नेप्सेमा ९९ लाख कित्ता सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा (नेप्से) ९९ लाख कित्ता सेयर सूचीकृत भएको छ । मंगलबार हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद बापदको ९९ लाख कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत साउन २४ गतेदेखि भदौ १२ गतेसम्म चुक्तापुँजी ९९ करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो । हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।
एनआइएमबि एसले ल्यायो धनतेरस योजना, १ हजार इकाई उपहार पाउने
काठमाडौं । एनआइएमबि एस क्यापिटलले धनतेरसको अवसर पारेर ग्राहकहरूका लागि नयाँ अफर लिएर आएको छ । जसअन्तर्गत तीनजना भाग्यशाली विजेताहरूले १ हजार इकाई उपहारस्वरूप पाउनेछन् । यसका लागि ग्राहकहरूले एनआइएमबिबाट हितग्राही खाता खोली एसआईपी रजिस्ट्रेशन गर्नुपर्नेछ । कार्तिक १३ गते अर्थात धनतेरसका दिनमा मात्रै आफ्नो पहिलो किस्ता तिर्नुपर्नेछ । कार्तिक १३ गते राति ११:५९ बजेसम्म रजिस्ट्रेशन गरेकाेहरू मात्र लक्की ड्रमा पर्ने क्यापिटलले जनाएकाे छ । विजेताहरूको घोषणा कार्तिक १४ गते एनआइएमबि एस क्यापिटलको आधिकारिक फेसबुकमार्फत गरिनेछ । एनआइएमबि एस क्यापिटलले योजनाको व्यवस्थापक रही एनआइबिएल म्युचुअल फण्डअन्तर्गत विभिन्न योजना सार्वजनिक गर्दै आएको छ । हाल एनआइएमबि एस क्यापिटलले १० अर्ब रुपैयाँभन्दा बढी मूल्यांकन भएका पाँचवटा म्युचुअल फण्डहरूको व्यवस्थापन र लगानी व्यवस्थापन सेवाअन्तर्गत लगानीकर्ताको ६ अर्ब रुपैयाँभन्दा बढी रकमको लगानी व्यवस्थापन गर्दै आएको छ ।
पुँजी बजारमा छायो हरियाली, ६ अर्ब बढीको कारोबार
काठमाडौं । देशभर आन्दोलन भइरहेपनि लगानीकर्तामा भने त्यसको प्रभाव नपरेको मंगलबारको पुँजी बजारले देखाएको छ । आज पुँजी बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.७६ प्रतिशत अर्थात् ४६.६९ अंकले बढेर २ हजार ६९२.०५ अंक बिन्दुमा पुगेर बन्द भएको हो । आज दिनभरि ३१९ कम्पनीको सेयर खरिदबिक्री हुँदा २२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको सेयर मूल्य घटेको छ । आज यी कम्पनीहरूको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता सेयर ६८ हजार ६१४ पटक खरिदबिक्री हुँदा ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज विभिन्न ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमध्ये सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जीआईसी इन्स्योरेन्स, कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ भने कर्पाेरेट डेलपमेन्ट बैंकको सेयर मूल्य ९.९८ प्रतिशत बढेको छ । मंगलबार अधिकांश समूहमा हरियाली छाएको देखिन्छ । बैंकिङ समूह १.६० प्रतिशत, विकास बैंक समूह २.३२ प्रतिशत, फाइनान्स समूह ०.३८ प्रतिशत, होटल तथा पर्यटन समूह २.७७ प्रतिशत, जलविद्युत समूह २.०३ प्रतिशत, जीवन बीमा समूह १.८० प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.९७ प्रतिशत, लघुवित्त समूह १.५० प्रतिशत, म्युचुअल फण्ड समूह १.३३ प्रतिशत, निर्जीवन बीमा समूह ३.६० प्रतिशत, अन्य समूह १.५७ प्रतिशत र व्यापार समूह ०.३५ प्रतिशत बढेको नेप्सेले जनाएको छ । आज नेप्सेमा समृद्धि फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २४ करोड ७१ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यस्तै, पिपुल्स हाइड्रोपावरको १६ करोड ८० लाख रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड २२ लाख रुपैयाँ, जानकी फाइनान्सको १३ करोड ८५ लाख रुपैयाँ र साहस उर्जाको १२ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।