एनआईसी एशिया बैंकद्धारा अनाथ बाल बाटिका संघलाई शैक्षिक सामाग्री हस्तान्तरण
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर जिल्लाको भैसेपाटी स्थित अनाथ बाल बाटिका संघलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सेवाको १९ बर्ष पार गरी २० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उक्त बाटिकामा आश्रीत विभिन्न दुर्गम जिल्लाहरुबाट आश्रय लिएका बालबालिकाहरुको लागि आवश्यक शैक्षिक सामाग्री एवं खाद्य समाग्री वितरण गरेको हो । साथै, सोहि अवसर पारेर बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हद सम्म भएपनि सहयोग हुने अपेक्षा लिई थापाथली स्थित आफ्नो रजिष्टार्ड कार्यालय भएको भवनमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जस्मा करीब १५० जना रक्तदाताले रक्तदान गरि सहयोग गरे । बैंकले हालै देश भरि फैलिएको आफ्नो शाखा संजाल मार्फत देशको विभिन्न स्थानहरुमा करिब ८००० विरुवाहरुको वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको थियो । यस्तो वृक्षारोपणबाट वातावरणीय सन्तुलन र हरियाली कायम गर्न थप योगदान पुग्ने विश्वास पनि बैंकले लिएको छ ।
कतार एयरवेजले विद्यार्थीहरुलाई अमेरिकाको १० शहरमा भ्रमण गराउने
कठमाडौं ।कतार एयरवेजले विद्यार्थीहरुलाई अमेरिकाको १० शहरमा भ्रमण गराउने भएको छ । सर्वाधिक प्रतिक्षारत बार्षिक अन्तरराष्ट्रिय भ्रमण कार्यक्रमका रुपमा आफ्ना विद्यार्थीहरुलाई यूल्लेन्स स्कुललेअमेरिका भ्रमणमा लैजान लागेको हो । यूलेन्स स्कूलमा अध्ययनरत ४२ विद्यार्थीहरुलाई जुलाई २१ देखि अगष्ट ४ सम्म अमेरिका भ्रमणमा लेजाने बताईएको छ । भ्रमणमा रहेका विद्यार्थीले न्यू योर्क, ओरल्यान्डो, मियामी, वासिंटन डिसी लगायत स्थानको भ्रमण गराउने जानकारी उक्त जारि प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त भ्रमणको मुल उद्देश्य विद्यार्थीहरुलाई नासाको रकेट स्पेस कार्यक्रमबारे ज्ञान दिने तथा अमेरिकाका विभिन्न स्थानको भ्रमण गरी त्यहाँको संस्कृती जान्ने अवसर प्रदान गर्ने गरेको बताइएको छ । विद्यार्थीहरुले नासा केन्नेडी स्पेस सेन्टर, स्मिथ सोनियन म्यूजियम अफ नेशनल हिष्ट्रि, यूएन हेडक्वाटर, वाल स्ट्रिट, म्याडम टूसाउड व्याक्स म्यूजिम लगायत स्थानको भ्रमण तथा अवलोकन गर्ने जानकारी दिइएको छ । ओशो ट्राभल्ससंगको सहकार्यमा सन् २०१७ का लागि विश्वकै सर्वोत्कृष्ट एयरलाइन घोषित कतार एयरवेज मार्फत भ्रमण दल अमेरिका घुम्ने एयरवेजले जनाएको छ । कतार एयरवेजसंग आफ्ना विद्यार्थीलाई नयाँ स्थान र नयाँ ज्ञानका लागि भ्रमणमा लाने क्रममा स्मरणिय एन फ्लाइट प्रदान गर्न पाउँदा यूल्लेन्स स्कूल अत्यन्त प्रशन्न रहेको विद्यालयले जानकरी दिएको छ । कतार एयरवेजले न्यू योर्क, एट्लान्टा, वासिंटन डीसी, बोस्टन, सिकागो, हुस्टन, डल्लास, मियामी, लस एन्जेलस, फिलाडेल्फिया गरी १० शहरमा दैनिक उडान भर्ने गरेको एयरवेजले जनाइएको छ ।
वेडिङ फोटो अवार्ड चितवनका सुमन सापकोटालार्इ
काठमाडौं । क्यानन केपिए वेडिङ फोटो अवार्ड २०१७ को उपाधी चितवनका सुमन सापकोटाले हात पारेका छन् । उनले बिवाहमा खिचेको तस्बिरले पहिलो बन्दै उपत्यका बाहिरको फोटोग्राफरलाई बिजयी मात्र बनाएनन् क्यानन ६ डि क्यामेरा समेत जिताउन सफल भए । काठमाडौं फोटोग्राफर संघको आयोजनामा सम्पन्न क्यानन केपिए वेडिङ फोटो अवार्डको दोस्रो पुरस्कार काठमाडौंका फोटोग्राफर ओमलाल अकेलाले खिचेको बिवाहको तस्बिरले पाएको थियो। उनले क्याननको तर्फबाट क्यानन ८० डि क्यामेरा पाएको प्रेस विज्ञप्तिमा रल्लेख छ । यसैगरी तेस्रो पुरस्कार काठमाडौंकै मनोज रत्न शाहीले खिचेको फोटोले पाएको थियो भने उनले क्याननकै ७५० डि क्यामेरा पाएका थिए । उत्कृष्ट १० मा पर्न सफल फोटोग्राफरहरुले स्न्यापरर्स फोटो गुड्सको तर्फबाट म्यानफ्रोटोको ट्राइपड र लोएप्रोको क्यामेरा ब्याग पाएका थिए । यसैगरी उत्कृष्ट २० मा पर्न सफल फोटोग्राफरहरुले डेलको ल्पापटप ब्याग, फोटो पेपर र प्रमाणपत्र पाएका थिए । अवार्ड बिजेताहरुलार्इ प्रमुख अतिथी मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले शील्ड, पुरस्कार र प्रमाणपत्र बितरण गरेका थिए । पुरस्कृत भएका फोटोहरु सँगै उत्कृष्ट १०० तस्बिरहरु बबरमहल स्थित आर्ट काउन्सिलमा प्रदर्शनी हुने जानकारी दिदै संघका अध्यक्ष भबदेब थापाले साउन ९ देखि ११ गतेसम्म बबरमहलमा हुने फोटो प्रदर्शनीको अबलोकनका लागि आउन सर्बसाधारणलाई आग्रह गरेका छन् । ७ सय भन्दा बढी फोटोग्राफरहरुका लगभग १२ सय फोटोहरु समाबेश भएको बताउँदै फोटो अवार्डका संयोजक धर्मराज केसीले यो पटकको अवार्ड काठमाडौंका फोटोग्राफरहरुलाई पछि पार्दै उपत्यका भन्दा बाहिरको फोटोग्राफरले जितेको बताए । मोफसलमा पनि यो कार्यक्रमको प्रभाव बढेको बताउँदै संयोजक केसीले आगामी बर्षहरुमा यसको प्रभाव नेपालभर पर्ने दाबी गरे । कार्यक्रममा क्यानन नेपालका प्रमुख सुनिल त्रिबेदीले काठमाडौ फोटोग्राफर संघ संग मिलेर गरेको यो कार्यक्रम सफल बनेको बताउँदै आगामी दिनमा पनि यसको निरन्तरता हुने बताए ।