‘अनलाइन रिभर्स फ्याक्टरिङ प्लाटफर्म’ शुरु, उद्यमीलाई कर्जा लिन सजिलो
काठमाडौं । एफवान सफ्ट इन्टरनेशनल प्रा.लि.ले ‘अनलाइन रिभर्स फ्याक्टरिङ प्ल्याटफर्म’ शुरु गरेको छ । कम्पनीले साना, मझौंला र मध्यम उद्यमीलाई प्राविधिमार्फत वित्तीय स्रोतसम्म पहुँच दिन युके एडको एक्सेस टु फाइनान्स कार्यक्रम (सक्षम) सँगको सम्झौता गरी उक्त प्ल्याटफर्म तयार पारेको हो । होटल हिमालयमा आयोजित कार्यक्रममा सक्षमका टिम लिडर निर्मल दाहाल तथा एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् । यो साझेदारी अन्तर्गत एफवान सफ्ट इन्टरनेशनलले क्विक भुक्तानी नामक एउटा प्ल्याटफर्म तयार पारेर त्यसलाई सञ्चालन गर्नेछ । यो प्लेटफर्मले ठूला व्यापारिक फर्म तथा कम्पनीका साना तथा मझौला आपूर्तिकर्तालाई बैंकमार्फत जोड्नेछ । जसबाट ठूला व्यापारिक फर्म तथा कम्पनीका लागि सामान आपूर्ति गर्ने साना तथा मझौला आपूर्तिकर्ताले तुरुन्तै कर्जा पाउनेछन् । यो प्लेटफर्म प्रयोग गरेर बैंकले आपूर्तिकर्तालाई उनीहरुले सामान तथा सेवा बिक्रि गर्ने ठूला व्यापारिक फर्म तथा कम्पनीले जारी गरेको विलका आधारमा छोटो अवधिको जोखिमरहित कर्जा दिन सक्नेछन् । यसबाट सामान तथा सेवा आपूर्ति गर्ने साना तथा मझौला आपूर्तिकर्ताले विना धितो सहज ढङ्गले ऋणको सुविधा पाउनेछन् । सक्षमका टिम लिडर निर्मल दाहालले व्याक्ति तथा व्यापार दुवैले डिजिटल इनोभेसनमार्फत वित्तीय स्रोतमा सहज पहुँच प्राप्त गरेको बताएका छन् ।
नवलपरासीमा तीन अर्बको लागतमा सिमेन्ट उद्योग
काठमाडौं। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ जमुवाडमा जगदम्बा सिमेन्ट उद्योग सञ्चालनको काम शुरु भएको छ । करीब रु तीन अर्बको लागतमा पाँच बिघा क्षेत्रफलमा स्थापना हुन लागेको सो उद्योगका लागि आवश्यक जग्गा खरीद गरी अहिले पर्खाल निर्माणको काम भइरहेको छ । वातावरण प्रदूषणलाई ध्यानमा राखेर उपकरण जडान गरिने उद्योगका सञ्चालक शशी न्यौपानेले बताए। सो उद्योगबाट करीब २०० परिवार प्रत्यक्ष तथा करीब तीन हजार परिवार अप्रत्यक्ष रुपमा लाभाम्वित हुने छन् । उद्योगले सरकारलाई वार्षिक रु एक रु अर्ब ५० करोड राजश्व बुझाउने न्यौपानेको भनाइ छ । उद्योगले जिल्लाको विकासमा थप टेवा पुग्ने उद्योग वाणिज्य सङ्घ नवलपरासीका अध्यक्ष केशव भण्डारी बताउँछन्। रासस
शिवम् सिमेन्टले गर्यो ट्याक्सीचालकहरुलाई ज्याकेट हस्तान्तरण
काठमाडौं। नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौको ट्याक्सी चालकहरुको लागि पहिलो चरणमा चालक ज्याकेट उपलव्ध गराएको छ । नेपाल सरकार तथा यातायात व्यवस्था विभागले ट्याक्सी चालकहरुलाई ट्याक्सी चलाउदा ज्याकेटअनिवार्य गराएको थियो । उक्त कार्यलाई सहज बनाउने अभिप्रायले शिवम सिमेन्टले पहिलो चरणमा अन्तर्गत ट्याक्सीलाई विजया दशमीको शुभकामनाका सहित एभरेष्ट क्याव सर्भिसको संयोजकत्वमा विशेष कार्यक्रम आयोजना गरी ट्याक्सी चालक ज्याकेट हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रममा कालोपुल वडा नं. ५ का वडा अध्यक्ष रमेश डंगोल तथा कम्पनीका तर्फबाट सिनियर ब्राड म्यानेजर केशव अर्यालले संयूक्त रुपमा ट्याक्सी चालक ज्याकेट हस्तान्तरण गर्नु भएको थियो । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगतमा पनि शिवम् सिमेन्टस् लिमिटेडले समय–समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, गाँउपालिका मार्फत विद्यालय संचालनमा सहयोग, स्वास्थ्यचौकी संचालनमा सहयोग, एम्बुलेन्स हस्तान्तरण, वातावरण व्यस्थापन एवम् वृक्षारोपण, सरसफाई जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको थियो । सोही क्रमको निरन्तरता स्वरुप विजया दशमीको अवसर पारी शिवम सिमेन्टस् लि. ले उक्त चालक ज्याकेट हस्तान्तरण गरेको थियो । शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएकोअसली इएऋ सिमेन्ट हो । सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्टतथा शिवमप्लस सिमेन्टउत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । “गुण्स्तरको पहिचानहो शिवम्”, “गुण्स्तरमा कहिल्यै सम्झौता नगरौँ”, “ गुणस्तर को मामलामा नो कोम्प्रोमाईज ”, तथा “अटुट कम्प्रेसिभ स्ट्रेन्थ” जस्ता मुल नाराका साथ अगाडी बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट राष्ट्रिय गौरवका प्रमुख योजनाहरुमा आफ्नो योगदानदिन सफल भएको छ, जस्तै : काठमाडौं चक्रपथ विस्तार परियोजना, नेपाली सेनाको सिभिल तथा भेट्रान्स हस्पिटल भवन निर्माण परियोजना, विभिन्न हाइड्रोपावर, पुल एवम् टनेल निर्माण प्रोजेक्टहरु इत्यादी आईएसओ, आईएसआई, र युआरयस प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवातथा सुविधा दिदैँ आएको छ ।