‘तीजको दरले पेट गडबडी गर्ला बरी लै’, दर खादा स्वाथ्यको ख्याल गर्नुपर्ने

काठमाडौं १८, भदौ । तीजको रमाइलो आयो बरी लै’ जस्ता गीत बज्न थालेको निकै दिन भयो । यसले हिन्दू नारीहरूको महान् चाड तीज नजिकिँदैछ भन्ने सन्देश दिन्छ । टेलिभिजन, रेडियो, युट्युबमा तीजका गीत बजिरहेका छन् । हिन्दू धर्म, संस्कृतिमध्ये नारीहरूको महान पर्व तीजको दर खाने दिन शनिबार परेको छ । प्रत्येक वर्षको भाद्र शुक्ल द्वितीयाका दिन दर खाने र तृतीयाका दिन निराहार बसेर शिवको पूजा गरिन्छ । धार्मिक रूपमा तीज पर्व महिलाले पुरुषप्रति गरेको त्याग र समर्पणको जीवन्त कथा हो । पार्वतीले आफ्ना पति रोज्ने अधिकार स्थापित भएको पर्व तीज हो । महिला अधिकारको गरिमामय चाडका रूपमा रहेको यो पर्व मनाउने क्रममा पछिल्ला वर्षमा केही विकृति भित्रिएका छन् । बढ्दो तामझाम र सहरीया जीवनशैलीमा आएको परिवर्तनले चेलीलाई घरमा बोलाएर मीठोमसिनो खुवाउने चलन अब होटल, क्याटरिङ र रेस्टुरातिर सरेको छ । विभिन्न पारिवारिक समूह, सङ्घ, संस्था, टोलछिमेक र पार्टीहरूले चेलीबेटीलाई दर खुवाउन यस्तै ठाउँमा बोलाउने गरेका छन् । धेरै दिनसम्म दरको नाममा भोज खाने गर्नाले अस्पतालमा पेटका रोगीको सङ्ख्या बढेको पाइएको छ । तीजको रमाइला गीतमा एउटा गीत थप्नुपर्ने भएको छ । त्यो हो– ‘तीजको दरले पेट गडबडी गर्ला बरी लै’। तीज आउनु निकै अघिदेखि दर खान थालेका महिलालाई परम्पराका गीतका सट्टा चेतनामूलक यस्तै गीत गाउनु सुनाउनुपर्ने अवस्था आएको छ । तीज आउनु महिना दिनअगावैदेखि दर खाएर पेट दुखाएका महिलाले केही दिनयता आयुर्वेद औषधालय धाउन थालेका छन् । गोरखापत्र दैनिकबाट ।

कतार एयरवेजको ट्राभल फेस्टिवल शुरु हुँदै

काठमाडौं, १७ भदौ । कतार एयरवेजको ट्राभल फेस्टिभल पुन आयोजना भएको छ । फेस्टिवल अगस्ट २९ देखि सेप्टम्बर ५ सम्म आयोजना हुन लागेको हो । फेस्टिभल अन्तर्गत विश्वभरका यात्रीहरुलाई रोमाञ्चक स्थानमा पुगी रमाइलो गर्ने अवसर प्रदान गरिनेछ । साथै, आकर्षक उपहारहरु जित्ने अवसर समेत प्रदान गरिने आयोजकले जानकारी दिएका छन् । सो फेस्टिवल अन्तर्गत १ टिकटको शुल्कमा २ जनालाई घुम्ने अवसर रहेको आयोजकले जनाएका छन् । साथै ४० प्रतिशत सम्मको छुट, “बुक मोर एण्ड सेभ मोर” लगायतका सुविधा सो समयसम्मको यात्रामा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । फेस्टिवल अन्तर्गत होटलका लागि विशेष डिल तथा कार रेण्टल लगायतमा समेत छुटको ब्यवस्था छ । साथै कतार एयरवेज प्रिभ्लेज क्लब मेम्बरहरुले ट्राभल फेस्टिवलका दौरान बुकिङ्स गर्दा ट्रिपल क्यूमाइल्स समेत प्राप्त गर्ने जानकारी दिइएको छ । ट्राभल फेस्टिवल अन्तर्गत छुटका साथै आठ दिनको यो कार्यक्रमका दौरान यात्रीहरुले विशेष उपहारहरु समेत जित्न सक्ने बताइएको छ । फेस्टिबल अवधिभर ६ सय भन्दा बढीको सङ्ख्यामा उपहार बाँडिने छन् । उपहार अन्तर्गत कतार एयरवेज र वानवल्र्डको सहकार्यमा एक जोडीका लागि “एराउण्ड दि वल्र्ड” एयर ट्राभल टिकेट्स प्रदान गरिने आयोजकले जनाएका छन् । त्यसैगरी, कतार एयरवेजद्वारा प्रायोजित एफसी बार्सिलोना म्याचहरुका लागि एक जोडीका लागि टिकट जित्ने अवसरका साथै साइन्ड फुटबल जर्सीहरु समेत प्रदान गरिने छन् । यात्रीहरुलाई विश्वकै सर्वोत्कृष्ट बिजनेश क्लास सेवाको अनुभव लिने अवसरका लागि मानार्थ अपग्रेड्सपनि प्रदान गरिने जानकारी दिइएको छ । आयोजकका अनुुसार उपहार योजना अन्तर्गत एयरलाइन्सको ग्लोबल सञ्जाल भित्र निःशुल्क ईकोनोमी क्लास फ्लाइट, ५ ओटा कतार एयरवेज होलिडे प्याकेजेज्, कतार ड्यूटी फ्रिमा उपयोग गर्न सपिङ्ग भाउचर लगायतको ब्यवस्था रहको छ ।

