नेपाल फाइनान्स लिमिटेडको ३२औं साधारण सभा सम्पन्न

<p>काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको ३२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा मंगलबार ललितपुरमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक वित्तीय विवरणहरू पारित गर्नुको साथै आव २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने निर्णय पारित गरेको छ । सभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा योगराज [&hellip;]</p>

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको ३२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीको साधारणसभा मंगलबार ललितपुरमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक वित्तीय विवरणहरू पारित गर्नुको साथै आव २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने निर्णय पारित गरेको छ ।

सभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा योगराज कँडेल शर्मा निर्विरोध निर्वाचित गरेको छ ।

यसैगरी, सभाले अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने/गाभिने एवम् प्राप्ति गर्ने कार्यको लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरेको छ ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानको सभापतित्वमा सभा सम्पन्न भएको हो ।

सभाले आगामी दिनहरूमा खराब कर्जा नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र ल्याउन र नपुग भएको चुक्ता पुँजी पुर्‍याउने गरी कार्य गर्ने जनाएकाे छ ।

साथै सेयरधनीहरूले उठान गरेका जिज्ञासाहरूको समाधान संस्थाका अध्यक्ष एवम् सभाका सभापति प्रधानले गरेका थिए ।

निजी क्षेत्रको लगानीबाट पहिलो फाइनान्स कम्पनीको रूपमा नेपाल फाइनान्स लिमिटेड २०४९ सालमा स्थापना भएको थियो ।

संस्थाका हाल देशका विभिन्न स्थानमा रहेका १२ वटा शाखा कार्यालय र काठमाडौंको कालीमाटीमा रहेका एक्सेन्टेन्सन काउण्टरमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

 

Share News