भारतीय टम्बो मोबाइल सेट नेपालमा, ३६५ दिनको फिर्ता वारेन्टी
काठमाडौं । भारतमा बनेको टम्बो ब्राण्डको नयाँ मोवाइल सेट नेपाली बजारमा आएको छ । टम्बो ब्राण्डको मोवाइल सेट भारतको अगस्टन र चीनको ओईएम कम्पनीको संयुक्त लगानीमा तयार पारिएको हो । शंकराचार्य मोवाइल प्राइभेट लिमिटेडले टम्बो ब्राण्डको मोवाइल नेपालमा भित्राएको हो । सन् २०१८ को अप्रिलदेखि भारतमा टम्बो ब्राण्डका विभिन्न मोवाइल सेट सार्वजनिक गरेको थियो । कम्पनीले पहिलो चरणमा सीमित मोडलका सुपर र फीचर मोवाइल सेट बजारमा ल्याएको छ । कम्पनीले हाल ६ मोडलका बार फोनहरु र २ मोडलका सुपरफोनहरु सार्वजनिक गरेको छ । टम्बो सुपरफोन टिए ३ नामका फोन सार्वजनिक गरेको छ, जुन सस्तो मुल्यमा आउने कम्पनीले बताएको छ । टम्बो ब्राण्डका फीचर फोनहरु १ हजार रुपैयाँबाट बजारमा उपलब्ध हुनेछ । टम्बो मोबाइलको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सबै मोडलका फोनहरुमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टी र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट दिईने कम्पनीले बताएको छ । टम्बोका नेपालमा उपलब्ध हुने सबै सुपरफोनहरुमा प्रिमियम स्मार्टफोनहरुमा हुने फेस रिकोग्निसन, फिंगरप्रिन्ट सेन्सरलगायतका फीचरहरु राखिएका छन् । यी फोनहरुमा फोरजी भिओएलटिई सपोर्ट हुनसका साथै वाईफाई, ब्लूटूथ, जीपीएस, हेडफोन ज्याकलगायतका फीचर छन् । कम्पनीले भारतमा रहेको ग्रेटर नोइडाको कारखाना छ ।
महाबौद्धस्थित ९ तले सैनिक अस्पताल सम्पन्न हुने अन्तिम चरणमा
काठमाडौं । महाबौद्धस्थित निमार्ण भइरहेको ९ तलाको सैनिक अस्पताल सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । ३२ वर्ष पुरानो यस अस्पताल भत्काएर ९ तलेको भवन बनाइएको हो । शुरुमा यस अस्पताल १७ तले बनाउने निर्णय गरिएको थियो । तर २०७२ सालको विनाशकारी भुकम्पका कारण ९ तले मात्र बनाइएको हो । सेनाका अनुसार भवन सम्पन्न भएपछि वार्षिक ५० करोडमा व्यापारीलाई भाडामा दिइने भएको छ । अस्पताल चलाउन भनेर बनाइएको अत्याधुनिक भवन सेनाले व्यापारिक प्रयोजनको लागि एभरेष्ट इन्टरप्राइजेनका सञ्चालक चन्द्रबहादुर श्रेष्ठले १५ वर्षका लागि भाडामा लिने भएको छन् । यस भवन कुल ३ लाख ३० हजार वर्गफिट क्षेत्रफलमा बनेकाे छ । सो मध्ये २ लाख ८५ हजार वर्गफिट एभरेष्ट इन्टरप्राइजेजले सेनासँग लिएर प्रयोग गर्ने भएको छ ।
यस्तो देखियो स्वयम्भूमा सेल्फी हान्नेको लर्को
ल है साथी हो, एउटा सेल्फी जाओस् त सेल्फी खिचेर फेसबुकमा त हाल्नै पर्यो एक सेल्फी स्वयम्भूको नाममा स्वयम्भूको डाँडामा सेल्फीको मजै बेग्लै, आहा……!!!