पर्यटक सवारीले नेपाली बोक्न नपाउने व्यवस्था हुँदै, व्यवसायीको विरोध

काठमाडौं १७, भदौं । सरकारले हरियो नम्बर प्लेटका सवारी साधनले नेपाली यात्रु बोक्ने नपाउने व्यवस्था गर्न लागेको छ । सरकारको यस्तो व्यवस्थाप्रति पर्यटक यातायाता व्यवसायीले भने विरोध गरेका छन् । नेपाल पर्यटक वस व्यवसायी संघका अध्यक्ष श्रीकान्त आचार्यले सरकारले व्यवसायीको स सहकार्य र सहमतिमा यातायात नियमावली ल्याउनुपर्ने बताएका छन् । संघले विज्ञप्ती जारी गरेरै सरकारको यस्तो तयारीको विरोध गरेको हो । सरकारले भने ्चालकको लापरबाहीका कारण दुर्घटनाढेको बहानामा पर्यटक सवारीलाई पनि कडाइ गर्ने तयारी थालेको छ । सवारी दुर्घटना बढेका कारण दैनिकजसो दुर्घटना हुने र सर्वसाधारण यात्रुले ज्यान गुमाउने क्रम पछिल्लो समय बढेको छ । दुर्घटना न्यूनीकरण गर्न र चालक तथा सवारी साधानलाई व्यवस्थित गर्न पनि सरकराले यातायता नियमावलीमा कडा प्रावधान राख्न खोजेको उल्लेख छ । सरकारले यात्रुको ज्यान जानेगरी सवारी चलाउने चालकको लाइसेन्स सधैका लागि खारेजी तथा सवारी दर्ता निलम्बनसम्मको कडा व्व्यवस्था राखेर यातायात नियमावली ल्याउने तयारी भएको छ । सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन हुँदै, पर्यटक सवारी पनि मारमा पर्ने  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी दुर्घटना न्यूनीकरणका लागि यस्तो व्यवस्था ल्याउन लागेको बताउँदै मन्त्री रमेश लेखकले सवारी तथा यातायात व्यवस्था नियमावली संशोधनको निर्णयसहित सहमतिका लागि कानुन मन्त्रालय समक्ष पठाइएको बताएका छन् । यसैको मारमा यता हरियो प्लेटका सवारीसाधन पनि पर्ने भएका छन् । कानुन मन्त्रालयमा पठाइएको सवारी तथा यातायात व्यवस्था नियमावलीमा पर्यटक बसले गैरपर्यटक व्यक्ति बोक्न नपाउने र बोकेमा ६ महिनासम्म चालकको लाइसेन्स रद्द गर्ने जनाएको छ । त्यस्तै, अटेर गरि सवारी चलाएमा चालक सहित सवारी सञ्चालक समेत कारबाहीको कठघरामा पर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसको लागि सवारी दर्ता निलम्बन गर्नेसम्मको व्यवस्था नियमावलीमा गरेको मन्त्री लेखकले जानकारी गराए । रातो प्लेटका सवारीसाधनले पनि भाडामा मान्छे बोक्न नपाउने भएको छ । निजी सवारीसाधनले भाडामा मान्छे बोकेमा सवारी दर्ता निलम्बन गर्ने प्रस्तावमा उल्लेख छ । यसैगरि, मालवाहक सवारीसाधनले यात्रु बोकेमा वा यात्रुवाहक सवारीले सामान बोकेमा चालक अनुमतिपत्र ६ महिना निलम्बन हुनेछ । यस्ता सवारीको रुट परमिट खारेज गर्ने पनि नियमावलीमा प्रस्ताव गरिएको छ । सरकारले ल्याउन लागेको यस्तो नियमावलीको पर्यटन व्यवसायीहरुले भने विरोध गरेका छन् । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए)का अध्यक्ष साङ्गे लामाले आन्तरिक पर्यटन प्रवर्द्र्धन अभियान चालिरहँदा सरकारले यस्तो नियम ल्याउनु बिल्कुल गलत भएको बताए । उनले सरकारले नै घुमफिर वर्ष मनाउने घोषणा गर्नु र आन्तरिक पर्यटकलाई बढावा दिन विभिन्न कार्यक्रम चलाउनु तर यता आन्तरिक पर्यटक बोक्न भने नपाउनु अन्याय भएको बताए । उनले पर्यटक र गैरपर्यटकको बहानामा कुनै पनि हालतमा हरियो प्लेट माथिको बन्देज स्वीकार्य नहुने बताए । सबै खालका पर्यटक बोक्न पाउनुपर्ने माग पर्यटक व्यवसायीको छ । व्यवसायीसँगको मागका विषयमा व्यापक अन्तरक्रिया र छलफल हुनुपर्ने माग व्यवसायीको छ ।