अब विश्वकै उत्कृष्ट ट्रेकिङ ब्राण्ड नेपालमै, १७ सय किमिकाे ट्रेल प्रवर्द्धन जिम्मा पर्यटन बोर्डलाइ
काठमाडौं । विश्वकै लामो पदयात्रा मार्ग द ग्रेट हिमालयन ट्रेकिङ (जीएचटी)को प्रवद्र्धन जिम्मा अब नेपाल पर्यटन बोर्ड मातहत आएको छ । सन् २००९ बाट बजारिकण गर्न सुरु गरेको नेदरल्याण्ड विकास संस्था (एसएनभी)ले सन् २०१३ देखि यसको प्रवद्र्धन गर्न छाड्यो । त्यसपछि यो संस्थाले सामथ्र्यबाट केही प्रवद्र्धन प्रयास गरेको भएपनि त्यति प्रभावकारी भएन । यो प्रोक्टलाई नेपाल सरकारले आर्थिक वर्ष २०७१/७२ मा ५ करोड र २०७२/७३ मा १० करोड खर्च गर्ने गरी प्रर्वद्र्धनको जिम्मा लिएको थियो । अहिले यो योजना नेपालको पर्यटकीय ब्राण्ड हुनसक्ने भएपनि अलपत्र पर्ने भएपनि बोर्ड मातहत सञ्चालन गरिने भएको छ । बोर्डले एक महिना अगाडिबाट नै औपचारिक सम्झौता गरेर यो प्रोजेक्टको प्रवद्र्धन जिम्मा लिने निर्णय गरेको हो । अहिले बोर्ड मातहत आएको यो योजनका लागि २ जना कर्मचारीसमेत खटिइरहका छन् । बोर्डले यसलाई ब्राडिङ गर्ने, प्रवद्र्धन गर्ने र नेपालको यो पदयात्रा मार्गलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने रणनीति बनाइसकेको पर्यटन बोर्डका एक प्रवन्धकले जानकारी दिए । विश्वकै उत्कृष्ट पदयात्रा ब्राण्ड बनाइने बोर्डले यो योजनालाई अगाडि बढाउन र आवश्यक प्रवद्धनात्मक कामको जिम्मा दिन खड्गविक्रम शाहलाई फोकल पर्सनको जिम्मा पनि दिएको छ । शाहका अनुसार बोर्डले अहिले यसको प्रवद्र्धनका लागि बजेट बनाउने, पदयात्रा मार्गको ब्राण्ड बनाउने, यसका विभिन्न चरणमा रहेको ट्रल अडिट गर्ने र नेपालको उत्कष्ट पर्यटकीय प्रडक्टको रुपमा बेच्ने गरी योजना बनाइरहेको छ । बोर्डका अनुसार २ वर्ष सरकारले सञ्चालन गरेको यो योजनालाई उसै छोड्न हुँददैन भनेर प्रवद्र्धनको जिम्मा लिएको हो । यसमा सरकार तथा दातृ निकायको करोडौं खर्च भइसहेको छ । अब यो पदयात्रा रुटमा पर्यटकीय पूर्वाधार बनाउने, हरेक खण्डको प्रवद्र्धन अलग अलग र एउटै प्याकेजमा पूर्ण प्याकेज विक्री गर्ने गरी योजना बनाइरहेको पनि बोर्डले जानकारी दिएको छ । सरकारले २ वर्षअघिसम्म पदयात्रा पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिदाँ पहिलो नम्बरमा यसलैलाई राखेको थियो । यो पदयात्रा मार्गले नेपालको पहिचान बढाउने र पर्यटन व्यवसायीले पनि प्राथमिकतामा राख्न गरेको आग्रहलाईसम्बोधन गरेकोले नै बोर्डमार्फत अब संचालित हुने उल्लेख छ । सन् २०१३ को अन्तिमदेखि जीएचटीले यो पदयात्रा मार्गको प्रवद्र्धन गर्न छाडेको छ । यसलाई पर्यटकीय प्याकेज बनाएर अगाडि बढ्न पूर्वाधार निर्माणका लागि सरकारले आफ्नै ढंगले काम त गर्यो तर प्रभावकारी भएन । त्यसैले अब सबै काम बोर्डले गर्छ । विभिन्न १६ हिमाली जिल्ला छोएको सो ट्रेकिङ ट्रेललाई १० खण्डमार्फत प्रवद्र्धन भएको थियो । ‘कुनै पनि पर्यटकलाई जीएचटीको प्रवेश विन्दू पूर्वदेखि पश्चिमसम्म पुग्न एउटै प्रवेश शुल्क हुनुपर्ने प्रस्ताव पर्यटन व्यवसासीले अगाडि सारेको छन् । राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र, गृह मन्त्रालयले तोकेको निशेधित क्षेत्रलगायतको स्थानसहित एक पर्यटकले करीब ४३ स्थानमा झण्डै ४ हजार