रास्वपा २८ स्थानमा विजयी, ८९ क्षेत्रमा अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म २८ क्षेत्रमा जित निकालेको छ । बिहान १०ः१५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ८९ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।  निर्वाचन आयोगका अनुसार रास्वपाबाट मोरङ क्षेत्र नं ४ मा  सन्तोष राजवंशी, मोरङ ६ मा रुविना आचार्य, धनुषा ३ मा मनिष झा, महोत्तरी १ मा प्रमोदकुमार महतो, बारा ३ मा अरविन्द साह, पर्सा १ मा बुद्धिप्रसाद पन्त, काठमाडौं १ मा रन्जु न्यौपाने, काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं ९ मा डोलप्रसाद अर्याल, काठमाडौं १० मा प्रदीप विष्ट र भक्तपुर १ मा रुकेश रञ्जित निर्वाचित भइसकेका छन् ।  यस्तै चितवन क्षेत्र नं २ मा रवि लामिछाने, कास्की क्षेत्र नं २ मा उत्तमप्रसाद पौडेल, कास्की ३ मा वीना गुरुङ, स्याङ्जा १ मा धनन्जय रेग्मी, पर्वत १ मा सागर भुसाल, रुपन्देही २ मा सुलभ खरेल, रुपन्देही ३ मा डा लेखजङ्ग थापा, रुपन्देही ४ बाट कन्हैया बनिया, बाँके निर्वाचन क्षेत्र नं १ मा सुरेशकुमार चौधरी, बाँके ३ मा खगेन्द्र सुनार र कैलाली १ मा कोमल ज्ञवाली विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।  आयोगका अनुसार हालसम्म ३४ स्थानमा नतिजा सार्वजनिक भइसकेको छ । पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष० निर्वाचन प्रणालीतर्फ कूल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६१ निर्वाचन क्षेत्रमा मतगणना भइरहको छ ।  नेपाली कांग्रेसले चार क्षेत्रमा जित निकालेको छ । तेह्रथुम क्षेत्र नं १ मा सन्तोष सुब्बा, मनाङ १ मा कांग्रेसका टेकबहादुर गुरुङ, मुस्ताङ निर्वाचन क्षेत्र नं १ मा योगेश गौचन थकाली र दैलेख क्षेत्र नं १ मा बासना थापा विजयी भएको छ । जारी मतगणनामा कांग्रेसका उम्मेदवार १० स्थानमा अगाडि रहेका छन् ।  नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रुकुम पूर्व निर्वाचन क्षेत्र नं १ बाट सो पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भइसक्नुभएको छ । नेकपाका उम्मेदवार जारी मतगणनामा ११ क्षेत्रमा अग्रस्थानमा रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट बाँके निर्वाचन क्षेत्र नं १ मा मोहम्मद इश्तियाक राई विजयी भएका छन् । एमालेका उम्मेदवार १० निर्वाचन क्षेत्रमा अगाडि रहेका छन् ।  म्याग्दी निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भइसकेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको थियो । श्रम संस्कृति पार्टीका उम्मेदवार पाँच र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एक स्थानमा अगाडि रहेका छन् ।   दोस्रो पार्टी बन्नका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा देखिएको छ । हालसम्म कांग्रेस पाँच जितसहित ९ ठाउँमा अगाडि छ भने एमाले दुई जितसहित ९ ठाउँमा अगाडि छ । यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दुई जितसहित १० ठाउँमा अगाडि छ । 

झापा–५ मा बालेन ३९ हजार मतसहित अगाडि, ओलीलाई ठूलो अन्तरले पछि पार्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन्द्र शाह (बालेन) ले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको मतान्तर झन् बढाएका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार बालेन २९ हजारभन्दा बढी मतले अग्रस्थानमा रहेका छन् । उनले ३९ हजार २८४ मत प्राप्त गर्दा ओली १० हजार २९३ मतसहित दोस्रो स्थानमा छन् । यस क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ६ हजार ३२४ मतसहित तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १ हजार ९६ मत प्राप्त गरेकी छन् । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले ९४१ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलाले ८६१ मत पाएका छन् । अन्य उम्मेदवारले चार अंकको मत जोड्न सकेका छैनन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार झापा–५ मा हालसम्म ६२ हजार १ सय मत गणना भइसकेको छ । जसमध्ये ५९ हजार ५५१ मत सदर भएका छन् भने २ हजार ५४९ मत बदर भएको जनाइएको छ । 

भक्तपुर-२ मा रास्वपाका उम्मेदवार राजीव खत्री निर्वाचित

काठमाडौं । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री निर्वाचित भएका छन् । रास्वपाका उम्मेदवार खत्री ३४ हजार ७ सय २ मत प्राप्त गर्दै निर्वाचित भएका हुन । उनका प्रतिस्पर्धि रहेका नेकपा एमालेका उम्मेदवार रहेका महेश बस्नेतले आठ हजार तीन सय ५१ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसका उम्मेदवार कवीर रानाले ७ हजार तीन सय २१ मत प्राप्त गरेको छन् ।