अब घरमै बसेर ‘छ माया छपक्कै’ हेर्न सकिने

काठमाडौं । बैंशाख ११ गतेदेखि डिश होम प्रयाेगकर्ताले घरमै बसेर  ‘छ माया छपक्कै’ हेर्न सकिने छन् । विश्वमा कोरोनाको कहरसँगै लकडाउनको अवधिका दर्शकको चाहनालाई मध्यनजर गर्दै डिश होमअन्तर्गतकाे सिनेमाघर च्यानल नं. ८८८ बाट प्रदर्शन हुने कलाकार तथा निर्माता दिपकराज गिरीले जानकारी दिए । ‘दर्शकको चाहना अनुसार कम्तीमा २ देखि ४ हप्तासम्म नि जान सक्छ ।’ उनले भने दिपकराज गिरी र केकी अधिकारीको मुख्य भुमिका रहेको यो फिल्मको निर्देशन दिप्रेन्द्र लामाले गरेका थिए । बक्स अफिसमा उच्च स्थान राख्न सफल ‘छ माया छपक्कै’ को माग आएसँगै फेरी डिश होम प्रयोगकर्ताले सिनेमाघर च्यानलमार्फत २ सय २५ रुपैयाँ बढी तिर्नु पर्ने छ । गत मंसिर १३ गते डिश होम अन्तर्गतको चलचित्र च्यानल नं. १०८बाट ‘छ माया छपक्कै’ प्रदर्शन भएको थियो ।

फोर्डले १० दिने अन्तर्क्रियात्मक अध्ययन प्रतियोगिता गर्दै, भाग लिने कसरी ?

काठमाडौं । फोर्डले बालबालिकाहरुको लागि १० दिने अन्तर्क्रियात्मक अध्ययन प्रतियोगिताको शुरुवात गरेको छ । ग्रुमिङ्गटेल्ससँग सहकार्य गर्दै यस समयलाई अझ रोमाञ्चक तथा सृजनात्मक बनाउनलाई उक्त प्रतियोगिता गर्न लागेको हो । यस प्रतिस्पर्धा बालबालिकाहरुको लागी राम्रो शिक्षा तथा अन्तरक्र्रियात्मक अनुभव रहनेछ । यसमा भाग लिई हरेक दिन दिइने चुनौती तथा कामहरु समाप्त/पुरा गर्नुपर्नेछ । प्रतिस्पर्धाको १०औं दिन बम्पर पुरस्कार विजेता घोषणा गरिने छ । उक्त बम्पर पुरस्कार सबैभन्दा बढी समर्पणका साथ सहभागी हुने प्रतिस्पर्धीलाई दिइने छ । प्रतियोगितामा भाग लिने तरिका तथा नियमहरु: १. बालबालिकाका अभिभावकहरुले आफ्नो फेसबुकको टाइमलाइनमा @fordnepal @groomingtales को साथ पोष्ट गर्न जरुरी छ । साथै यस पोष्टका साथ प्रतिस्पर्धा पोस्टमा आफ्नो कमेन्ट दिनुपर्ने हुन्छ । २. ह्यास्ट्याग #ford #fordnepal #groomingtales को प्रयोग गर्ने । ३. आफ्नो फेसबुक सेटिङ्ग पब्लिकमा राख्नुहोला । (तपाईको फेसबुक एकाउन्ट सेटिङ्ग प्राइभेट रहेमा तपाईले # प्रयोग गरेतापनि पोष्ट प्राप्त नहुन सक्छ ) ४. अरु १० अभिभावकहरुलाई ट्याग गरी पोष्ट गर्नु पर्नेछ । ५. आफ्नो पेजमा प्रतिस्पर्धा पोष्ट गरेपछी तपाईलाई फोर्ड किन मन पर्ने एक कारण कमेन्ट सेक्सनमा अवश्य लेख्नुहोला । ६. माथिका चरणहरु पुरा परेपछि मात्र तपाईको प्रतिस्पर्धामा प्रवेश आधिकारिक हुनेछ । ७. प्रतिस्पर्धाका विजेता फाेर सी- क्रियटिभ, कन्सेप्ट, कन्टेन्स, क्ल्यारिटीको आधारमा गरिनेछ । ८. प्रतिस्पर्धा १७ अप्रिल मन शुरु हुनेछ । हरेक दिनको चुनौती/प्रतियोगिता बिहान ६ बजे पोष्ट गरिने छ र प्रतिस्पर्धीहरुले उक्त प्रतियोगिताको सामाग्री सोही दिन राती १० बजे सम्म पोष्ट गर्नुपर्नेछ । उक्त दिनको विजेता भोलीपल्ट दिनको १२ बजे फोर्ड नेपाल फेसबुक पेजमा गरिने छ ।

‘आइएमई पे’ ले फेसबुकमार्फत सामाजिक सन्देश सहितको सांगीतिक कार्यक्रम गर्दै

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले नयाँ वर्ष २०७७ का अवसरमा सामाजिक सन्देश सहितको सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रम २०७६ सालको आन्तिम दिन अर्थात २०७६ साल चैत ३० गते आइतबार साँझ छ बजेदेखि नौ बजेसम्म कम्पनीको आधिकारिक फेसबुक पेज र यूट्युव च्यानल मार्फत प्रत्यक्ष प्रसारण हुनेछ । यसपटकको नयाँ वर्ष लामो समयदेखि कायम लकडाउनको अवधिमा परेको छ । नयाँ वर्ष मनाउन बाहिर जान नपाउने अवस्थालाई ध्यान दिँदै आम सेवाग्राहीहरुको मनोरञ्जनका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रत्यक्ष प्रसारणमा कलाकारहरू शिरीष दली र बर्तिका एअम राईले ‘घरमै सुरक्षित बसौँ’ भन्ने सामाजिक सन्देश सहितको साँगीतिक कार्यक्रम मार्फत नयाँ बर्ष २०७७ लाई स्वागत गर्नेछन् भने मिस नेपाल २०१७ निकिता चन्दकले केहि दर्शकहरुसँग वार्तालाप गरी सामाजिक सन्देशको प्रवर्द्धन गर्ने ग्रुपले जनाएकाे छ । कार्यक्रम माथि उल्लेखित मिति र समयमा http://www.facebook.com/imepay/ र आइएमईको यूट्युव च्यानलमा निःशुल्क उपलब्ध हुनेछ भने कार्यक्रम केटीएम लाइभले व्यवस्थापन गर्ने कम्पनीले जनाएकाे छ ।