सनराइज बैंकको नयाँ एटिएम गोठाटारमा
काठमाडौं । सनराइज बैंक लिमिटेडले गोठाटार स्थित सनसिटी अपार्टमेन्टमा ८१ औं एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएम बैंकका पूर्व संचालक श्रवण गोयल र सनसिटी कल्याणकारी समितिका अध्यक्ष युवराज दाहालले संयुक्त रुपमा उद्घाटन गरेका छन् । हाल बैंकले मुलुकभर आफ्नो ७० वटा शाखा, ८१ वटा एटिएम, १६ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।
आशा लघुवित्तले एकैसाथ खोल्यो चार नयाँ शाखा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरुको स्थापना गरेको छ । स्थापना गरिएको शाखा कार्यालयहरुमा तानसेन-पाल्पा, बेलौरी-कञ्चनपुर, कलुवापुर-कञ्चनपुर र गल्छी-धादिङ रहेको छ । गल्छी शाखाको उद्घाटन संस्थाका संस्थापक तथा पुर्व प्रमुख कार्यकारी अधिकृत रमेशसिंह खडकाले गरेका थिए । साथै, कार्यक्रममा संस्थाका अध्यक्ष रामबहादुर पाण्डे र विभागीय प्रमुखहरु जीवन खनाल र रविन खतिवडाकाको उपस्थिति रहेको थियो । सो कार्यक्रमहरुमा बंैक तथा वित्तीय संस्थाका प्रतिनिधि, प्रहरी, शिक्षक, समाजसेवी, स्थानिय, संस्थाका महिला सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो । यस राष्ट्रिय स्तरको वित्तिय संस्थाले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई विभिन्न आय आर्जनको व्यवसाय सञ्चालन गर्न उनीहरुको घरदैलोमा लघुवित्त सेवा पुर्याउने तथा प्रत्येक घर परिवारलाई उद्यमि बनाउनको लागी सरल, सहज रुपमा विना धितो कर्जा लगानी गर्ने छ ।
सिल्भर हेरिटेजको तीन अर्ब विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकले दियो स्वीकृत, चार महिनामा होटल सञ्चालनमा आउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले सिल्भर हेरिटेजको तीन अर्ब पाँच करोड रुपैयाँ लगानी भित्र्याउन स्वीकृति दिएको छ । हङकङको सिल्भर हेरिटेज ग्रुपले नेपालमा पाँचतारे होटल खोल्नको लागि सो रकम अष्ट्रेलियाको सिड्नी स्टक एक्सचेन्जबाट करिब ५ महिना अघि नेपाल भित्र्याएको हो । रकम निकासाको लागि आवश्यक डकुमेन्ट पूरा गर्न नसकेपछि बैंकमै उक्त रकम थन्किएको थियो । विदेशबाट आएको यो रकम स्वीकृत गर्न आवश्यक पर्ने डकुमेण्ट पूरा भएपछि रकम निकासाको अनुमति दिएको राष्ट्र बैंक विदेशी विनिमय विभागका प्रमखु भीष्मराज ढुंगानाले बताए । ‘राष्ट्र बैंकले रकम निकाल्न बाटो खोलिदिएको छ,’ होटलका अध्यक्ष राजेन्द्र बजगाइँले भने । अबको चार महिनामा होटल सञ्चालनमा आउने छ । राष्ट्र बैंकले रोकिएको रकम निकासा गर्न अनुमिति दिएपछि बजागाईँले अन्य विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने बताए । अब छिट्टै विभिन्न क्षेत्रमा लगानी गर्नका लागि १५ अर्ब रुपैयाँ नेपाल भित्र्याउँदै छु,’ उनले भने । अहिले निकासा हुन लागेको रकमसहित होटल निर्माणको लागि कुल ५ अर्ब रुपैयाँ विदेशी लगानी भित्र्याएको बजगाइँले जानकारी दिए । होटलमा पूर्ण विदेशी लगानी रहेको छ । हेरिटेज गु्रपले रुपन्देहीको कोटीहवामा ५ तारे होटल निर्माण गरिरहेको छ । हङकङमा केन्द्रीय कार्यालय रहेको सिल्भर हेरिटेज ग्रुपले क्यासिनो र होटलको क्षेत्रमा लगानी गर्ने ठूलो कम्पनी हो । रुपन्देहीमा सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिको नाममा निर्माणाधिन उक्त अत्याधुनिका सुविधा सम्पन्न ५ तारे होटलको प्रत्येक कोठाबाट सुईमिङ पुलसम्मको पहुँच रहेको बजगाइँले बताए । क्यासिनो सहित उक्त होटल निर्माण गरिएको हो । १५ विघाह जमिनमा उक्त होटल फैलिएको छ । ग्रुपले झापामा टाइगर प्लालेस रिसोर्ट संचालन गर्ने तयारी गरेको छ । काठमाडौंमा अर्को होटल खोल्ने पनि ग्रुपको तयारी छ ।