जापानमै लुके नौ गैरखेलाडी, क्रिकेटका नाममा मानवतस्कर
काठमाडौं १५, भदौ , काठमाडौं–क्रिकेट खेलाडीका रुपमा मैत्रीपूर्ण खेल खेल्न जापान लगिएका नौजना गैरखेलाडीले काठमाडौं फर्कने टिकट जापानबाटै रद्द गराएको खुलेको छ । १५ दिनको भिसासहित जापान लगिएका उनीहरु जापानमै भासिएको मंगलबार ४७ दिन बितेको छ । अध्यागमन विभागका अनुसार अन्य नेपाली टोलीसहित गत १५ जुलाईमा जापान गएका ती गैरखेलाडी मंगलबारसम्म स्वदेश फर्किएका छैनन् । ती गैरखेलाडीले पहिलै नै बुकिङ गरिसकेको आफ्नो फर्कने टिकटसमेत रद्द गरेको जानकारी सम्बन्धित ट्राभल एजेन्सीले दिएको छ । गत १५ जुलाईमा जापानमा आयोजना भएको होण्डा कप क्रिकेट प्रतियोगितामा सहभागि हुन गएका १८ जनाको टोली जापान गएको थियो । त्यो टोलीमा सातजना क्रिकेटर, दुइजना पदाधिकारी र नौ जना गैरखेलाडी थिए । सोही गैरखेलाडी जापानमै लुकेर बसेका हुन । जापानमै लुकेका गैरखेलाडी रामसुर बुढा सञ्जिव बुढा रोमी सरङ्कोटी राना सूर्य बानियाँ नरेन्द्र बुढा सुन्दरकुमार ओली श्यामकुमार पुन डेन्डी शेर्पा लक्ष्मण छन्त्याल अन्नपूर्ण पोष्टबाट
क्रिकेटका नाममा मानव तस्करी, नेपालको छविमै धक्का
काठमाडौं १०, भदौं । जापानमा हालै सम्पन्न एक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालका तर्फबाट सहभागी हुन गएका टोलीमा केही गैर–खेलाडीलाई समेत सहभागी गराएको र उनीहरूलाई जापानमै छोडेर आएको आशंकामा छानबिन अघि बढाउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसिले नेपाली क्रिकेटका सरोकारवालालाई निर्देशन दिएको छ । यस विषयमा युवा तथा खेलकुदमन्त्रीले समेत विशेष चासो देखाउँदै छानबिन प्रक्रिया अघि बढाएका छन् । गत जुलाई १५ मा नेपालको बेस्ट फुटबल क्रिकेट ९एफसी० काठमाडौं क्लबले सातजना राष्ट्रिय खेलाडीसहित सदस्यीय टोली जापान लिएर गएको थियो । जापानमा उनीहरूले स्थानीय क्लबसँग दुई दिनमा तीनवटा म्याच खेलेका थिए । उक्त मैत्रीपूर्ण म्याचका लागि सिनियर नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य सिद्धान्त लोहनीसहित यु १९ टोलीका प्रेम तामाङ, अमित श्रेष्ठ सौरभ खनाल, फैजल खान रामनरेश गिरी र राष्ट्रिय खेलाडी सोनु तामाङ जापान गएका थिए । समाचार स्रोत अन्नपूर्ण पोष्ट ।
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले रियो ओलम्पिकमा
काठमाडौं, ६ भदौं । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले ब्राजिलको रियो दि जेनेरियामो भइरहेको ओलम्पिक २०१६ मा सहभागी भएका छन् । ओलम्पिकमा सहभागी भएर घलेले नेपाली खेलाडीको हौसला बढाएका हुन् । अगष्ट २० तारिखमा नेपाल सहभागी तेक्वाण्डो खेलमा उपस्थीत भएका अध्यक्ष घलेले नेपाली खेलाडीलाई शुभकामना समेत दिएका थिए । साथै उनले नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ लगायतका पदाधिकारीसँग भेटेर नेपालको सहभागीता र उपलब्धीबारे छलफल पनि गरेका थिए । अध्यक्ष घलेले ओलम्पिक जस्ता अन्तर्राष्ट्रिय खेलमा गैरआवासीय नेपाली प्रतिभाहरुलाई नेपालका तर्फबाट सहभागी बनाउनुपर्ने सुझाव दिए । गैरआवासीय नेपाली किशोरी गौरिकाको प्रस्तुतीको स्मरण गर्दै उनले बिदेशको नेपाली समुदायमा गौरिका जस्ता धेरै प्रतिभा रहेको दावी समेत गरेका थिए । यसैबिच, घलेले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति ब्राजिलको बिशेष साधारणसभालाई सम्बोधन पनि गरेका थिए ।