कांग्रेस र माओवादीका धेरै नेता बेरोजगार, विभाग गठन अलपत्र हुँदा नेताहरू कामविहीन
काठमाडौं २२, भदौ । कांग्रेसमा १२औँ महाधिवेशनपछि पदाधिकारीसहितको केन्द्रीय कार्यसमिति ८५ सदस्यीय थियो । तर, सुशील कोइरालाको पाँचवर्षे कार्यकालमा पदाधिकारीबाहेक अरूले काम पाएनन् । विधानमा व्यवस्था भएका विभाग गठन गरे पनि देउवा पक्षको विरोधका कारण कुनै पनि विभागले काम गर्न सकेनन् । अञ्चल समन्वय समितिको हालत पनि उस्तै भयो । १३औँ महाधिवेशनसम्म पनि कुनै प्रस्ट जिम्मेवारी नपाएपछि नेताहरू आफ्नै हिसाबले खटे, पार्टी काममा लागे, देश दौडाहामा निस्किए । विभाग गठन अलपत्र परेपछि नेताहरू कामविहीन भएका थिए । झन्डै दुई दर्जनको हाराहारीमा रहेको भ्रातृ संस्थाको महाधिवेशन समयमा गराउन नसक्दा पनि नेताले उचित जिम्मेवारी नपाउने र यसकै आधारमा तलैसम्म नेता–कार्यकर्ता परिचालित नहुने समस्या कांग्रेसले भोगेको छ । पार्टी सभापति शेरबहादुर देउवानिकट नेता रमेश रिजाल पनि तोकेर जिम्मेवारी नदिँदा पार्टी लथालिंग हुँदै आएको बताउँछन् । ‘अहिले होइन, बिपी कोइरालादेखि नै समयमा काम नहुँदा पार्टी लथालिंग हुँदै आएको हो,’ रिजाल भन्छन्, ‘सभापतिमा देउवाजी आएपछि रातारात हुन्छ भन्ने पनि होइन । तर, अब बिस्तारै गति लिन्छ । भ्रातृ संस्थाको अधिवेशनले त्यो देखाएको छ ।’ पार्टीले तोकेरै विभागीय जिम्मेवारी दिएको भए तलैसम्म संस्थागत रूपमा पार्टी सक्रिय हुने र यसको फाइदा सिंगो पार्टीलाई हुने उनको भनाइ छ । ‘जिम्मेवारी दिइयो भने संस्थागत रूपमा नेताले काम गर्छ नत्र व्यक्तिगत रूपमा काम गर्न बाध्य हुन्छ,’ रिजाल भन्छन् । त्यसैले संस्थागत जिम्मेवारी दिएर नेताहरूलाई सक्रिय र जिम्मेवार बनाउनुपर्ने बुधबारकोेनयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।
खाडी मुलुकमा सुरक्षा गार्ड पठाउन रोक, एक महिनामा अनुसन्धान प्रतिवेदन
काठमाडौं २१, भदौ । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मलेसिया र खाडी मुलुकलगायतमा सुरक्षा गार्डका रुपमा जाने नेपाली कामदारलाई श्रम स्वीकृति रोक्न श्रम तथा रोजगार मन्त्रालयालाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले म्यानपावर एजेन्सीले सुरक्षा गार्डमा जाने कामदारसँग मोटो रकम असुल्ने गरेको भन्दै तत्कालका लागि श्रम स्वीकृति रोक्ने निर्णय गरेको हो । समितिका सभापति प्रभु शाहले सुरक्षा गार्डमा जाने कामदारलाई बढी ठगी गरेको गुनासो आएकोले तत्कालका लागि श्रम स्वीकृति नदिन मन्त्रालयलाई निर्दैशन दिएको बताए । सुरक्षा गार्डको सम्वन्धमा सत्यथ्य बुझनको लागि एक समिति गठन गरिएको छ । समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउने छ । समितिले प्रतिवेदन नबुझाएसम्म सुरक्षा गार्डमा श्रम स्वीकृति बन्द रहेने समिति सभापपति साहले बताए ।
पन्ध्र हजार बेरोजगार युवालाई तालिम दिने प्रशिक्षक तयार
काठमाडौँ, १९ भदौ । देशभरका १५ हजार बेरोजगार युवालाई तालिम दिने प्रशिक्षकलाई तालिम दिइएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले घरेलु तथा साना उद्योग विभाग र घरेलु तथा साना उद्योग विकास समितिका २२ कर्मचारीलाई तालिम दिएको हो । चौधदिने उद्यमशीलता विकास तालिमको समापन गर्दै घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक नविनकुमार झाले औद्योगिक विकासका लागि लघु तथा घरेलु उद्योगको ठूलो भूमिका रहेको बताउ । उन्ले भन्े, “सरकारीस्तरबाट सञ्चालन भएका ठूला उद्योगमध्ये करिब ९० प्रतिशत बन्द भइसकेको अवस्थामा साना तथा घरेलु उद्योगका ठूलो भूमिका छ ।” निर्देशक झाले उद्यमशील उद्यमीमार्फत लघु, घरेलु तथा साना उद्योगको विकास हुने बताउ । प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद भट्टराईले उद्यमी निर्माणमा प्रशिक्षकको ठूलो भूमिका रहने उल्लेख गर्दै स्वदेशमा रहेको युवा जनशक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ युवा उद्यमशीलता विकास तालिम गरिएको बताउ । तालिम लिइएका प्रशिक्षार्थीलाई समितिका कार्यकारी निर्देशक झाले प्रमाणपत्र प्रदान गरेक्ँ ीथ्उ । प्रशिक्षार्थी प्रशिक्षकले जिल्ला–जिल्लामा गएर तालिम दिनेछन् । रासस