटवेयर म्यानुफ्याक्चर एशोसियशन अफ नेपालको सहभागितामा मेला भइरहेको छ । नेपाली जुत्ता चप्पलको चर्चित सात वटा व्राण्ड मेलामा सहभागिता रहेको छ । बि.एफ. डियर हिल सुज, रन सुज, रोयल सुज, क्रसरोड सुज, कोशेली सुज, हाइलाइफ सुज, सुल्याण्ड सुज ब्राण्डका जुत्ता चप्पल मेलामा रहेको छ । प्रर्दशनी भरिमा १५ देखि ६० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको संयोजक उपाध्यायले बताए । नयाँ डिजाइनका छालाजन्य जुत्ता चप्पलहरु पनि मेलामा राखिएको छ । मेलामा जेन्स तथा लेडिजको चप्पल र जुत्ता, पार्टी सुज, स्र्पोट्स सुज, स्कुलकलेज सुज,हवाई चप्पल, डिएमएस जुत्ता, बेल्ट लगायतका छालाजन्य उत्पादनहरु रहेका छन, । स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ मेला आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताए । हेटौंडा २ पल्पसा हलमा सञ्चालन भएको जुत्ताचप्पल व्यापार मेलामा चैत २३ गते शनिबार सम्म सञ्चालन हुनेछ ।

लगानी सम्मेलनमा १३ अर्ब लागतको आइएमई सिमेन्ट परियोजनापनि प्रस्तुत हुँदै

काठमाडौँ । चैत १५ र १६ मा हुने लगानी सम्मेलनमा निजी क्षेत्रको १८ वटा परियोजना प्रस्तुत हुने भएको छ । ती परियोजना मध्ये आइएमई सिमेन्ट पनि परेको छ । लगानी सम्मेलन मार्फत आईएमई प्रालिले पनि विदेशी लगानी खोजेको छ । प्रस्तावित सिमेन्ट कम्पनीले नवलपरासी जिल्लाको मध्याविन्दु नगरपालिका, गान्धीमा कम्पनी स्थापनाको प्रस्ताव गरिएको छ । यो सिमेन्ट कम्पनीको खनिज क्षेत्रका लागि पाल्पा जिल्लाको मदनपुर, निसीडी ग्रामीण नगरपालिलाई प्रस्ताव गरिएको छ । सिमेन्टको खनिज क्षेत्र १५ वर्ग किलोमिटर, कच्चा पद्धार्थ ०.२३७ वर्ग किलोमिटर, कोनेस्टोनको रिजर्व २००० टिपीडी, १८.७२ लाख टन उत्पादन गर्ने सो परियोजना प्रूतावमा उल्लेख छ । पूर्वपश्चिम राजमार्गबाट ५ किलोमिटर भित्र सो सिमेन्ट स्थापना गर्ने परियोजना प्रस्तावमा उल्लेख छ । परियोजना लागत नेपाली रुपैयाँ १३ अर्बको रहेको छ । प्रतिफलको आन्तरिक दर २० प्रतिशत रहेको छ । लगानी सम्मेलनमा १३ करोड डलरको गरुड सिमेन्टको परियोजना पनि प्रस्तुत हुँदैछ । चैत १५ र १६ मा हुने लगानी सम्मेलनका लागि सरकारी र निजी क्षेत्रबाट गरी कुल ७१ वटा परियोजना प्रस्ताव प्रस्तुत हुँदैछन् । लगानी बोर्डका अनुसार यस सम्मेलनमा सरकारका तर्फबाट ५३ र निजी क्षेत्रबाट १८ वटा गरी कुल ७१ वटा प्रस्ताव पेस हुनेछ ।