सोमबारदेखि ‘कथा खरर, मन हरर……’ सुरु
काठमाडौं । थिएटर मल कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले क्वारेन्टाइन अभियान अन्तर्गत बालबालिका केन्द्रित कार्यक्रम ‘कथा खरर, मन हरर…’ सुरु गर्दैछ । लकडाउनको सुरुवाती १६ दिनसम्म ‘क्वारेन्टाइन अभियान भर्चुल थिएटर फेस्टिभल’ आयोजना गरेको यी नाट्य संस्थाले ‘बालबालिकाहरु पनि देख्न, सुन्न, महसुस गर्न र कल्पना गर्न सक्छन्’ भन्ने भावमा उनीहरुले सुनाएका कथाहरुको कार्यक्रम गर्न लागेको हो । बालबालिकाहरु कथा पढ्न, सुन्न र सुनाउन साह्रै मन पराउने भएकोले लकडाउनमा बालबालिकाको समय सिर्जनशील र उर्जावान बनाउन ‘कथा खरर, मन हरर’ आयोजना गर्न लागिएको हो । ‘कथा खरर, मन हरर’ बालकोसेली नानीबाबुको युट्युव च्यानलमा वैशाख २२, सोमबारदेखि हरेक बिहान ११ बजे प्रिमियर हुनेछ । कार्यक्रममा तीन वर्षदेखि १६ वर्षसम्मका बालबालिका सहभागी हुँदैछन् । ‘‘कथा सुन्ने र सुनाउने हाम्रो प्राचीन संस्कृति हो । हजुरबा–हजुरआमाबाट कथा सुन्ने परम्परा संयुक्त परिवारको संरचना खुकुलो भएपछि छुट्दै गयो’’ थिएटरका निर्देशक केदार श्रेष्ठले भने, ‘‘त्यसैले हामी अभिभावकलाई आफ्ना छोराछोरी र कथाको सम्बन्ध बलियो बनाउन अनुरोध गर्छौ ।’’ त्यस्तै कार्यक्रमका सह निर्माता प्रशुन सिन्धुलियले बालबालिकाले कता सुनाएको भिडियो [email protected] मा पठाउन पनि अनुरोध गरेका छन् । साथै कार्यक्रमको उदघोषण गर्न चाहने बालबालिकाले पनि सम्पर्क गर्न सक्ने उनले जनाए ।
प्रधानमन्त्रीकाे मजदूर दिवसमा रचित कविता: अब आँसु खसाउनु पर्दैन
प्रधानमन्त्रीकाे मजदूर दिवसमा रचित कविता अब आँसु खसाउनु पर्दैन रगत बगाउनु पर्दैन नेपाली मन अब फुट्दैन राष्ट्रिय एकता टुट्दैन शान्ति अब यहाँ मर्दैन नेपाली मर्न पर्दैन बढ्यो नेपाल अब बढ्यो अघि विकासमा पछि पर्दैन गणतन्त्र हो यो गणतन्त्र सार्वभौम जनताको जनतन्त्र अब आँसु खसाल्नु पर्दैन । *** सामाजिक न्याय र समानता अधिकारसम्पन्न जनता मेची-काली, पहाड-तराई निर्भय वातावरण सुरक्षित नारी अब आधुनिकतामा बढ्यो नेपाल गणतन्त्र हो यो गणतन्त्र सार्वभौम जनताको जनतन्त्र अब आँसु खसाउनु पर्दैन *** फाटोका खेती कुहिन्छन् स्वार्थी हिंसा तुहिन्छन् अब चेलीका चुरा फुट्दैनन् कोही टुहुरा पर्दैनन् गणतन्त्र हो यो गणतन्त्र शक्तिका स्रोत जनताको जनतन्त्र हो यो जनतन्त्र अब आँसु खसाउनु पर्दैन रगत बगाउनु पर्दैन
मलाई काम देऊः तिम्राे घर बनाउन, मेराे डेरा भाडा तिर्न
एक बिहानै झिसमिसे उज्यालोमा गौशाला, चावहिल…… रत्नपार्कहरुमा कुटो, कोदालो…घन बोकेर समयलाई प्रतिबिम्वित गर्दै तिम्रो चर्को मोलमलाईको बीचमा जब म ठिङ्ङ उभिन्छु मलाई लाग्छ म बेचिन आएको हो यो शहरमा हरेक बिहान हरेक दिन म वस्तु हो विना सोकेश भित्र नसजिएको कुनै वस्तु मात्र आजको लागि बेचिन तम्तयार वस्तु…….. जलप विनाको, विज्ञापन विनाको आफैंले आफैंलाई तिम्रो चौरस्तामा फिजाउँदा जब तिम्रा आँखाहरु मेरा पाखुरी ….शरीरलाई नियाल्छन् म आजको रोजि रोटि खोसिने डरले चुप चाप शालिन ढुंगा बनिदिन्छु र, आफैंलाई बिक्री गरिदिन्छु मानौं तिमी मानिस र म वस्तु मात्र वस्तु तिमीले मलाई आजको ज्यामी मान्नु नमान्नु मलाई लानु नलानु रोज्नु नरोज्नु…. पूर्णतया तिम्रो अधिकार हुनेछ म प्रश्न प्रतिप्रश्न गर्नेछैन म मौनताको अधिनमा रही तिमीले अह्राएका हरेक काम अघोषित मजदूर नियममा रही म मात्र वस्तु बनिदिने छु आजको दिन तिम्रो लागि हेर घामहरु छिप्पि सकेका छन् सात बजिसक्यो…आठ बजिसक्यो ….नौ…. बिन्ति मलाई लगिदेउ छोरी भोकाएकी छे बिरामी श्रीमतीलाई दबाई लानुछ घरबेटीको डेराभाढा दिनु छ बिन्ति मलाई लगिदेउ छोरी भोकाएकी छे बिरामी श्रीमतीलाई दबाई लानुछ घरबेटीको डेराभाढा दिनु छ उफ्….यो घाम कति चाँडो छिप्पिएको आज म कसैलाई बरु सुनाउँदिन आज मजदूर दिवस भएर के भो त ? म मा कुनै गुनासो छैन…. आखिर म तिम्रो सुन्दर घर बनाउन मेरा घनले ढुंगा फोडिरहँदा प्रत्येक घनका प्रहारमा मलाई इश्वर खोजेझैं लाग्छ अनि हरेक साँझ ज्याला थाप्दै गर्दा मलाई स्वतन्त्र भएझैं लाग्छ गौशाला, चावहिल…… रत्नपार्कहरुमा कुटो, कोदालो…घन बोकेर म ठिङ्ङ उभिँदा लाग्छ देशको वर्तमानमा उभिरहेको छु आखिर मेरो देश पनि त हरेक दिन हरेक साँझ आफूलाई कुनै न कुनै किसिमले बेचिरहेको छ म जस्तै….. बिराटनगर–५ हाल एनसीसी बैंक, तेह्रथुम