मकवानपुर जुत्ता चप्पल व्यापार मेला चैत २३ गतेसम्म, नेपाली ब्राण्डमा उपभोक्ताको मोह

मकवानपुर । हेटौंडाको पल्पसा हलमा जारी रहेको मकवानपुर जुत्ता चप्पल व्यापार मेलामा चैत २३ गते सम्म हुने भएको छ । फागुन २८ गतेबाट हेटौंडाको पल्पसा हलमा जारी रहेको मकवानपुर जुत्ताचप्पल व्यापार हाल सम्म १६ हजार जोर भन्दा माथी जुत्ताचप्पल बिक्री भएको आयोजकले जनाएको छ । जारी मेलामा हाल सम्म ८० हजार भन्दा बढी अवलोकनकर्ताले मेला अवलोकन गरेको मेला संयोजक होमनाथ उपाध्यायले बताए । मेलामा भारी छुटका विक्रि वितरण भएकोले अवलोकनकर्ताको भिड रहेको संयोजक उपाध्यायले बताए । मेलामा अवलोकन गरि हेटौंडा १२ पदमपोखरीबाट आएका श्यामबहादुर लामा भन्छन्, स्वदेशी ब्राण्ड प्रयोग गरौं भनेर आएको बजारको भन्दा धेरै नै सहुलियतमा जुत्ताचप्पल पाएको बताए । आफुले सहुलियतमा पाएकोले दुईजोर बोकेको बताए । गढीगाउँपालिका ५बाट आएका सुन्दर तिमल्सिनाले पनि बजारको भन्दा सस्तो जुत्ता मेलामा रहेको बताए । स्वदेशी ब्राण्ड पनि अब विदेशी ब्राण्ड जस्तै राम्रो र क्यालिटीको रहेको बताए । आफुले यस अघि पनि स्वदेशी ब्राण्ड प्रयोग गरेकोले मेला घुम्न र सामान किन्न आएको उनले बताए । उनी मात्रै होइन मकवानपुरका अधिकांशहरु मेला अवलोकन पश्चात सस्तो र राम्रो जुत्ताचप्पल पाएको बताएका छन्, । मेलामा प्रदेश सभाका सदस्यहरु, गाउँपालिकाका अध्यक्षहरु, जनप्रतिनिधिहरु लगायत सरकारी कर्मचारीहरुले समेत उत्साहका साथ मेला अवलोकन गरिरहेका छन्, । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको मेलामा फुटवेयर म्यानुफ्याक्चर एशोसियशन अफ नेपालको सहभागितामा मेला भइरहेको छ । नेपाली जुत्ता चप्पलको चर्चित सात वटा व्राण्ड मेलामा सहभागिता रहेको छ । बि.एफ. डियर हिल सुज, रन सुज, रोयल सुज, क्रसरोड सुज, कोशेली सुज, हाइलाइफ सुज, सुल्याण्ड सुज ब्राण्डका जुत्ता चप्पल मेलामा रहेको छ । प्रर्दशनी भरिमा १५ देखि ६० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको संयोजक उपाध्यायले बताए । नयाँ डिजाइनका छालाजन्य जुत्ता चप्पलहरु पनि मेलामा राखिएको छ । मेलामा जेन्स तथा लेडिजको चप्पल र जुत्ता, पार्टी सुज, स्र्पोट्स सुज, स्कुलकलेज सुज,हवाई चप्पल, डिएमएस जुत्ता, बेल्ट लगायतका छालाजन्य उत्पादनहरु रहेका छन, । स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ मेला आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताए । हेटौंडा २ पल्पसा हलमा सञ्चालन भएको जुत्ताचप्पल व्यापार मेलामा चैत २३ गते शनिबार सम्म सञ्चालन हुनेछ ।

