‘लेट मी डान्स नेपाल’को उपाधि म्याग्दीकी बिष्णुलाई
काठमाडौं । ‘लेट मी डान्स नेपाल’ ‘सिजन-२’को उपाधि म्याग्दीकी बिष्णु मगरले हात पारेकी छन् । राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित फाईनल कार्यक्रममा ८ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले तीन लाखसहित अवार्ड, प्रमाण पत्र हात पारेकी हुन् । त्रिकाल आर्ट एकेडेमी र मिटिङ प्वईन्ट नेपालको संयुक्त आयोजनामा संचालन भएको ‘लेट मी डान्स नेपाल सिजन–२’को फस्ट रनरअप दाङकी खिमा काउचा मगर हुन सफल भईन् । त्यस्तै, सेकेण्ड रनरअपको उपाधि धादीङका योगेश श्रेष्ठले ५० हजारसहित अन्य पुरस्कार जिते । त्यस्तै, थड रनरअपको उपाधि ललितपुरका अभिषेक महर्जनले जित्न सफल भए । देशका विभिन्न स्थानमा छरिएर रहेका अनि लुकेर बसेका प्रतिभहरुलाई एकै ठाउँमा समेटि ती प्रतिभाहरुलाई निखारि बाहिर ल्याउने र राष्ट्रियस्तरमा उनीहरुको प्रतिभा पुर्याउने उद्देश्यले संचलनका ल्याईएको ‘लेट मी डान्स नेपाल’ ‘सिजन-२’को फाईनल कार्यक्रम संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । त्यस्तै, अतिथिमा कलाकार बिएस राणा, मिथिला शर्मा, नायक शुशिल क्षेत्रीलगायतको उपस्थिती रहेको थियो । भोड्काले प्रयोजन गरेको ‘भोड्का लेट मी डान्स नेपाल’को दोस्रो संस्करणका विजेताहरुलाई ५ लाख दिईएको आयोजक तथा संस्थाका अध्यक्ष क्षेडुुप लामाले बताए । ‘लेट मी डान्स नेपाल’को ‘सिजन-२’ मा उत्कृष्ट ५० बाट उत्कृष्ट २५, उत्कृष्ट १५, उत्कृष्ट ११ हुँदै उत्कृष्ट ८ मा फाईनल भएको हो । ‘लेट मी डान्स नेपाल’ प्रतियोगीता ‘सिजान-२’ का जर्जहरु नृत्य निर्देशक जोगेन्द्र केसी, नायिका मेलिना मानन्धर र नृत्य निर्देशक तथा गायक प्रेम लामा रहेका थिए । प्रतियोगीताको फाईनलमा ७० प्रतिशत भोटको आधारमा र बाँकि ३० प्रतिशत जर्जको निर्णयमा भएको थियो ।
जनता बैंकले सिद्धार्थ डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित, चुक्ता पूँजी ६ अर्ब नाघ्ने
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति(एक्विजिशन) गर्नेे प्रस्ताव पारित भएको छ । बैंकको उक्त प्रस्तावलाई शुक्रबार सम्पन्न सिद्धार्थ डेभलपमेण्ट बैंकको विशेष साधारण सभाले पारित गरेको हो । साथै, दुबै संस्था एक्विजिशन पश्चात जनता बैंक नेपालको नामबाट एकिकृत कारोवार शुरु हुने छ । उक्त एक्विजिशन पश्चात बनेको जनता बैंक नेपालको स्वाप रेसियो एक बराबर एक रहेको बैंकले जनाएको छ । एकिकृत कारोवार पश्चात जनता बैंक नेपालको चुक्ता पूँजी ६ अर्ब ०६ करोड ५४ लाख रुपैयाँ नाघ्ने छ । सिद्धार्थ डेभलपमेण्ट बैंकले निश्कासन गरेको ६० प्रतिशत हकप्रद शेयर बापतको रकम ८५ करोड १५ लाख रुपैयाँ बिक्री पश्चात बैंकको कुल शेयर पूँजी जम्मा ६ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ पुग्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, एकिकृत कारोवार पश्चात जनता बैंक नेपाल लि.ले चालु आ.ब.को नाफाबाट नेपाल राष्ट्र बैंकको निर्देशनुसारको ८ अर्ब रुपैयाँ चुक्ता पूँजी सजिलै पुग्ने बैंकको दावी छ । साथै सभाले ६ सदस्यीय संचालक समितिको निर्वाचन पनि सम्पन्न गरेको छ । जस अनुसार नवगठित सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट राम बहादुर भण्डारी , रतन लाल अग्रवाल र उद्धव चन्द्र गौतम तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट अर्जुन कुमार भट्टराई, बद्री खनाल र एनपीसिएम इण्भेष्टमेण्ट प्रा.लि. को निर्विरोध चयन गरेको छ ।
भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको नयाँ शाखा रुपन्देही जिल्लाको बुटवलमा
काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले शुक्रबार रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. १३, देवीनगरमा आफनो ४५ औं शाखा कार्यालयको शुरुवात गरेको छ । बैंकले त्यस क्षेत्रमा रहेका जनतामा सरल र सहज बैकिङ्ग पहुँचको उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याइको हो । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले गरेका छन् । बैंकको केन्द्रीय कार्यालय काठमाण्डौंमा रही देशका विभिन्न भागमा रहेका यस शाखा सहित कुल ४५ वटा शाखा सञ्जालहरुर १२ वटा एटिएमबाट आफना बैकिङ्ग सेवा प्रदान गर्दे आएको छ । यस बैंकले आफनो शाखा कार्यालयहरुबाट विभिन्न प्रकारको निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, लकर, मोबाइल बैंकिङ लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।