अमेरिकन आइडलको उत्कृष्ट २ मा दिवेश पोखरेल

काठमाडौं । नेपालका दिवेश पोखरेल ‘अमेरिकन आइडल’को उपविजेता अर्थात उत्कृष्ट २ मा स्थापित गरेका छन् । अर्थरगनको नामले अमेरिकन आइलमा आफूलाई स्थापित गरेका पोखरेल फाइनल राउन्डमा उपविजेता भएका हुन् । विजेता उपाधि  २१ वर्षीया जस्ट सामको वास्तविक नाम समन्था डियाज भएकी छिन् । उनी लाइबेरियन मुलकी अश्वेत गायिका हुन् । न्यूयोर्क निवासी सामले मिडल स्कुलदेखि नै न्यूयोर्कका सब-वे र ट्रेनहरुमा गाउने गर्थिन् । त्यस्तै पछिल्लो समय कोरोनाको संक्रमण फैलिएसँगै अमेरिकन आइडलमा सहभागि सबै प्रतियोगीले आफ्नो घरबाट प्रस्तुती प्रस्तुत गर्दै आएका हुन् । यसअघि २२ वर्षिय दिवेशले गेभिन डिग्रको ‘आइ डोन्ट वान्ट टु बि’ बोलको गीतमा आफ्नो प्रस्तुति दिदैं उत्कृष्ट पाँचमा पुगेका थिए ।  ‘अमेरिकन आइडल’को १९ औं संस्करणमा दाेस्राे विजेता घाेषित भएका हुन् । सम्बन्धित समाचार : अमेरिकन आइडलको उत्कृष्ट ७ मा नेपालका दिवेश

अनेसास महिला पुरस्कार स्रष्टा पाठकलाई

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यो वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गर्ने भएको छ । संस्थाका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले एक हजार अमेरिकी डलर राशिको सो पुरस्कार दिने निर्णय गरेको छ । साहित्यकार पाठकका ‘मोहचक्र’, ‘शून्यवत’, ‘अग्नि दह’ र ‘दुस्वप्न’ कथा कृतिहरु, ‘अव्यक्त¬’ र आधा दर्जन बालकथा कृतिहरु प्रकाशित छन् । यसअघि सो पुरस्कार साहित्यकार गीता खत्रीलाई प्रदान गरिएको थियाे ।

सुनौलो ताराको ग्रान्ड फिनाली आज, डिशहोमबाटै प्रसारण हुने

काठमाडाैं । सुनौलो ताराको ग्रान्ड फिनाली कार्यक्रम आज डिशहोमको  रियालीटी टिभीकाे च्यानल नं. १०२ बाट  ८ः३० वजे प्रसारण हुनेछ । नेपालमा नै पहिलो पटक निम्न आर्थिक अवस्था भएका बालबालिकाहरुको प्रतिभालाई उजागर गर्नका लागी फरक टेलिभिजन कार्यक्रम डिशहोमले निर्माण तथा प्रशारण गरेको थियो । डिशहोमले नेपाल भरीका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थाका ४०० भन्दा बढी बालबालिकाहरुको अडिसन पछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्ने मञ्चको रुपमा सुनौलो तारा कार्यक्रम गरेको थियो । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा चैत १ गते शनिबार देखी प्रशारण शुरु भई यो कार्यक्रम हरेक हप्ता शुक्रवार र शनिवार राती ८ः३० वजे प्रशारण भएको थियो । शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रम लाई सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेजमेन्टले सह प्रायोजन गरेको छ । यस कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरुलाई क्रमशः नगद रु ५ लाख, ३ लाख र १ लाख डिशहोमले प्रदान गर्नेछ साथमा अन्य आकर्षक पुरस्कारहरु पनि विजेताले प्राप्त गर्ने डिशहोमले जानकारी दिइएको छ ।