लगानी सम्मेलनमा १३ अर्ब लागतको आइएमई सिमेन्ट परियोजनापनि प्रस्तुत हुँदै

काठमाडौँ । चैत १५ र १६ मा हुने लगानी सम्मेलनमा निजी क्षेत्रको १८ वटा परियोजना प्रस्तुत हुने भएको छ । ती परियोजना मध्ये आइएमई सिमेन्ट पनि परेको छ । लगानी सम्मेलन मार्फत आईएमई प्रालिले पनि विदेशी लगानी खोजेको छ । प्रस्तावित सिमेन्ट कम्पनीले नवलपरासी जिल्लाको मध्याविन्दु नगरपालिका, गान्धीमा कम्पनी स्थापनाको प्रस्ताव गरिएको छ । यो सिमेन्ट कम्पनीको खनिज क्षेत्रका लागि पाल्पा जिल्लाको मदनपुर, निसीडी ग्रामीण नगरपालिलाई प्रस्ताव गरिएको छ । सिमेन्टको खनिज क्षेत्र १५ वर्ग किलोमिटर, कच्चा पद्धार्थ ०.२३७ वर्ग किलोमिटर, कोनेस्टोनको रिजर्व २००० टिपीडी, १८.७२ लाख टन उत्पादन गर्ने सो परियोजना प्रूतावमा उल्लेख छ । पूर्वपश्चिम राजमार्गबाट ५ किलोमिटर भित्र सो सिमेन्ट स्थापना गर्ने परियोजना प्रस्तावमा उल्लेख छ । परियोजना लागत नेपाली रुपैयाँ १३ अर्बको रहेको छ । प्रतिफलको आन्तरिक दर २० प्रतिशत रहेको छ । लगानी सम्मेलनमा १३ करोड डलरको गरुड सिमेन्टको परियोजना पनि प्रस्तुत हुँदैछ । चैत १५ र १६ मा हुने लगानी सम्मेलनका लागि सरकारी र निजी क्षेत्रबाट गरी कुल ७१ वटा परियोजना प्रस्ताव प्रस्तुत हुँदैछन् । लगानी बोर्डका अनुसार यस सम्मेलनमा सरकारका तर्फबाट ५३ र निजी क्षेत्रबाट १८ वटा गरी कुल ७१ वटा प्रस्ताव पेस हुनेछ ।

