सनराइज बैंकको नयाँ शाखा सुर्खेतको विरेन्द्रनगरमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिकामा नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन् जेठ गते आइतबारका दिन एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक, नेपालगञ्ज कार्यालयका निर्देशक गुरूप्रसाद पौडेल र सुर्खेत उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रकाश अधिकारीले संयुक्त रुपमा गरेका छन् । बैंकले साबिकको नारायणी नेशनल फाइनान्स लि.लाई प्राप्ती गर्दा धनगढीमा दोहरिएको शाखाको कारोबार एउटा शाखामा एकीकृत गरी अर्को शाखालाई विरेन्द्रनगरमा स्थानान्तरण गरिएको हो । यस शाखाको स्थानान्तरणबाट बैंकले आफ्ना समस्त ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पुर्याउन सक्षम हुुुुनेमा विश्वास लिएको छ । उक्त शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको छ ।

नयाँ बाटो पछ्याउँदै वायुसेवा निगम, सोमबारभित्र ऋणसम्झौता गर्ने र शुक्रबार पहिलो किस्ता पठाउदैँ

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दुई वटा लामो दुरीको गन्तव्यमा उडान गर्न सक्ने क्षमतको जहाज वाइडवडि खरिद गर्न आगामी सोमबार भित्र ऋण सम्झौता गर्ने भएको छ । निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अुनसार सबै प्रक्रिया अगाडि बढिसकेको छ । आन्तरिक गृहकार्य पनि भइसकेकोले औपचारिक रुपमा सम्झौता गर्न र रकम निकासा गर्न मात्रै बाँकी रहेको छ । उनका अनुसार कर्मचारी संचारकोष र नागरिक लगानीकोष दुबै संस्थाबाट निगमले आधाआधा ऋण लिने भएको छ । यो ऋण लिएर निगमले अगामी शुक्रबार भित्रै जहाज विक्रेता अमेरिकी कम्पनी एएआरालाई पहिलो किस्तावपत ८ अर्ब रुपैयाँ पठाउने भएको छ । निगमले दुईवटा ठूला वाइडबडी खरिद गर्न एएआर कर्पोरेशनलाई पहिलो किस्तावपतको ८ करोड अमेरिकी डलर (८ अर्ब रुपैयाँ) पठाउँन यस अघि गरेको गृहकार्य अनुसार ऋण सम्झौतामा भएको ढिलाइकै कारण एक साताको समय थप गरेको थियो । निगमका अनुसार हाललाई दुईवटा वाइडवडिमध्ये एउटाको चार अर्ब र अर्कोको चार अर्ब गरी आठ अर्ब रुपैयाँ पठाउन लागिएको हो । निगमले गत विहिबार नै रकम पठाइसक्नुपर्ने भएपनि आन्तरिक कारण एकसाता सयम थप गरेर अगामी शुक्रबारसम्मको समय तय गरेको हो । निगमले २१ अर्ब ५८ करोडमा २ वटा नयाँ वाइडवडी खरिद गर्दै छ । यसका लागि १० करोड रुपैयाँ बैना पठाइसकेको छ । बाँकी रकम पहिलो किस्ताको पैसा बुझाएपछि जहाज आउने सुनिश्चितता हुन्छ । त्यसपछि बाँकी रकम जहाज दिने बेलामा दिएपनि हुने श्रेष्ठको भनाइ छ ।