डलरभन्दा बढीको शुल्क तिर्नुपर्ने व्यवस्था छ । यो व्ववस्थालाई संसोधन गर्दै एकद्वार नीतिमार्फत निश्चित शुल्क मार्फत प्याकेज बनाउन मन्त्रालयसमक्ष यस अघि नै ट्रेकिङ व्यवसायीको संस्था टानले सुझाव दिएको थियो । यसलाई एकद्वार नीतिमार्फत लागू गरी उपयुक्त शुल्क तय गरेको अवस्थामा पर्यटक आर्षण गर्ने थप सहज हुने ट्रेकिङ व्यवसायीको भनाइ छ । कहिले बाट सुरु भयो जीएचटी ग्रेट हिमालय ट्रेल नेपालमा सन् १९९० बाट नै शुरु भएको थियो । बजार रणनीति र प्रवद्र्धनको उपयुक्त योजना नहुँदा यसको प्रचार नै भएको थिएन् । एसएनभीले दुई वर्ष यसको प्रवद्र्धन गरेपछि यो पदयात्रा मार्गको प्रवद्र्धनमा सहयोग पुगेको हो । यो पदयात्रा मार्गको हुम्ला र डोल्पाबाट सन् २००९ मा प्रवद्र्धनका गुरू योजनाबाट प्रवद्र्धन शुरु गरेको हो । यसलाई बजार रणनीतिका साथ सार्वजनिक गर्ने काम भने सन् २०११ बाट मात्र भएको थियो । १७ सय किलोमिटरको यो पदयात्रामार्ग १ सय २० दिनदेखि १ सय ५० दिनसम्मको यस पत्रयात्रालाई गर्न सकिन्छ ।
एनसेलद्वारा एसईई परीक्षार्थीलाई आंशिक छात्रवृत्ति प्रदान
काठमाडौ । एनसेल प्राइभेट लिमिटेलले आफ्नो ‘पहिलो सिम’ योजना अन्तर्गत २०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका ४८ परीक्षार्थीलाई माध्यामिक शिक्षाबाट उच्च शिक्षा अध्ययन शुरु गर्नु अगाडि गरिने ब्रिज कोर्स अध्ययनका लागि आंशिक छात्रवृत्ति प्रदान गरेको छ । यस ‘पहिलो सिम’ योजना अन्तर्गत, एनसेलले तयारी कक्षा संचालन गर्ने १६ वटा ब्रिज कोर्स इन्स्टिट्युटहरुका ३/३ जना उत्कृष्ट विद्यार्थीहरु गरी हाल सम्म ४८ जना विद्यार्थीलाई आंशिक छात्रवृत्ति स्वरुप प्रत्येकलाई रु ५,००० प्रदान गरेको छ । आफ्नो प्रतिबद्धता अनुरुप, एनसेलले योग्यता पुगेका अरु थप विद्यार्थीहरुलाई पनि यो योजना रहुञ्जेल आंशिक छात्रवृत्ति प्रदान गर्दै जानेछ । ब्रिज कोर्स इन्स्टिट्युटहरुले विभिन्न समयमा लिएको आन्तरिक परीक्षाको नतिजाको आधारमा उत्कृष्ट विद्यार्थीहरु आंशिक छात्रवृतिका लागि छानिएका हुन् । २०७३ सालका एसईई परीक्षार्थीलाई ध्यानमा राख्दै एनसेलले ‘पहिलो सिम’ योजना अन्र्तगत उत्कृष्ट विद्यार्थी छनोट तथा छात्रवृत्ति प्रदान गर्नका लागि विभिन्न ब्रिज कोर्स इन्स्टिट्युटहरुसँग सहकार्य गरेको छ । एनसेलका अनुसार, आंशिक छात्रवृत्ति माध्यामिक शिक्षा पछिको उच्च शिक्षा अध्ययनका लागि तयारी कक्षामा सहभागी भईरहेका विद्यार्थीहरुको मिहेनतको फल हो । ‘पहिलो सिम’ योजना अन्र्तगत परीक्षार्थीहरुले लिएको सिमले उनीहरुको सञ्चार सेवाको आवश्यकतालाई संबोधन गर्दै आफ्ना साथीभाई तथा परिवारसँग सम्पर्कमा रहि रहन मद्दत पुर्याउने विश्वास कम्पनीले लिएको छ । असार १६ सम्म रहने यो योजना अन्तर्गत, २०७३ सालका एसईई परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्छन् र माइफाइभ समुहको ५ वटा नम्बरमा ३० दिन सम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्छन् ।
नेपालमा पर्यटनको नयाँ प्रडक्ट होमस्टे ट्रेल थपिँदै, २ सय वटा गाउँको पर्यटकीय प्रोफाइल बनाउँदै भिटोफ
