सीको भ्रमणमा सिङ्गारिएको सोल्टीमोड-कालिमाटी सडकखण्डको दुर्दशा(फोटो फिचर)
काठमाडौं । केही समय अघि चीनका राष्ट्रपति ‘सी जीन पिङ’ दुई दिने राजकीय भ्रमणमा नेपाल आए । उनी नेपालमा रहँदा सोल्टी होटलमा बसे । उनको आगमन र नेपाल बसाईका बेलासम्म कालीमाटी–सोल्टीमोड सडक खण्ड चिल्लो र सजिसजाउ पारिएको थियो । बनाइएको थियो र दायाँबायाँ सभा र चिटिक्क पारिएको थियो । सीको अगमनका बेला उक्त सडकमा न धुँवाधुलो थियो र न त अस्तव्यस्त अवस्था थियो । तर, २ दिनको राजकीय भ्रमण सकेर राष्ट्रपति सी फर्किएसँग सो सडक खण्डमा ढलको संरचना निर्माण थालिएको छ । जसले गर्दा उक्त स्थान फेरी अस्तव्यक्त र धुलाम्मे भएको छ । केही दिन अघिमात्रै पिच गरिएको तथा सजिसजाउ भएको सडक अहिले बाङबुङ्ग पारेर भत्काइदैछ । त्यसरी भत्काउनुको कारण ढल निर्माण हो, तर सडक बनाउने, फेरी भत्काउने, फेरी थप संरचना बनाउने गर्दा पक्कैपनि राम्रो देखिदैन । नेपालको विकास मोडल ठीक छैन । सडक बनाइन्छ, जब सडक भत्कन थाल्छ अनि छेउ छेउमा ढल बनाइन्छ । केही समयपछि पानीका पाइब बिछ्याउन फेरी सडक खनिन्छ अनि सडक खाल्डाखुल्डी भएर भत्कन्छ । यसरी हेर्दा सडक संरचनाको लागि सरकारको रकम खर्च भइरहेको हुन्छ र राम्रो भएको कहिलेपनि अनुभूति गर्न पनि पाइदैन । अहिले सोल्टीमोड–कालीमाटी सडकमा भएको पनि यही हो । सडक निमार्णका कारण धुुँलो प्रदुषण हुने नै भयो, तर कामलाई लामो समय लगाइदिंदा त्यसले दिर्घकालीन असर समेत पर्दै आएको छ । सडकमा सवारी चलाउनेदेखी पैदल यात्रा गर्ने, व्यवसाय गर्ने सबैले सास्ती भोग्दै आएका छन् ।
मेडिकल कलेजले लिएको अवैध शुल्क फिर्ता गर्न माग राख्दै माइतीघरमा विद्यार्थीहरुको प्रदर्शन (फोटोफिचर सहित)
काठमाडौं। चिकित्सक शिक्षा संघर्ष समितिले मंगलबार मेडिकल कलेजले लिदै आएको अवैध शुल्कको विरोधमा प्रदर्शन गरेको छ। मेडिकल कलेजहरुले लिएको अवैध शुल्कको विरोध गर्दै चिकित्सक शिक्षा संघर्ष समितिले माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो। मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। समितिले मेडिकल कलेजको गुण्डागर्दीको विरोध गर्दै चिकित्सक सुरक्षाको माग पनि राखेका छन्। उनीहरूले सरकारलाई मेडिकल कलेजलाई कारबाही नगरी चुपचाप बसी मेडिकल माफियाहरुलाई साथ दिँदै उनीहरुको गूण्डागर्दी प्रति गम्भिर नभएको आरोप लगाएकाे छ। तोकेको निर्धारित मापदण्डभन्दा बढी शुल्क असुलिकाविरुद्ध चिकित्सा शिक्षा संघर्ष समितिले विरोध जनाउँदै आएको छ।
तराईका बजारमा छठ पर्वका सामाग्री बिक्री बढ्यो(फोटो फिचर)
काठमाडौँ । तराईवासीहरुको महान् चाड छठ पर्व शुरु भएको छ । छठ पर्वको शुरु भएसँगै यो पर्वका लागि आवश्यक केरा, ढकी लगायतका सामाग्रीहरुको स्थानीय हटियाहरुमा बिक्री शुरु भएको छ । छठ पर्वलाई चाहिने सामाग्री खरिदका लागि स्थानीयवासीहरुको भीड हटियाहरुमा बढ्न थालेको छ । बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सुनसरी जिल्लामा देखिएको छठ सामाग्री, हेरौँ केही तस्विर । तस्विरः रासस