२६ अर्ब १२ करोडको ‘तमोर–मेवा जलविद्युत् आयोजनामा चलखेल

ताप्लेजुङ । निर्माणको अन्तिम तयारीमा रहेको तमोर–मेवा जलविद्युत् आयोजनालाई असफल बनाउन विभिन्न चलखेल भएको स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले जनाएको छ । कम्पनीको नाममा कायम भएको सर्वेक्षण क्षेत्र काटेर सरकारले बेइमान गर्न खोजेको सो कम्पनीको आरोप छ । शक्ति र पैसाको भरमा विद्युत् नियमावलीविपरीत सर्वेक्षण भएको क्षेत्र काटेर युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालिलाई दिएको स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनीका अध्यक्ष भानेन्द्रकुमार लिम्बूले बताए । विसं २०६२ देखि आफ्नो कम्पनीले पाएको क्षेत्रलाई सूचना र सहमतिबिना नै विसं २०७४ असार ९ गते श्रीगङ्गादेखि तुप्रुकसम्मको दुई किलोमिटर साविक सर्वेक्षण क्षेत्र काटेर युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालिलाई दिएको एक प्रेश विज्ञप्तिमार्फत जनाइएको छ । विद्युत् नियमावली २०५० मा दोहोरो पर्ने गरी सर्वेक्षण अनुमितिपत्र नदिइने उल्लेख छ । न्यायिक क्षेत्रलेसमेत नियोजित व्यवहार देखाएको अध्यक्ष लिम्बूले दाबी गरे । “विद्युत् नियमावली २०५० को नियम ११ र विद्युत् निर्देशिका विसं २०७३ विपरीत सर्वेक्षण क्षेत्र काटिएपछि न्यायका लागि उच्च अदालतमा रिट दर्ता ग¥र्यौं, तर २० महीनापछि रिट खारेजको पैसला भयो, सबै पक्ष हाम्रो आयोजनामाथि नियोजित ढङ्गले खनिए, अब उच्च अदालतमा रिट हाल्छौँ”, लिम्बूले भने । लिम्बूका अनुसार श्रीगङ्गादेखि गुहेलीसम्मको क्षेत्र निर्धारण गरी तमोर–मेवा जलविद्युत् आयोजना निर्माण गर्न सरकारले विसं २०६२ मा विद्युत् उत्पादन सर्वेक्षण अनुमितपत्र जारी गरेको थियो । सोहीअनुरुप काम हुँदाहुँदै विभिन्न अवरोध गर्ने कार्य भएको उनको आरोप छ । तमोर मेवा जलविद्युत् आयोजनाअन्तर्गत मेवा जलविद्युत् आयोजना (३० मेगावाट) र तमोर आयोजना (१२८ मेगावाट) पर्छन् । विद्युत् विकास विभागले भने उक्त आयोजनालाई कुनै असर नपर्ने गरी स्रोतको अधिकतम उपयोगिताका आधारमा केही भाग काटिएको जनाएको छ । “स्रोतको अधिकतम उपयोगिताका आधारमा आयोजनालाई असर नपर्ने गरी केही भाग काटिएको हुन सक्छ, तर आयोजनालाई असर हुने गरी सरकारले त्यस्तो कार्य गर्दैन”, विद्युत् विकास विभागका सूचना अधिकारी निषा रिजालले भनिन । दुवै आयोजनालाई अनुकूल हुनेगरी मात्रै केही क्षेत्र काटिएको हुनसक्ने उनको भनाइ छ । काटिएको क्षेत्र फिर्ताका लागि प्रयाससँगै १२८ मेगावाट क्षमताको आयोजना निर्माणका लागि भने अन्तिम तयारी जुटेको लिम्बूले बताए । तुप्रुकदेखि गुहेलीसम्मको १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनामा कुनै रोकावट नभएकाले उक्त आयोजना निर्माणको चरणमा पुगेको लिम्बूको भनाइ छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन ऊर्जा मन्त्रालयद्वारा स्वीकृत भई अन्तिम स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा सिफारिश भएको र उक्त मन्त्रालयलेसमेत गत फागुन २० गते ३० दिने सार्वजनिक सूचना प्रकाशन गरेको बताइएको छ । यस्तै गत साउन ३१ गते विद्युत् बिक्रीका लागि प्राधिकरणसँग सम्झौतासमेत भएको छ । उत्पादित विद्युत् हाङ्पाङ सबस्टेशन हुँदै कोशी करिडोर प्रशारण लाइनमा जोडिनेछ । आयोजना निर्माणका लागि लाग्ने कूल २६ अर्ब १२ करोड लागतमध्ये कुमारी बैंक लिमिटेडले ७५ प्रतिशत ऋण उपलब्ध गराउने र बाँकी समुदायको लगानी हुने अध्यक्ष लिम्बूको भनाइ छ । वित्तीय व्यवस्थापनका लागि आवश्यक काम भइसकेको र विद्युत् उत्पादन अनुमतिपत्रका लागिसमेत विद्युत् विकास विभागमार्फत ऊर्जा मन्त्रालयमा दर्खास्त दिइसकेकाले उक्त अनुमतिपत्र प्राप्त हुनासाथै काम शुरु हुने बताइएको छ । विसं २०७६ देखि काम शुरु गरी विसं २०८१÷०८२ मा सम्पन्न गर्ने स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीको लक्ष्य छ । ताप्लेजुङ सदरमुकाम फुङलिङ, आठराइ त्रिवेणी गाउँपालिकाको चाँगे, हाङ्पाङ, फूलबारी, मिक्वा खोला गाउँपालिकाको लिवाङ, खोक्लिङ र मेरिङदेनको लिङ्तेप, खाम्लुङ, सान्थाक्रा आयोजनाको प्रभावित क्षेत्र हुन् । फुङलिङ भने मूल्य प्रभावित क्षेत्रमा पर्छ । मेवा खोला र तमोर नदीको पानीलाई एकीकृत गरी झण्डै नौ किलोमिटर दूरीको सुरुङमार्फत् विद्युतगृहसम्म पु¥याउने योजना रहेको छ । फुङलिङ नगरपालिका– ३ मा पर्ने आगामी दिनमा विद्युतगृह रहनेछ । आयोजना सञ्चालनका लागि पहिलोपटक विसं २०६४ मा सम्भाव्यता अध्ययन भएको थियो ।