पीएलओ लुब्रिकेन्टसकाे डिलर मीट बैंककमा, ८० जनाको टोली थाइल्याण्ड प्रस्थान

काठमाडौं । पूर्वाञ्चल ल्यूव आयल पीएलओ लुब्रिकेन्टस् ले यसपटक नेपालभरका डिलरहरुको मीट (सम्मेलन) थाइल्याण्डमा गर्ने भएको छ । यसका लागि ६० डिलर र २० जना कर्मचारीसहित ८० जनाको टोली गत शनिबार बैंकक प्रस्थान गरेको हो । साउन १५ गतेबाट १९ गतेसम्म ५ दिन चल्ने डिलर्स मीटसँगै थाइल्याण्डका विभिन्न शहरको अवलोकन गराउने कार्यक्रम रहेको पीएलओ लुब्रिकेन्टसका निर्देशक कृष्णप्रसाद दुलालले जानकारी दिए । पीएलओ, मेगा, स्टार लुब्रिकेन्टसको उत्पादन तथा वितरण गर्दै आएको पूर्वान्चल ल्यूब आयलले आफू नेपाली उत्पादनमध्ये पहिलो नम्बरमा रहेको दाबी गर्दै आएको छ । उच्च बजार हिस्सा ओगट्ने गरी प्रवद्र्धनमा जुटिरहेको पीएलओले केही समयभित्रै स्वदेशी उत्पादनको ४० प्रतिशत हिस्सा आफू मातहत रहने दाबी गरेको छ । मोरङको बिराटचोकमा उत्पादन प्लान्ट राखेको पिएलओले आफ्ना उत्पादन नेपालभर बिक्री वितरण गर्दै आएको छ ।यसअघि पीएलओले आफ्ना उत्कृष्ट डिलरलाई सिंगापुर, मलेसिया, थाइल्याण्ड र इन्डोनेसियाको भ्रमण गराइसकेको छ ।

सांग्रिला बैंकको समिक्षा भेला सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले शाखा प्रमुखहरुको २ दिने समिक्षा भेला सम्पन्न गरेको छ । बैंकले आर्थिक बर्ष २०७३ र ७४ को समिक्षा भेला साउन ७ र ८ गते पोखरामा गरेको थियो। बैकका बिभिन्न बिभागीय प्रमुख क्षेत्रीय प्रबन्धक र शाखा प्रमुुख गरी ४५ जना कर्मचारीको सहभागीतामा प्रशिक्षण तथा समिक्षा कार्यक्रम आयोजना गरेको जनाएको छ । प्रशिक्षण कार्यक्रममा बैंकका नायब प्रमुुख कार्यकारी अधिकृत दिनेश थकालीले बैंकको गत आर्थिक बर्षको समिक्षा गर्नुुको साथै बैंकको भावी योजना तथा रणनीतिको बारेमा प्रष्ट पारेका थिए । नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई जारी गरेको परिमार्जित निर्देशनको बारेमा नेपाल राष्ट्र बैंकका उप-निर्देशक शरण कुुमार अधिकारीले प्रशिक्षण दिएका हुन् । कार्यक्रममा हास्य कलाकार हरिवंश आचार्यल पनि प्रशिक्षण दिएका थिए । सो कार्यक्रममा संचालक समितिको तर्फबाट अध्यक्ष प्रा डा रविन्द्र प्रसाद श्रेष्ठ, संचालक शिवलाल मल्लले बैकको वर्तमान अवस्था र भावी कार्यक्रममाथि प्रकाश पारेका थिए । बैंकले आर्थिक बर्ष २०७३ र ७४ मा १३ अर्व ८७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । ११ अर्ब ६६ करोड कर्जा प्रवाह गरि करिब ५४ करोड १ लाख रुपैयाँ संचालन मुनाफा कमाएको छ ।  

एनआईसी एशिया बैंकद्धारा अनाथ बाल बाटिका संघलाई शैक्षिक सामाग्री हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर जिल्लाको भैसेपाटी स्थित अनाथ बाल बाटिका संघलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सेवाको १९ बर्ष पार गरी २० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उक्त बाटिकामा आश्रीत विभिन्न दुर्गम जिल्लाहरुबाट आश्रय लिएका बालबालिकाहरुको लागि आवश्यक शैक्षिक सामाग्री एवं खाद्य समाग्री वितरण गरेको हो । साथै, सोहि अवसर पारेर बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हद सम्म भएपनि सहयोग हुने अपेक्षा लिई थापाथली स्थित आफ्नो रजिष्टार्ड कार्यालय भएको भवनमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जस्मा करीब १५० जना रक्तदाताले रक्तदान गरि सहयोग गरे । बैंकले हालै देश भरि फैलिएको आफ्नो शाखा संजाल मार्फत देशको विभिन्न स्थानहरुमा करिब ८००० विरुवाहरुको वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको थियो । यस्तो वृक्षारोपणबाट वातावरणीय सन्तुलन र हरियाली कायम गर्न थप योगदान पुग्ने विश्वास पनि बैंकले लिएको छ ।