काठमाडौं । नेपालमा पर्यटनको विल्कुलै नयाँ प्रोडक्टको रूपमा होमस्टे ट्रेल सार्वजनिक हुने भएको छ । हाल पर्यटन मन्त्रालयमा दर्ता भएका करिब ३ सय वटा होमस्टेमध्ये अधिकांशलाई होमस्टे पदयात्राको रूपमा विकास गर्न सकिने भन्दै पर्यटनको नयाँ प्रडक्टको अवधारणा अगाडि सारिएको हो । यो अवधारणामाथि अध्ययन, अनुसन्धान भइरहेकोले उपयुक्त प्याकेज बनाएर सार्वजनिक गर्ने तयारीमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) रहेको छ । भिटिफले विभिन्न पर्यटकीय संस्थाका साथै नेपाल पर्यटन बोर्डमा आवश्यक सहकार्य पनि गरिरहेको जानकारी दिएको छ । पर्यटन बोर्ड स्रोतका अनुसार भिटोफसँगको सहकार्यमा काम भइरहको छ । भिटोफले पनि आफ्नो गृहकार्यलाई अगाडि बढाएको छ । जतिसक्दो चाँडो नयाँ पर्यटकीय प्रडक्ट सार्वजनिक गर्ने तयारी रहेको बोर्डका एक प्रवन्धकले भने । भिटोफले हरेक पर्यटकीय गाउँको प्रोफाइल पनि तयार पारिरहेको छ । उसले एक वर्षभित्रै २ सया वटा गाउँको प्रोफाइल तयार पार्ने गरी तयारी गरिहेको छ । भिटोफले आगामी गाउँ पर्यटन दिवसको दिन यस्तो प्योकज सार्वजनिक गर्ने भएकोले अहिले नै कुन पर्यटकीय गाउँबाट नयाँ प्रोडक्ट आउँछ भनेर भन्न निमल्ने बोर्डको भनाइ छ । भिटोफले पनि आफ्नो तयारी भइरहेको जानकारी दिएको छ । भिटोफका बासु पाण्डेको अग्रसरतामा नयाँ पर्यटकीय प्याकेजको तयारी भइरहेको हो । यो संस्थाले हरेक पर्यटकीय गाउँलाई दृष्टिगत गरेर होमस्टे टेकिङ ट्रेल बनाउने भऐ छ । यसको आवश्यक तयारीस्वरुप रिसर्च पनि भइरहेको पाण्डलेको भनाइ छ । एउटा होमस्टेबाट अर्कोमा जान पनि यस्तो ट्रेल बनाउन लागिएको उल्लेख छ । एउटै गाउँभित्रको पनि ट्रेल पनि हुन सक्छ बढीमा एक वर्षमा एउटा टेकिङ ट्रेल आइसक्ने पनि भिटाफको भनाइ छ । यस्तोे ट्रेल बनाउँन नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल (टान) तथा अन्य पर्यटकीय संस्थासँगको सहकार्यमा पनि काम भइरहेको छ । भिटोफको ब्राण्डिङ गर्न र नयाँ कामको सुरुवात गर्न पनि यो ट्रेल बनाउँने भएको उल्लेख छ । भिटोफले यही असार १५ को धान दिवसलाई पर्यकीय प्रडक्टको रुपमा ब्राण्डिङ गर्न विगत सात वर्षदेखि वर्षेनी रोपाई महोत्सवको रुपमा पनि मनाइरहेको छ । यो वर्षको महोत्सव शिवपुरी गाउँपालिकामा हुँदै छ । हरेक ग्रामिण पर्यटनको प्रोफाइल बनाउँदै पर्यटनको प्रोफाइल तयार पार्दै पर्यटकीय गतिविधि र जानकारी दिने काम पनि यो संस्थाले गरिरहेको छ । सरकारले होमस्टे प्रवद्र्धन नीति ल्याएपछि ग्रामिण पर्यटन प्रतिको सचेतना बढेको छ । भिटोफले हरके वर्ष नयाँ गाउँलाई पर्यटकीय गन्तव्यको रुपमा घोषणा पनि गरिरहेको छ । भिटोफले जति पनि पर्यटक गाउँ जान चाहन्छन ति सबैले आवश्यक जानकारी र डाटा एवं त्यहाको पर्यटकीय गतिविधिको बारेमा हामीले तयार पार्ने पर्यटकीय प्रोफाइलमा बनाउन लागेको जानकारी दिएको छ । नेपालमा भएका जति पनि पर्यटकीय गाँउ छन् ती सबैलाई प्रमोशन गर्ने र सबैको पर्यटकीय विवरण राखेर प्रोफाइल तयार पार्ने पनि उल्लेख छ । भिटोफले तत्कालै ५० देखि ६० वटा गाउँको यस्तो प्रोफाइलको लागि तयारी गरिरहेको छ । एक वर्षभित्रै २०० वटा गाउँको पर्यटकीय प्रोफाइल तयार पार्ने उद्देश्य यो संस्थाको छ । यो संस्थाले तयार पारेको यो विवरण भने आगामी भिटोफ डे अर्थात जुलाई २१ मा हुने विशेष कार्यक्रममार्फत सार्वजनिक गर्ने भएको छ ।