कारोबार खुलेको तीन घण्टामा ६० अंकले बढ्यो नेप्से

काठमाडौं । कारोबार सुरु भएको ३ घण्टामा सेयर बजार ६० अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार मंगलबार दिउँसो १:५९ बजे नेप्से बढेर २१६१.०७ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार यति बेलासम्म आदर्श लघुवित्तको सेयरमा सर्किट लागेको छ भने सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकले गरेको छ ।

सानिमा ग्रोथ फन्ड नेप्सेमा सुचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा ग्रोथ फन्ड सुचिकृत भएकाे छ । सानिमा क्यापिटलको सामुहिक लगानी कोष योजनाको सानिमा ग्रोथ फन्ड सुचिकृत भएको हाे । नेप्सेमा सूचीकृत भएसँगै याे फन्ड भोलि बुधबारदेखि कारोबारमा आउनेछन् । याे योजनालाई नेप्सेले १० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ भने कारोबार संकेत सानिमा ग्रोथ फन्डलाई ‘एसएजीएफ’ कारोबार संकेत प्रदान गरेको छ। कम्पनीको ६ करोड ७२ लाख ५३ हजार २६० इकाई नेप्सेमा सुचिकृत भएको हो । कम्पनीले सर्वसाधारणकाे लागी सानिमा क्यापिटल मार्फत् ६ करोड ७२ लाख ५३ करोड २६० इकाई धितोपत्र खुल्ला गरेको थियाे ।

सनराइज फोकस्ड इक्विटी फण्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सनराइज क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । सनराइज फोकस्ड इक्विटी फण्डमा आज माघ २४ गतेसम्म आवेदन दिन सकिने छ । क्यापिटलले माघ १० गतेदेखि १ अर्ब २० करोड रुपैयाँ बराबरको सनराइज फोकस्ड इक्विटी फण्ड बिक्री खुला गरेको हो । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने फोकस्ड इक्विटी फण्ड एक बन्दमुखि योजना हो । योजनाको अवधि १० वर्षका रहेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १२ करोड इकाई निष्काशन गरेको हो । जसमध्ये १ करोड ८० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सनराइज बैंकलाई सुरक्षित राखिएको छ । बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक रुपमा बिक्री गरेको हो । उक्त फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । सनराइज फोकस्ड इक्विटी फण्डमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।