हुन्डाइ मोटरद्धारा लक्ष्मी इन्टर कन्टिनेन्टललाई ‘रिजनल एक्सिलेन्स अवार्ड’ प्रदान
काठमाडौं । नेपालका लागि हुन्डाइ मोटरको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सन् २०१६ को ‘रिजनल एक्सिलेन्स अवार्ड’ पाएको छ । हुन्डाइ मोटर कम्पनीले ५० वर्ष पार गरेको अवसर कोरियामा आयोजना गरेको ‘ग्लोबल डिष्ट्रिब्युसन कन्भेन्सन’ को अवसरमा सो अवार्ड प्रदान गरिएको हो । लक्ष्मी ग्रपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले उक्त अवार्ड ग्रहण गरेका छन् । २७ देखि ३० बैशाखसम्म उक्त कन्भेन्सनमा १३२ मुलुकबाट २८४ सहभागी थिए । ‘फिप्टी इयर्स एन्ड मोर’ नाराका साथ आयोजना भएको सम्मेलनमा कम्पनीका तर्फबाट ५० वर्षको अनुभव र भावी योजना ‘शेयर’ गरिएको थियो । ‘सिइओ कन्फरेन्स’को अवसरमा हुन्डाइ मोटरले ‘टप टायर अटोमोटिभ ब्रान्ड’ बन्ने घोषणा गरेको छ । त्यसका लागि विश्वभरका उपभोक्तालाई ‘हाइ भ्यालु’ सेवा दिने कम्पनीले जनाएको छ ।
आफ्नो मताधिकार प्रयोग गर्दै व्यवसायी चन्द्रप्रसाद ढकाल
मतदान गर्दै : नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् व्यवसायी चन्द्रप्रसाद ढकाल काठमाडौंस्थित विशालनगर मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गर्दै ।
जियोनीको नयाँ स्मार्टफोन एस १० को तस्वीरहरु लिक, चारवटा क्यामरा सहित
चीनको चर्चित स्मार्टफोन निर्माता कम्पनी जियोनीले चाडै नै एस १० सार्वजनिक गर्दैछ । भर्खरै मात्र यो स्मार्टफोनको तस्वीरहरु लिक भएका छन् । जसलाई आधार मानेर यसको नयाँ क्यामराको बारेमा चर्चा भइरहेको छ । यी तस्वीरहरुमा स्मार्टफोनको गोल्ड भेरियन्ट देखिन्छ । खासमा यो स्मार्टफोनमा चारवटा क्यामरा भएको अड्कल गरिएको छ । जियोनी एस १०को पछाडी दुई क्यामरा देखिन्छन्, जसले गर्दा अगाडी पनि दुईवटा हुनसक्ने अनुमान गरिएको छ । विभिन्न रिपोर्टहरुका अनुसार ड्युअल फ्रन्ट क्यामरा सेटअपमा २० मेगापिक्सलको साथमा आठ मेगापिक्सलको पनि क्यामरा हुनसक्छ । सोही स्मार्टफोनको पछाडी एउटा क्यामरा १६ मेगापिक्सल र अर्को आठ मेगापिक्सलको हुनसक्छ । केहि रिपोर्टका अनुसार भने यसको फ्रन्टमा दुई वटा क्यामरा हुनसक्ने र पछाडी एउटा मात्र क्यामरा हुनसक्छ । अर्को फिचरको कुरा गर्दा फोनमा ५.५ इञ्चको डिस्प्ले र यसको रिसोलुसन १९२०8*१०८० पिक्सल छ । फोनमा चार जिबी र्याम हुनसक्छ । मोबाइलमा इन्टरनेट स्टोरेज ६४ हुनसक्ने अनुमान छ । फोनको ब्याट्री भने ३४५० एमएएच क्षमताको हुने नवभारतटाइम्सको अनलाइन संस्करणमा उल्लेख छ ।