गोमा एयरले भित्र्यायो थप दुई जहाज, गोमाका जहाजको संख्या ६ पुग्यो

काठमाडौं । निजी क्षेत्रको आन्तरि उडानको वायुसेवा कम्पनी गोमा एयरले थप दुईवटा मल्टिइन्जिनका जहाज भित्र्याएको छ । गोमा एयरले आइतबार चेक गणराज्य, यूरोपमा बनेको लेटको ४१० नामक विमान ल्याएको हो । यो वाुसेवाले काठमाडौं ाट पुर्वी नेपाल लगायतका गन्तब्यहरुमा उडान गर्न जहाज थप गरेको जानकारी दिएको छ । २०६७ सालमा स्थापना भएको यो वायुसेवाल दुईवटा सिंग्गल इन्जिनका सेस्ना ग्राण्ड क्याराभान नामक जहाजबाट सुदुरपश्चिम र कर्णाली क्षेत्रमा सेवा सन्चालन शुरु गरेको थियो । यस कम्पनीले २०७० मा नेपालको दुर्गम र पर्यटकीय गन्तब्यहरुमा सेवा बिस्तार गर्ने उद्देश्यले दुर्गम विमानस्थलहरुका र पर्यटन व्यवसायीहरुको मागलाई मध्यनजर गर्दै कम्पनिले दुई लेटकै जहाज ल्याएको गाेमा एयरले अाइतबार जारी गरेकाे एक प्रेस  विग्यप्तीमा उल्लेख छ । यि दुवै जहाज नेपाली चालकदल र इन्जिनियरिङ्ग दलले रुसवाट मंगोलिया, चीन, भियतनाम, बंगलादेश हुदै नेपाल ल्याएका हुन । यि दुइ जहाजहरुको थप वाट गोमा एयर संग दुई वटा सिंग्गल इन्जिन, ४ वटा लेटका जहाज भएका छन् । छोटो धावन मार्ग प्रयोग गर्ने यि ६ वटै विमानहरुले काठमाडौं, पोखरा, र नेपालगन्जबाट नेपाली दुर्गम क्षेत्र र पर्यटकीय गन्तव्यहरुमा सेवा गर्ने योजना कम्पनीले वनाएको छ । सेवा विस्तार संग चाहिने पुर्वाधारहरुको व्यवस्था कम्पनिले विमानहरु आउनु अगावै तयारी गरिसकेको छ ।

स्वास्थ्यमन्त्रीले सात अंग दान गर्ने, मुटु, कलेजो, फोक्सो, प्यान्क्रियाज दान गर्न मञ्जुरी

भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले मृत्युपश्चात् मुटु, फोक्सो, कलेजो, प्यान्क्रियाज, मिर्गौलालगायत दान गर्ने मञ्जुरी दिएका हुन् । स्वास्थ्य सेवा दिवसको अवसरमा आइतबार मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले स्वास्थ्य मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले मृत्युपश्चात् अंग दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन् । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार स्वास्थ्यमन्त्री थापा मुटु, कलेजो, फोक्सो, प्यान्क्रियाज दान गर्न मञ्जुरी दिने प्रथम नेपालीसमेत बन्न सफल भएका छन् । मिर्गौला दान गर्न मञ्जुरी दिने प्रथम नेपाली भने वरिष्ठ प्रत्यारोपणविद् डा। श्रेष्ठ आफैं हुन् । उक्त कार्यक्रममा ६० जनाले मृत्युपश्चात् मुटु, कलेजो, फोक्सो, मिर्गौला र प्यान्क्रियाज दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेको केन्द्रले जनाएको छ । त्यस्तै, स्वास्थ्य सेवा दिवसकै अवसरमा आयोजित निःशुल्क मिर्गौला जाँच शिविरमा दुई सय २२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।जसमा दुई सय २२ जनाकै पिसाब जाँच, एक सय ७५ जनाको रगत जाँच र ४० जनाको अल्ट्रासाउन्ड गरिएको थियो । उक्त शिविरमा २१ जनामा मिर्गौलाको रोग लागेको पाइएको केन्द्रका कार्यकारी निर्देशक डा। श्रेष्ठले जानकारी दिए । अन्नपूर्ण पोस्टबाट ।

