११ अंकले घट्यो सेयर बजार, ७ अर्ब बढीको कारोबार

<p>काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार‍ घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से ११.१० अंकले घटेर २६५४.३५ बिन्दुमा कायम भएको छ । आज ३१८ स्टकको ८४ हजार ७ पटक कारोबारमा एक करोड ५१ लाख ५ हजार ३३ सेयर खरिद-बिक्री हुँदा ७ अर्ब ८५ करोड बढी रुपैयाँ बराबरको कारोबार [&hellip;]</p>

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार‍ घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से ११.१० अंकले घटेर २६५४.३५ बिन्दुमा कायम भएको छ ।

आज ३१८ स्टकको ८४ हजार ७ पटक कारोबारमा एक करोड ५१ लाख ५ हजार ३३ सेयर खरिद-बिक्री हुँदा ७ अर्ब ८५ करोड बढी रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५० वटाको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये विकास बैङ्कमा हरियाली छाउँदा निर्माण कम्पनीहरू सामान्य बढेका छन् भने अन्य उपसमूह राताम्मे छन् ।

कारोबार रकमको आधारमा सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक ३० करोड ७९ लाख बढी रुपैयाँको कारोबार भएको छ ।

दोस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चरको २१ करोड ३८ लाख, मार्दी हाइड्रोपावरको १९ करोड ५५ लाख, सिन्धु विकास बैंकको १७ करोड १६ लाख र हिमालयन रिइन्स्योरेन्सकाे १६ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएकाे छ ।

Share News