गौतमबुद्ध विमानस्थलको काम हुँदैछ धमाधम(फोटोफिचर)
काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा चर्चा गरिएको गौतमबुद्ध विमानस्थलको काम धमाधम भैरहेको छ । सन् २०१९ को अन्त्यसम्म पूर्ण क्षमतामा उडान गर्ने गरी विमानस्थलको काम भैरहेको छ । हाल विमानस्थलको धावन मार्ग, कन्ट्रोल रुम र अन्य प्राविधिक काम भैरहेको छ । photo/CAAN
भद्रगोल बागबजार
काठमाडौं । बागबजार स्थीत गल्लीहरुमा ढल व्यवस्थापनमा समस्या आएको छ । विभीन्न गल्लीहरुमा ढल व्यवस्थापन नहुँदा यात्री तथा स्थानीय बासिन्दा समस्यामा परेका छन् । ढल व्यवस्थापनको लागि बनिरहेका काममा पनि ठेकदारहरुले चरम लापारबाहि गरेका छन् । गल्लीका विभिन्न स्थानहरुमा सेफ्टीको प्रयोग नै नगरी १० फिट सम्मको खाल्डो यतिकै राखिएको छ । यसले सवारी, पैदल यात्री र बालबालिकालाई निकै असुरक्षित पारिरहेको स्थानीय बासिन्दाले बताएका छन् । याे पनि हेर्नुहाेस् बागबजारका घरघरमा ढल पस्यो, स्थानीयवासीको विचल्ली