नेपाल फर्निचर तथा फर्निसिङ संघकाे नयाँ नेतृत्व गठन
काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघको १९ औं बार्षिक साधारण सभाले रुपेश प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको साधारण सभाले नयाँ कार्य समितिका सबै पदाधिकारी निर्विरोध रुपमा चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा शुभेन्द्र जोशी, उपाध्यक्षमा दिनेश अग्रवाल र मनिष अग्रवाल चयन भएका छन् । महासचिवमा ओम बस्नेत, कोषध्यक्षमा पूर्ण ब्रज्राचार्य, सचिवमा अर्जुन घिमिरे र सह कोषाध्यक्षमा सुष्मा लम्साल चयन भएका छन् । निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल सहितसंघको १९ सदस्यीय कार्य समितिमा अरुण कुमार चौधरी, किरण वगिडिया, केदारनाथ बस्ताकोटी, योगेन्द्र कार्की, डम्बर पराजुली, रमिता श्रेष्ठ र दिलबिक्रम श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठको प्रमुख आतित्थमा संचालन भएको साधारण सभाले संघको बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा चालु आर्थिक बर्षको अनुमानित बजेट समेत पारित गरेको छ ।
७० लाखको लागतमा खुल्यो काँटी उद्योग, दैनिक १५ सयदेखि दुई हजार केजी उत्पादन
बनियानी । झापाको कनकाई नगरपालिका–१ स्थित जामुनबारीमा जिल्लामै पहिलो काँटी उद्योग स्थापना भएको छ । कनकाई–२ का ३७ वर्षीय दीपक चापागाईंले ७० लाखको लागतमा ‘डायमण्ड स्टील उद्योग’ स्थापना काँटी उत्पादन शुरु गरेका हुन् । दक्षिण कोरियामा आधा दशक परिश्रम गरेर फर्किनुभएका झापा चापागाईंले स्वदेशमै उद्योग फष्टाउने सम्भावना देखेर यो प्रयास गरिएकोे बताए । “कोरियामा पाँच वर्ष काम गरेँ”, उनले भने, “त्यहाँ कमाएको रकमले स्वदेशमै आत्मनिर्भर बन्ने सोचका साथ उद्योग स्थापना गरेको हुँ ।” उक्त उद्योगबाट पहिलो चरणमा काँटी उत्पादन शुरु गरिएको छ । चालू आर्थिक वर्षभित्र नटबोल्ट, स्टील दराजलगायत छ प्रकारका सामाग्री उत्पादन गर्ने उनको लक्ष्य छ । उद्योगमा हाल १४ लाखमा दुई वटा काँटी बनाउने उपकरण र चार लाखमा एउटा काँटी पोलिस गर्ने उपकरण राखिएको छ । उद्योगबाट दैनिक १५ सयदेखि दुई हजार केजीसम्म काँटी उत्पादन हुँदै आएको चापागाईंले बताए । उद्योगबाट उत्पादित काँटी ९६ प्रतिकेजीमा बिक्री हुने गरेको छ । उत्पादित सामग्री मेची अञ्चलभरिका बजारमा बिक्री गरिने जनाइएको छ । चापागाईंले भने, “मैले कोरियाको पानीजहाज बनाउने कम्पनीमा फलामसम्बन्धी काम गरेँ, त्यहाँ सिकेको सीप अहिले स्वदेशमा प्रयोग गर्दैछु ।” उद्योग स्थापना गर्नुपूर्व भारतको कलकत्तामा कच्चा पदार्थ तथा सम्बन्धित उपकरणबारे जानकारी लिएको उनले बताए । कोरिया छँदा आफूले मासिक तीन लाखसम्म कमाइ गर्ने गरेको बताउँदै उनले भने, “स्वदेश आएपछि पुनः एक पटक जाने सोच बनाएँ, भिसा पनि लाग्यो तर अब स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच आयो ।” मेहनत गरे स्वदेशमै राम्रो आम्दानी गर्न सकिने उनको भनाइ थियो । उद्योगमा हाल चार जनाले रोजगारीसमेत पाएका छन् । स्नातकसम्मको अध्ययन पूरा गर्नुभएका चापागाईंले वैदेशिक रोजगार पूँजी निर्माणका लागि गतिलो माध्यम बने पनि दीर्घकालीन विकल्प नभएकाले त्यहाँ कमाएको रकमले स्वदेशमा आत्मनिर्भर बन्नका लागि लगानी गर्न सकिन्छ ।” उद्योगलाई विस्तार गर्ने योजनामा रहनुभएका चापागाईंले केही युवासँगको साझेदारीमा हर्पिक, फिनेललगायत अन्य रासायनिक पदार्थ उत्पादन गर्ने उद्देश्यले मेचीनगर–७ मा ५२ कट्ठा जग्गासमेत खरिद गरिसकेको बताए ।
कृषि, पर्यटन, उद्योग तथा व्यापारलाई लक्षित गरि पौष २७ गतेदेखि अर्घाखाँची महोत्सव हुँदै
काठमाडौँ । कृषि पर्यटन उद्योग र व्यापारलाई लक्षित गरि पौष २७ गतेदेखि माघ ८ गतेसम्म अर्घाखाँची महोत्सव हुने भएको छ । अर्घाखाँची जिल्लाको समग्र विकासको आधार कृषि पर्यटन उद्योग र व्यापार संवृद्ध र सुखी अर्घाखाची निर्माणको आधार भन्ने मूल नाराको साथ् चौथो अर्घाखाँची महोत्सव अर्घाखाँचीको सन्धिखर्कमा हुनेछ । अर्घाखाची उद्योग बाणिज्य संघको मुख्य आयोजनामा हुन लागेको यस महोत्सवमा सन्धिखर्क नगरपालिका तथा लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्थाको व्यवस्थापनमा अर्घाखाची सन्धिखर्कमा आयोजना हुन लागेको हो । धार्मिक, सांस्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले अर्घाखाची जिल्लाको आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि गरि आर्थिक रुपले पनि मजबुत बनाउने र अर्घाखाची जिल्लालाइ राष्ट्रिय रुपमा चिनाउने औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले बताएका छन् । २ सय भन्दा बढि स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ । करिब ५ लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्सन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, चिडियाघर, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष महतले जानकारी दिएका छन् ।