झापा ५ मा बालेनको जित सुनिश्चित

काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाहको विजय सुनिश्चित भएको छ । बालेनले ४७ हजार ७७९ मत पाउँदा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले १२ हजार ६९९ मत प्राप्त गरे। ओलीभन्दा बालेन ३५ हजार ८० मतले अगाडि छन् ।  हालसम्म ७५ हजार ३७७ मत गणना भइसकेको छ । उक्त क्षेत्रमा कुल १ लख ६ हजार ३७२ मत खसेको थियो । अब भने सो क्षेत्रमा ३० हजार ९९५ मत गणना गर्न बाँकी रहेको छ ।

मेयरमा पराजित भएका गनेस पौडेलकाे संसदीय यात्रा सुरु

काठमाडौं । कास्की– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गडकराज पौडेल (गनेस पौडेल) निर्वाचित भएका छन्। जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार पौडेलले ३९ हजार ८८३ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तीलक रानाभाटले ११ हजार २१४ मत पाएर दोस्रो भएका छन् ।  नेकपा एमालेका उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४२९ मत पाएका छन् । यस क्षेत्रबाट नेकपा उम्मेदवार राजकाजी गुरुङ ‘करण’ले २ हजार ४७९ मत र राप्रपाका बाबुराम थापाले ९७८ मत पाएका छन्। पौडेल २०७९ मा भएको स्थानीय तह निर्वाचनमा पोखरा महानगरको मेयर पदमा पराजित भएका थिए । उनी साहित्यकार पनि हुन् । उनले ‘पैतला’ नामक उपन्यास लेखेका छन् भने एक उपन्यासको अनुवादसमेत गरेका छन् ।

सर्लाही ४ मा अमेरशले १६ हजार २२७ पाउँदा गगनले कति मत पाए ?

काठमाडौं । सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेश सिंहले १६ हजार २२७ मत पाएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका गगन थापा साढे ६ हजार मतान्तरले पछि परेका छन् । कांग्रेसका थापाले ९ हजार ६७४ मत पाएका छन् ।  यसैगरी, नेकपा एमालेका अमनिश कुमार यादवले ३ हजार २६१ मत पाएर तेस्रो स्थानमा छन् भने एक हजार २२ मतसहित जनमत पार्टीका राकेश मिश्र चौथोमा छन् ।   नेकपाका रजनिस रायले ७०३ मत ल्याएका छन् ।