हिमालय टेलिभिजनमा ‘डान्सिङ वीथ द स्टार्स’, मुख्य प्रायोजकमा आइएमई

काठमाडौं । बीबीसी स्टुडियोको फर्म्याटमा आधारित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को पहिलो सिजन यही बैशाख पहिलो सातादेखि प्रसारण हुने भएको छ । बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायतका बिश्वका ६० भन्दा धेरै देशमा प्रसारण भइरहेको डान्सिङ रियालिटी सोको फ्रेन्चाइज लिइ नेपाली संस्करणमा हिमालय टेलिभिजनले उत्पादन तथा प्रसारण गर्न लागेको हो । हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुने पहिलो सिजन २६ इपिसोडको हुनेछ । विश्वभर चलेको फम्र्याट अनुसार आइएमई डान्सिङ विथ द स्टारमा १२ जना बिभिन्न क्षेत्रका स्टार प्रतियोगी हुनेछन भने उनीहरुलाई पेयरिङ गर्दै १२ जना प्रोफेसनल कोरियोग्राफरले स्टारसँगै पर्फमेन्स दिनेछन । कार्यक्रममा २ जना होस्ट र ३ जना निर्णायक हुनेछन । दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट इलिमिनेट हुँदै जाने छन । बिजेताले कुल २५ लाख करसहित नगद र अन्य पुरस्कार प्राप्त गर्ने छन । यस कार्यक्रमको प्रमुख प्रायोजकको रुपमा आइएमई र भोटिङ्ग पार्टनरको रुपमा आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घन गरिएको ‘आइएमई पे’ आबद्घ भएका छन् । यसै सम्बन्धमा विशेष कार्यक्रममा हिमालय टेलिभिजन र आइएमइबीच साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात यस कार्यक्रमको नाम आइएमई प्रेजेन्टस् “डान्सिङ वीथ द स्टार नेपाल” रहने छ । सम्झौता अनुसार डान्सिङ वीथ द स्टारको भोटिङ्ग राउन्डमा एप मार्फत गरिने सबै भोटिङ्ग ‘आइएमई पे’ एप मार्फत हुनेछ ।

कोरोना प्रभाव चलचित्रमा, ‘सिनेमा क्षेत्र बन्द गर्ने तयारी’: मन्त्री ढकाल

काठमाडौं । कोरोनाको त्रास बढेसँगै नेपाली सिनेमा हल बन्द गर्ने कुरा भइरहेको छ । सिनेमा हलमा भिड हुने हुँदा राेग फैलिने प्रमुख स्थान भएका कारण केही अनिश्चितकालका लागि बन्द गर्न पर्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिए । राष्ट्रिय सभाको बैठकमा स्वास्थ्यमन्त्री  ढकालले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि आगामी दिनमा भिडभाड हुने सबै क्षेत्र बन्द गर्न अनिवार्य रहेको बताए । तत्कालका लागि यस्ता संघसंस्थाहरु बन्द गर्ने विषय छलफल भइरहेको जानकारी दिए । उनले उक्त प्रतिनिधि सभाको बैठकमा बोल्दै कोरोना भाइरसबाट टाढा बस्नका लागि सबै मानिस आफू नै सेफ क्वारेन्टाइनमा बस्नु पर्नेछ । यदि कोही व्यक्तिमा कोरोनाको संक्रमण देखिएको खण्डमा सरकारले नै उपचार खर्च व्यहोर्ने जनाए ।

हिमेश पन्त बने पहिलो नेपाली कमेडी च्याम्पियन, हात पारे २५ लाख रूपैयाँ नगद र एक कार

काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन्। शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्। फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए।  विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए। यसअघिको शृंखलाबाट निर्णायकले पन्तलाई फाइनलका लागि छानिसकेका थिए। मगर र कोइराला भने भोटबाट छानिएका हुन्। सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट शोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन्। उनले २५ लाख रूपैयाँ नगद र एक कार हात पारेका छन् ।