कांग्रेसको १५औं महाधिवेशन भदौमा हुने, यस्तो छ कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको १५औं  महाधिवेशन भदौमा हुने भएको छ । कांग्रेसले भदौ २४, २५  र २६ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । गत पुस २७ गते भएको विशेष महाधिवेशनले गगन कुमार थापालाई सभापतिमा निर्वाचित गराएको थियो ।  त्यस्तै, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका थिए भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका थिए । यस्तो छ कार्यतालिका   

‘रास्वपालाई कांग्रेसको पूर्ण सहयोग रहन्छ, ठूल्ठूला भ्रष्टाचारका काण्ड छानबिन हुनैपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पूर्ण साथ रहने बताएका छन् । मंगलबार केन्द्रीय समितिको बैठकमा बोल्दै उनले ठूलो जनमतबाट सरकार सञ्चालन गर्ने अवसर पाएको रास्वपालाई नेपाली कांग्रेसले पूर्ण साथ र समर्थन गर्ने बताएका हुन् । ‘रास्वपाले ठूलो जनमत पाएको बधाई दिन चाहन्छु, अबको पाँच वर्ष सरकार सञ्चालनको जिम्मेवारी रास्वपाले पाएको छ, सरकारलाई हाम्रो साथ रहन्छ, अप्ठ्यारो परेको बेला सहयोग गरिन्छ । तर, आलोचना गर्ने ठाउँमा पनि प्रश्न गर्छौं,’ उनले भने ।  ‘अब जुनसुकै भ्रष्टाचारका विषयमा छानबिन हुनुपर्छ, कारवाही हुनुपर्छ, ललिता निवास, बालुवाटार काण्ड, भदौ २३ र २४ गते नेताहरुको घरमा भेटिएको पैसामा छानबिन हुनुपर्छ,’ त्यसमा हामी सँगै रहनेछौं,’ उनले भने ।  उनले कुनै पनि संस्थाको स्वायत्त र स्वतन्त्रताका कुराहरुमा रास्वपाले चलाउन नहुने कुरामा पनि आग्रह गरे ।   

गगनले भने– मत माग्न नजानेहरूलाई राजीनामा माग्ने अधिकार छैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनमा मत माग्न नजाने र मत नदिनेहरूले राजीनामा माग्नुको औचित्य नभएको बताएका छन् ।  मंगलबार कांग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सभापति थापाले निर्वाचन परिणाम आएलगत्तै राजीनामा दिने सोच बनाएको भए पनि प्राविधिक कारणले राजीनामा सम्भव नभएको बताए । त्यस्तै, उनले कांग्रेसमा नयाँ अध्यायको सुरुवात भएको बताए । आगामी १५ औं नियमित महाधिवेशनले यो अध्यायायलाई निष्कर्षमा पुर्‍याउने थापाको भनाइ रहेको छ । थापाले निर्वाचन परिणाम आएलगत्तै राजीनामा दिएका थिए ।  राजीनामाको बारेमा केन्द्रीय समितिमा भएको छलफल र त्यसलाई अस्वीकार गर्ने कार्यलाई उनले पुरानै अध्याय भनेका छन् । आजबाट सुरु भएको जिम्मेवारीलाई थापाले नयाँ अध्याय मानेका छन् ।