निगमले यो जहाज किन्न गत चैत २५ गते गरेको सम्झौता अनुसार अबको एक वर्षमा नयाँ वाइडवडि जहाज पाउने भएको छ । २०७५ को नयाँ वर्षमा नयाँ जहाजबाट नयाँ गन्तव्यमा उडान हुने २८० सिट क्षमतासम्मको यो जहाज आएपछि निगमले दशकौदेखि उडान रद्द गरेका गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ । निगमले आगामी वर्षको वैशाखदेखि अर्थात विसं २०७५ को नयाँ वर्षबाट दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, साउदी अरेवीया लगायतका गन्तव्यमा उडान गर्ने योजना भएको छ । यसका लागि निगमले उडान गन्तव्यहरू तय गर्ने कार्यसमेत सुरु भैसकेको वायुसेवा निगमका प्रवक्ता तथा कर्पोरेट निर्देशक श्रेष्ठले बताए । निगमले वार्षिक ९ प्रतिशतका दरले व्याजमा २५ अर्ब रुपैयाँ लिने सम्झौता गर्न लागेको हो । श्रेष्ठका अनुसार आइतबार र सोमबार भित्रै सम्झौता हुने छ । त्यसपछि निगमले पहिलो किस्ताको रकम पठाइहाल्ने पनि उल्लेख छ । निगमले दुई वाइड बडी जहाज २० करोड ९६ मिलियन अमेरिकी डलर २०१६ को आधार मूल्यमा खरिद गर्दैछ । यो मुल्य अनुसार करिब साढे २१ अर्ब रुपैया मात्रै हुन्छ । यसका लागि निगमले निगमले पहिलो किस्ताबापत करिव ३५ प्रतिशत रकम पठाउने लागिएको पनि उल्लेख छ । अमेरिकी कम्पनीले १० कम्पनीलाई पछि पार्दै निगमले गरेको ग्लोबल टेन्डर जितेको थियो । ८ अर्ब पठाएपछि जहाज आउनेमा ढुक्क निगम र एएआरबीचको सम्झौता अनुसार निगमलाई दुवै जहाज सन् २०१८ को दोश्रो त्रैमासिकमा हस्तान्तरण गर्ने उल्लेख छ । निगमका अनुसार पहिलो चरणको रकम यही जेठ १० गतेभित्रै पठाउनुपर्ने भएपनि एएआरको सहमतिमा केही दिन लम्बिन सक्ने भएको छ । दुई जहाज थपिएपछि निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि ५ वटा जहाज हुनेछन् । हाल एक बोइङ ७५७–२०० र दुई एयरबस ३२०–२०० सिरिजका न्यारो बडी जहाजमार्फत ८ गन्तव्यमा उडान भरिरहेको छ । अवको प्रतिस्पर्धा हवाई भाडामा निगमले वाइडवडी विमान लगाएपछि हवाई भाडामा प्रतिस्पर्धा हुने देखिएको छ । यो वायुसेवाले अन्य वायुसेवाको तुलनामा सस्तो सेवा दिने भएकोले पनि अन्य वायुसेवालाई पनि भाडा घटाउन दबाब पर्ने भएकोले हवाई भाडा सस्तो हुने उल्लेख छ । श्रेष्ठका अनुसार नेपाल सरकारले पर्यटन प्रवद्र्धनमा विशेष अभिरुची राख्दै निगमलाई विमान निगमसँग आन्तरिक उडानको जहाज बढेपछि सुगम गन्तव्यको भाडा पनि सस्तो भएको छ । अन्तर्राष्ट्रिय उडानका पनि निगमको भाडादरलाई आधार मानेर अन्य वायुसेवाले उडान तय गर्ने गर्छन् । निगकै भाडादरलाई आधार बनाएर निजीले पनि तय गर्ने भएकाले भाडार घटाउनमा प्रतिस्धर्पा हुने बुझाई निगमको छ । निगमको प्रतिस्पर्धा हिमालयसँग निगमले उडान सुरु गरेको करिब ६ दशकपछि निगमसँग प्रतिस्पर्धी वायुसेवाको रुपमा हिमालयन एयरलाइन्स आएको छ । यो वायुसेवाले ३ वटा