राउन्ड १६ बाट सबैभन्दा पहिले बाहिरिने फ्रान्स कि अर्जेन्टिना ?
काठमाडौं । विश्वकपको समुह चरणको खेल सकिँदा आश्चर्यजनक जर्मनी बाहेक सबै फुटबल महाशक्ति अन्तिम १६मा स्थान बनाउन सफल भैसकेका छन् । शनिबारदेखि हुने प्रिक्वाटर फाइनल खेलको लागि अब जोड घटाउ शुरु भैसकेको छ । नेपाली समय अनुसार भोली बेलुकी ७:४५ बजे शुरु हुने फ्रान्स र अर्जेन्टिना मध्ये एक देश सबैभन्दा पहिले विश्वकपको अन्तिम १६ बाट बाहिरिने देश बन्दैछ । ओसामाने डेम्बेले, केलियन एम्बाप्पे, एन्टोनी ग्रीजम्यान जस्ता युवा खेलाडीले भरिएको फ्रान्सलाई रोक्न अर्जेन्टाइन डिफेन्डरलाई फलामको चिउरा चपाउन सरह हुनेछ । फ्रान्सको रक्षा पक्ति पनि त्यस्तै बलियो रहेको छ । बार्सिलोनाबाट व्यवसायीक फुटबल खेल्दै आएका सामुएल उमटीटी अर्जेन्टाइन स्ट्राइकरका लागि खतरा हुन सक्छन् । यता खराब लयबाट गुज्रीरहको अर्जेन्टिना कठिन चुनौति पार गर्दै अन्तिम १६मा आइपुगेको छ । तुलनात्मक रुपमा निकै फितलो मिडफिल्ड रहेको अर्जेन्टिना फ्रान्ससँगको खेलमा उच्च सर्तकताका साथ मैदानमा उत्रिनेछ । क्रोयोसियासँग लज्जास्पद हार बेहोरेपछि चर्को विवादमा आएका मुख्य प्रशिक्षक जोर्जे साम्पोलीको खेलाडीहरुसँग सम्बन्ध बिग्रीएको समाचार आइरहेको बेला अर्जेन्टिना थप संकटमा पर्न सक्ने देखिन्छ । कमजोर किपर र कमजोर मिडफिल्डबाट गुज्रिरहेको अर्जेटिनामाथि फ्रान्सले लियोनल मेसीलाई रोक्ने एउटै सुत्र सफल भयो भने पनि अर्जेन्टिना संकटमा पर्न सक्छ । यसैगरी विगतको विश्वकपमा जस्तै यो वर्ष पनि गोन्जालो हिग्योइन खराब लयमा रहेका छन् उनले नाइजेरिया विरुद्धको खेलमा खाली पोष्टमा समेत गोल नहानेर यसको प्रमाण दिइसकेका छन् । नकआउट चरणबाट बाहिरीन एउटै गल्ती प्रयाप्त हुन सक्छ । खेलाडीहरुले गल्ती नगर्नु र क्षमता अनुसार कला प्रर्दशन गर्नु खेल जित्ने प्रमुख आधार हो । अर्जेन्टिनाका लागि ९० मिनेट र थपिएको केहि समयभित्रै खेल जित्न सकेमा उसका लागि फाइदा हुन सक्छ । यदि खेल पेनाल्टीमा गयो भने त्यो फ्रान्सको लागि फाइदा हुनेछ किनभने उनीहरुसँग तुलनात्मक रुपमा बलियो किपर रहेको छ । त्यस्तै स्ट्राइकर पनि । यो वर्ष फ्रान्सले युवा खेलाडीहरुलाई मौका दिइरहेका छन् । यदि उनीहरुले पहिले गोद खाएमा सो दबाबलाई कसरी झेल्न सक्छन् भन्ने प्रश्न आउन सक्छ । प्रतियोगिता अन्तर्गत दोस्रो खेल शनिबार राती ११:४५ बजे पोर्चुगल र उरुग्वे विरुद्ध हुनेछ ।
दाेस्रो हाफमा साम्पोलीले मेसीलाई ‘के म अग्युइरोलाई राख्न सक्छु’, भनी सोधेको खुलासा
काठमाडौं । अर्जेन्टिनाका प्रशिक्षक जोर्जे साम्पाउलीले कुन खेलाडी राख्ने भनेर मेसीलाई सोधेको खुलासा भएको छ । नाइजेरिया विरुद्धको दाेस्रो हाफमा टचलाई नजिक आएर मेसीलाई साम्पाउलीले कुन अग्युइरोलाई राख्ने कि नराख्ने विषयमा मेसीलाई सोधेको एक भिडियो फुटेजबाट सार्वजनिक भएको हो । स्पेनिस अनलाइन मार्काका अनुसार खेल १/१ को बराबरी रहेको अवस्थामा साम्पोलीले मेसीलाई के म अग्युइरोलाई राख्न सक्छु भनी सोधेको पुष्टी गरेको छ । पछिल्लो समय कप्तान लियोनल मेसी र मस्कुरानोले अर्जेन्टिनाको खेलाडी छनोटमा प्रभाव पारिरहेको बताइएको छ । समुह चरणको दोस्रो खेलमा क्रोयोसियासँगको लज्जास्पद ३-० को हार बेहोरेपछि प्रशिक्षक साम्पोलीको चर्को विरोध भएको थियो । अब फ्रान्ससँगको खेलमा पनि मेसीले नै खेलाडी छनोटमा प्रभाव पार्न सक्ने अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन्।
मेसी, रोनाल्डो, सुवारेज र ग्रीजम्यान मध्ये एक जना मात्रै सेमिफाइनलमा, को पुग्लान ?
काठमाडौं । रसिया विश्वकप २०१८ का समुह चरणको खेल सकिनै लाग्दा अब प्रि क्वाटरफाइनलको हिसाब शुरु भएको छ । नयाँ फुटबल राष्ट्रहरुको कडा चुनौति पार गर्दै अन्तत पुरानै शक्ति राष्ट्रहरु अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । प्रिक्वाटर फाइनलको खेल तालिका अनुसार विश्व चर्चित फुटबल स्ट्राइकरहरु लियोनल मेसी र एन्टोनी ग्रीजम्यान, क्रिष्टियानो रोनाल्डो र लुइज सुवारेज एक अर्का विरुद्ध भिड्ने भएका छन् । ग्रुप ए को बिजेता बन्दै उरुग्वेले ग्रुप बी को उपविजेता पोर्चुगलसँग भेट पक्का गरेको हो भने ग्रुप सीको बिजेता बन्दै फ्रान्सले अर्जेन्टिनासँगको भेट पक्का गरेको हो । तालिका अनुसार फ्रान्स र अर्जेन्टिना मध्ये १ र उरुग्वे र पोर्चुगल मध्ये १ राष्ट्र अन्तिम ८ मा पुग्नेछ । सेमिफाइनलका लागि ति दुई विजेता राष्ट्रबिच नै प्रतिस्पर्धा हुनेछ । विश्वकप अन्तर्गत बुधबार जर्मनी र ब्राजिलले अन्तिम १६ का लागि सघर्ष गर्दै छन् ।