जर्मनीलाई इक्वेडरले हरायो
काठमाडौं । फिफा विश्वकपअन्तर्गत जर्मनीलाई इक्वेडरले हराएको छ । जर्मनीलाई २-१ ले हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको छ । सुरुमा पछि परेको स्थितिबाट इक्वेडरले पुनरागमन गरेको हो । खेलको पहिलो हाफ निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहेको थियो । खेलको २ मिनेटमै जर्मनीका लागि लेरोय सानेले सुरुवाती गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । इक्वेडरका निल्सन एंगुलोले ९ औं मिनेटमा जवाफी गोल गर्दै खेललाई १(१ को बराबरी स्थितिमा ल्याए। खेलको ७७औँ मिनेटमा गोन्जालो प्लाटाले उत्कृष्ट गोल गर्दै इक्वेडरलाई २१ ले विजयी गराए । खेलमा जित हासिल गरेसँगै इक्वेडर समूह ‘ई’को तेस्रो स्थानमा रहे पनि उत्कृष्ट टोलीका रूपमा अन्तिम ३२ मा पुग्ने निश्चित भएको छ ।
डीजीओले ल्यायो विश्वकप अफर : हस्ताक्षरित जर्सीदेखि भियतनाम टुरसम्म जित्ने मौका
काठमाडौं । विश्व फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको अवसर पारेर डीजीओ र हिमालयन स्पोर्ट्सले फिफा विश्वकप २०२६ हेर्ने दर्शकलाई लक्षित गर्दै आकर्षक उपहार योजना सार्वजनिक गरेका छन् । कम्पनीले ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ अभियान घोषणा गर्दै आधिकारिक माध्यमबाट विश्वकप हेर्ने ग्राहकलाई विभिन्न पुरस्कार प्रदान गर्ने जनाएको छ । अभियानअन्तर्गत डीजीओ एपमार्फत सिजन पास वा मोबाइल पास खरिद गर्ने ग्राहकले मेस्सीद्वारा हस्ताक्षरित अर्जेन्टिनाको आधिकारिक जर्सी जित्ने अवसर पाउनेछन् । डीजीओका अनुसार सिजन पास खरिदकर्ताका लागि मेस्सीको हस्ताक्षरित जर्सीसँगै क्रिस्टियानो रोनाल्डोद्वारा हस्ताक्षरित पोर्चुगलको जर्सी, नेयमारद्वारा हस्ताक्षरित ब्राजिलको जर्सी, भियतनाम भ्रमण प्याकेज, ५५ इन्च स्मार्ट टिभी तथा मौलाकाली रिसोर्टमा एक रातको डिलक्स बसाइको व्यवस्था गरिएको छ । यस्तै मोबाइल पास खरिद गर्ने ग्राहकले भियतनाम भ्रमण प्याकेज, ५५ इन्च र ४३ इन्च स्मार्ट टिभी तथा स्मार्टफोन जित्न सक्ने कम्पनीले जनाएको छ । अभियानमा सहभागी हुन ग्राहकले डीजीओ एप डाउनलोड गरी दर्ता गर्नुपर्ने, एपमार्फत सिजन पास वा मोबाइल पास खरिद गर्नुपर्ने तथा कम्पनीका आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेज फलो गर्नुपर्नेछ । कम्पनीका अनुसार अभियान जुन २१ देखि जुलाई १५ सम्म सञ्चालन हुनेछ। नेपालभित्रका सक्रिय डीजीओ प्रयोगकर्तामात्र यसमा सहभागी हुन पाउनेछन् । विजेताको छनोट निष्पक्ष रूपमा गरिने र पुरस्कार नगद वा अन्य वस्तुसँग साट्न नपाइने कम्पनीले जनाएको छ ।
एन्फालाई फिफाले गर्याे निलम्बन, नेपालले अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ बमोजिम एन्फामाथि निलम्बनको निर्णय गरेको हो । निलम्बनसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सदस्यका सबै अधिकार गुमाएको छ । यससँगै एन्फाका प्रतिनिधि टोली तथा नेपाली क्लब टोलीहरूले निलम्बन कायम रहुञ्जेल कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने फिफाले जनाएको छ ।