किंग्स् कलेजले ‘हाम्रो उत्सव’को आयोजना गर्ने, फाल्गुन १७ गतेदेखि शुरु

काठमाडौं । किंग्स कलेजले श्रृजना, प्रतिस्पर्धा रमनोरञ्जन विषय बस्तुअन्तर्गत यहि फाल्गुन १७ देखि १८ गतेसम्म काठमाडौं कमलादीस्थित एकेडेमी हलमा ‘हाम्रो उत्सव’को आयोजना गर्न लागेको छ । गत वर्षको किंग्स् उत्सवको अपार सफलतापछि कलेजले यस कार्यक्रमलाई आफ्नो वार्षिक फ्ल्यागसिप कार्यक्रममको रुपमा स्थापना गर्ने उदेश्यका साथ हाम्रो उत्सवको नाममा आयोजना गर्न लागेको हो । किंग्स् कलेजको प्रमख दृष्टिकोण तीनवटा ईः यजुकेशन(शिक्षा), आन्टरप्रेनरशिप (उद्यमशिलता) र इन्टरटेनमेण्ट (मनोरञ्जन) माथि प्रमुखजोड दिइएको यस उत्सव स्नातकोत्तर र स्नातक तहका विद्यार्थीहरुकालागि नेपालको सबैभन्दा बृहत कार्यक्रम हुने अपेक्षा लिइएको छ । साथै, यस सातदिने वार्षिक कार्यक्रमले विद्यार्थीहरुलाई उनीहरुको ज्ञान, शिप, अनभव र प्रतिभाको प्रस्फुटन गराउन अत्यावशेक मञ्च प्रदान गर्नेछ । विभिन्न क्रियाकलाप तथा प्रतिस्पर्धाहरुको सँगालो यस उत्सवले विद्यार्थीहरुलाई उनीहरुको उद्यमशिलता क्षमताको प्रदर्शन गर्न, लुकेर बसेको श्रृजनशिलताको उद्घाटन गर्न र मनोरञ्जन र उत्साहको क्षण प्रदान गर्न सहयोग गर्नेछ । “गतवर्ष किंग्स् उत्वसको नाममाअन्तर विजनेश स्कुलप्रति स्पर्धाको रुपमा सुरु भएको यस कार्यक्रम हाम्रो उत्सवको रुपमा परिबर्तीत र बिस्तारित भइ नेपाल भरीको विद्यार्थीहरुकामाझ एक बृहत प्रतिस्पर्धाको रुपमा स्थापित हुन लागेको छ,”कलेजका कार्यकारी निर्देशकएवं प्रिन्सिपल नरोत्तम अर्यालले भने, “हामीले आफ्नो स्वरुप र क्षमताको प्रबद्र्धनद्धारा धेरै भन्दा धेरै विद्यार्थी एवं सरोकारवालाहरु सम्म पहुँच राखि हरेक पटक आफुलाई सुधार गर्दै विद्यार्थीहरुको विविधताको सम्मानमा पृकथ रुपमा प्रस्तुत हुने उदेश्य राखेका छौँ ।” “हाम्रो उत्सव जस्तो कार्यक्रमले प्रतिभाशाली विद्यार्थीलाई एकै थलोमा जमघट गराइ उनीहरुको ज्ञान र बझाइ बृद्धि गर्न र विभिन्न स्वरुपको प्रतिस्पर्धाहरुद्धारा उनीहरुमा अनेक किसिमका शैक्षिक तथा उद्यमशिलता सम्बन्धि समस्याहरुको समाधान गर्नमा नेतृत्वदायी भूमिकाको प्रबद्र्धन गर्न उपयुक्त माध्यम प्रदान गर्ने हामीले विश्वास लिएका छौँ । हामीले जोडदिने गरेको कक्षा कोठा बाहिरको शिकाइ बास्तवमा यहि नै हो ।” किंग्स् कलेजका विद्यार्थीहरुको क्लबले ब्यवस्थापन गर्ने यस उत्सवले नेपालभरीका १७ वटा कलेजहरुका विभिन्न संकायहरुको जस्तै विज्ञान, कला, मानविकी, ब्यवस्थापन, फेसन लगायत ५०० भन्दा बढी विद्यार्थीहरुलाई एकै थलोमा ल्याउने अपेक्षा लिइएको छ ।