क्लिन अप नेपालद्वारा देशव्यापी अभियान पुरस्कार वितरण
काठमाडौं । क्लिन अप नेपालले कमलपोखरीस्थित क्युएफएक्स कुमारीहलमा बिहीबार वार्षिक देशव्यापी अभियान अन्तर्गत पुरस्कार वितरण समारोह आयोजना गरेको छ । यस समारोह क्लिन अप नेपालका प्रत्येक वर्ष गर्ने देशव्यापी अभियान अन्तर्गत रहेको थियो । वर्ष २०७६ अन्तर्गतको देशव्यापी अभियानका लागि क्लिन अप नेपालले अन्तर विद्यालय पटकथा (नाटक) लेखन प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगिताको लागि नेपाल भरी रहेका ९ वटा विद्यालयले १७ वटा नाटक उपलब्ध गराएका थिए । उपलब्ध गराइएका १७ नाटक मध्य विजयी २ वटा नाटकको भिडियो निर्माण गरियो भने बाँकी रहेका १४ वटा नाटक महानगरीय ट्राफिक प्रहरी महाशाखामा रहेको मेट्रो एफएमले उपयोग गर्ने भएको छ । उक्त समारोह सोही नाटक लेखन प्रतियोगिताको विजेताताहरुलाई पुरस्कृत गर्न गरिएको थियो । समारोहमा क्लिन अप नेपालद्वारा आफूले संचालन गरिरहेको परियोजना नेपाल वेस्ट म्याप, जेरो वेस्ट इन स्कूल र प्रेसिअस प्लास्टिककोको बारेमा पनि प्रकाश पारिएको थियो । नाटक प्रतियोगिता अन्तर्गत भिडियो निर्माण गरिएको विजेता विद्यालयको नाटकलाई प्रिमियर गर्दै, तेश्रो विजयी नाटकलाई स्टेजमा बिमोचन पनि गरिएकाे थियो । सोही समारोहमा जेरो वेस्ट परियोजना अन्तर्गत आयोजना गरिएको वक्तृत्वकला र निबन्ध प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत गरिएको थियो । समारोहका प्रमुख अतिथि भू.पू. मन्त्री गणेश शाहले क्लिन अप नेपालले सबै वर्ग र समूहलाई समेटेर गरेको यस कार्यक्रममा आफू पनि सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै आउने दिनमा पनि यस्तै कार्यक्रम गर्न उपस्थित सबै माझ सुझाव दिनुका साथै आगामी दिनमा सहयोग चाहिएमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । यस अभियानका सहयोगी दाता लक्ष्मी बैँक, वेस्ट कन्सर्न, टिम क्येस्ट, द एसिया फाउन्डेसन, महानगरीय ट्राफिक प्रहरी महाशाखा र अन्य संस्था तथा विद्यालय सहभागी थिए । लक्ष्मी बैँक र वेस्ट कन्सर्न यस वर्ष २०७६ देशव्यापी अभियानका मुख्य सहयोगी दाताहरु हून् । यस देशव्यापी अभियान, वर्ष २०६९ मा सरसफाई अभियानबाट सुरु गरिएको थियो र हाल सम्म यस अभियानको पहूँच अनुमानित १ लाख ६२ हजार सर्वसाधारण माझ पुगिसकेको छ ।साथसाथै यस अभियानबाट ४५ जिल्लाहरुमा रहेको १ हजार १ सय १ संकलन बिन्दुबाट करिब ६ लाख ५५ हजार किलो फोहोर संकलन गरिएको छ । यस अभियानका लागि क्लिन अप नेपालले करिब ३ सय सरोकारवालाहरुसँग साझेदारी र सहकार्य गरिसकेको छ ।
चलचित्र निर्देशक राजु गिरी ‘राष्ट्रिय नागरिक सम्मान’ बाट सम्मानित