एयरवसकै जहाजबाट उडान सुरु गरिसकेको छ । निगमले वाइडवडि ल्याउने भएपछि यो वायुसेवाले पनि निगमसँग प्रतिस्पर्धा गर्न वाइडवडि नै ल्याउने भएको छ । निगमका अनुसार हामी सरकारी वायुसेवा कम्पनी भएकोले आफ्नै गतिमा सेवा विस्तार गर्छौ । सरकारी वायुसेवा भएकोल वर्षोदेखि सरकारकै योजनामा चल्ने गरेको छ । सरकारले धेरैवटा जहाज, धेरै गन्तव्यमा प्रतिस्पर्धी सेवा दिन सक्नुपर्छ । निगम एक्लैले अहिले पनि विभिन्न २८ वटा अन्तार्राष्ट्रिय वायुसेवासँग प्रतिस्पर्धा गर्नुपर्छ । निगमका अनुसार दीर्घकालिन भिजन र मिसन विना नै विदेशी वायुसेवासँग प्रतिस्पर्धामा गएर यसले आफ्नो छवि बचाइराख्नु नै अहिलेसम्मको उपलव्ध मान्नुपर्छ । ७ प्रतिशतको बजार हिस्सा एकैपटक १७ प्रतिशत पुग्ने नयाँ जहाज आएपछि आगामी एक वर्षपछि निगमको बजार हिस्सा पनि १७ प्रतिशत पुग्ने भएको छ । निगमको अहिलेको बजार हिस्सा जम्मा ७ प्रतिशतमा मात्रै सिमित रहेको छ । २ वटा जहाज थप गर्नेवित्तिकै निगमले १७ प्रतिशतको बजार हिस्सा ओगट्न सक्नु भनेको निकै ठूलो उपलब्धी भएको पनि उल्लेख छ । निगमले एयरवसको दुईवटा न्यारोबाडि जहाज ल्याएपछि नै अहिले निगम अन्तर्राष्ट्रिय उडानका सबैभन्दा धेरै यात्रु बोक्ने वायुसेवाको रुपमा अग्र पंक्तिमा आइसकेको छ । वाइडवडी जहाज ल्याएर नेपालमा उडान गरिरहेका अरु वायुसेवासँग पनि प्रतिस्पर्धा गर्न निगम तयारी अवस्थामा उभिएको छ । यो जहाज आएपनि निगमको चार दशक अगाडिकै शाख फर्कने आधार तय हुन सक्ने पनि उल्लेख छ ।

शिक्षण पेशामा नयाँलाई अवसर आउँने, त्रिविमा १४२० दरबन्दी थपिदैँ

काठमाडौं । त्रिभुवन विश्विद्यालयले सञ्चालन गरेको विशेष कार्यक्रमलाई नियमित बनाउन आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी १ हजार ४ सय २० नयँ दरबन्दी थप्ने भएको छ । विश्वविद्यालय कार्यकारी परिषद् बैठकले विश्वविद्यालयमा थपिएका नयाँ कार्यक्रमका लागि शिक्षक व्यवस्थापन गर्न दरबन्दी थप गर्ने निर्णय गरेको छ । परिषद्का सदस्य ताराप्रसाद सापकोटाले विश्वविद्यालयले दरबन्दी थप्ने निर्णयलाई स्वीकृतिका लागि विश्वविद्यालय अनुदान आयोगमा पठाएको बताए । विश्वविद्यालय अन्तर्गतका अंशिक कलेजमा अहिले आंशिक शिक्षकको भरमा नै नयाँ शैक्षिक कार्यक्रम सञ्चालन भएको छ । त्रिविमा सञ्चलन भएका १ हजार शैक्षिक कार्यक्रममध्ये ३ सयको हाराहारीमा नयाँ कार्यक्रम छन् । आंशिक प्राध्यापकको विरोध करारमा नियक्तिको माग राखि आन्दोलनरत आंशिक प्राध्यापककको शुक्रबार मुखमा कालोपछी बाँधी प्रधानमन्त्री निवास वालुवाटारमा धर्ना दिएका छन । नेपाल आंशिक प्राध्यापक संघको् नेतृत्वमा नयाँ भर्ना कार्यक्रम आयोजना भएको हो । नागरिक दैनिकबाट ।