काठमाडौँ । चलचित्र निर्देशक राजु गिरी ‘राष्ट्रिय नागरिक सम्मान’ बाट सम्मानित भएका छन्। नागरिक समाजले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा निर्देशक गिरीलाई सम्मान गरेको हो। कार्यक्रमका प्रमूख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले निर्देशक गिरीलाई खादा र प्रमाणपत्रसहित ‘राष्ट्रिय नगरिकन सम्मान २०७६’ बाट सम्मान गरेका हुन् । बिगत दुई दशक देखि चलचित्र क्षेत्रको प्रबर्धन लागिपरेका चलचित्र निर्देशक राजु गिरि ट्वाक्क टुक्क हास्य टेलिचलचित्रबाट अभिनय सुरु गर्दै आफ्नै लगानीमा ५२ घुस्सा ५३ ठक्कर टेलिफिल्म समेत निर्माण गरे । तत्पश्चात चलचित्र ‘चन्द्रवती’ मार्फत उनले निर्देशन यात्रा तय गरे । उक्त हिट चलचित्रमा राजेश हमाल, मुना उप्रेती, आयुष रिजाल लगायतले अभिनय गरेका थिए । उक्त चलचित्र हिट भएपछि उनले चलचित्र ‘बिन्दास’ को सिव्कलको निर्देशन गरे । उनले विन्दास- २ विन्दास- ३, विन्दास लाइफ- ४, मखमली – मखमली, टाइगर, जिस्म जिम्म –२, द रियल हिरो, राजा निर्देशन गरेका थिए । उनले निर्देशन गरेको चलचित्र मखमली चलचित्र २०१६ मा अमेरिकन फिल्म मार्केटमा नेपाली चलचित्रबाट छनौट भएको थियो र निर्देशक राजु गिरीले भोजपुरी चलचित्र ‘दिले वालेू हिन्दी चलचित्र ‘म्याड लबू पनि निर्देशन गर्ने तयारीमा छन् अहिलेका व्यस्त निर्देशक राजु गिरी चलचित्र ‘किर्ती’ छायांकन सकेर चलचित्र ‘म्याड लव’ हिन्दी चलचित्र निर्देशन गर्ने तयारीमा छन् । उनले एक दर्जन भन्दा बढि नेपाली उत्कृष्ट चलचित्र निर्देशन गर्दै नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदान तथा चलचित्र सम्बन्धि विभिन्न संघ संस्ठामा आबद्ध रही चलचित्रकर्मीहरुको उत्थानमा लागि पर्दै देश सेवामा समर्पित रहदैं आएको हुनाले उनको कार्यमा उच्च मुल्यांकन गर्दै सम्मान गरिएको थियो । निर्देशक राजु गिरि दर्जनौ राष्ट्रिय अन्तराष्ट्रिय सम्मान तथा अवार्ड मार्फत सम्मानित भईसकेका छन् ।
गायक सुनिल गिरीको ‘रोगै पिरती’ गीतको भिडियो सार्वजनिक
काठमाडौं । गायक सुनिल गिरीको नयाँ गीत ‘रोगै पिरती’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । लाम क्यारे माया बोलको गीतले चर्चा बटुलिरहेकै बेला गायक गिरीले शनिबार आफ्नै च्यानलबाट रोगै पिरती बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् । तनहुँ आसपासका स्थानमा गाउँले परिवेशमा तयार पारिएको भिडियो हेर्दा हरेक प्रेमी जोडीले आफ्नो वैशाँलु उमेरमा बिताएको प्रेम र विछोडका विभिन्न चरणहरुलाई जीवन्त शैलीमा प्रस्तुत गरिएको छ । गायक स्वयमको अभिनय रहेको गीतको भिडियोमा समिक्षा क्षेत्रीको अभिनय देख्न सकिन्छ । मनोज कार्कीको सम्पादन तथा मोसन ग्राफिक रहेको भिडियोको निर्देशन अनिलकृष्ण मानन्धरले गरेका हुन् । निर्देशक मानन्धरकै छायांकन रहेको गीतको एजेन्ज, कम्पोज पनि गायक गिरीकै हो ।हेर्नुहाेस् भिडियाे