फाेटाे फिचरः ग्लाेबल आइएमई बैंककाे १३ औं वार्षिक उत्सवमा सहभागि हुँदै कर्पाेरेट आइकन

ग्लाेबल आइएमई बैंककाे १३ औं वार्षिक उत्सवमा सहभागि अथितिसँग रमाउदै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल । (माथिल्लाे फाेटाेमा) ग्लाेबल आइएमई बैंकमा जनता बैंक नेपाल गाभिएकाे र ग्लाेबल आइएमई बैंककाे १३ औं वार्षिक उत्सवकाे अवसरमा बैंकले रात्री भाेज कार्यक्रम आयाेजना  गरेकाे थियाे । उक्त कार्यक्रममा बैंकका सञ्चालक, प्रवर्द्धक, उच्च व्यवस्थपक, मन्त्रीहरू, राजनीतिक नेताहरू, उच्च तहका सरकारी अधिकारीहरूकाे सहभागिता थियाे । आगन्तुकलाइ स्वागत गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पुरशुराम कुँवर क्षेत्री, सञ्चालक केशवबहादुर रायमाझी लगायत ।  नेपाल उद्याेग बाणिज्य महासंघका वेटिङ प्रेसिडेन्ट शेखर गाेल्छा फुटवेयर उद्यमी रविन्द्र श्रेष्ठसँग    नेपाल उद्याेग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ नाडा नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालसँग महासंघकाे चुनावी कुरा गर्दै कसरी उत्कृष्ट कम्पनी बन्ने ? सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकत राजनबाबु श्रेष्ठ  ग्लाेबल आइएमई बैंकका डेपुटी सिइअाे महेश ढकालसँग  गफिदै ।  सेयर बजार कसरी उकास्ने ?  नेपाल इन्भेष्टमेन्ट फाेरमका निवर्तमान अध्यक्ष तथा पुँजीबजारकाे ठूला लगानीकर्ता अम्बिका पाैडेल सहकर्मीसँग गफिदै उद्याेगपति शशिकान्त अग्रवाल अन्य व्यवसायीसँग जाउलाखेल ग्रुप अफ डिस्ट्रलरीका प्रमुख कार्यकारी अधिकृत सशीन जाेशी र नेपाल धिताेपत्र बाेर्डकाे सञ्चालक भिष्मराज ढुंगाना । नेपाल उद्याेग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल, गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भवन भट्ट साथीहरूसँग फाेटाेकाे लागि पाेज दिँदै ।  खासखुस ! डेपुटी गभर्नर चिन्तमणि शिवाकाेटीसँग व्यवसायिक कुरा गर्दै कैलास हेलिकप्टरका प्रवन्ध निर्देशक प्रतावजंग पाण्डे । सिवाकाेटी भावी गभर्नरकाे रूपमा चर्चामा छन् ।  युवा उद्यमी तथा व्यवसायीक साझेदार प्रवलजंग पाण्डे र भरतराज आचार्य नेपाल उद्याेग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, नेपाल चम्वर अफ कमर्शका  बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, आइएमइ ग्रुपका कार्यकारी निर्देशक हेमराज ढकाल लगायत ज्याेति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनाेज ज्ञवाली साथीसर्कलसँग फाेटाे खिचाउँदै ।

नेपाल भ्रमण वर्षको उद्घाटन समारोह यस्तो देखियो (फोटोफिचर)

काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने गरी उद्घाटन गरेको छ । काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीसहित देशका विशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो । समारोहमा नेपालको कला संस्कृति झल्कने विभिन्न झाँकीहरु पनि प्रस्तुत गरिएको थियो । उद्घाटन समारोहमा देखिएका केही दृश्यहरु यस्ता छन् ।

सिभिल बैंककाे एक महिने सीएसआर कार्यक्रम सम्पन्न

काठमाडौं । सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा एक महिनाभर विविध सामाजिक उत्तरदायित्वका (सीएसआर) कार्यक्रमहरु आयोजना गरी सम्पन्न गरेकाे छ । साे अवधिमा बैंकले रक्तदानदेखि लिएर सरकारी विद्यालयका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । यस्ता छन् बैंकले गरेकाे सामाजिक उत्तर्दायित्वका कार्यक्रमहरुः १. बैंकले आफ्नो ३८ शाखाहरु मार्फत वार्षिकोत्सवको दिनदेखि एक महिनासम्म आयोजना गरेको रक्तदान कार्यक्रममा कुल १३५४ पिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ । २. बैंकले आफ्नो २८ शाखाहरु मार्फत विभिन्न सरकारी विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका २८ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । ३. व्यास नगरपालिकालाई ५० थान डस्टविन प्रदान गरेको छ । ४. बैंकले लेखनाथस्थित त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयलाई पनि ५ थान डस्टविन प्रदान गरेको छ । ५. चन्द्रनिगाहपुर शाखाद्वारा सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि २५ हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । ६. बैंकले असहाय सेवा केन्द्र नेपाललाई दृष्टि विहिनहरुको सहयोगार्थ १०० थान विशेष छडी प्रदान गरेको छ । ७. बैंकको ईलाम स्थित मांईजोगमाई शाखामार्फत श्री आधारभूत विद्यालयका ५० विद्यार्थीलाई स्वेटर प्रदान गरेको छ । ८. बैंकले झापास्थित सुरुङ्गा शाखामार्फत पुकार डिसएबिलिटि सोसिएल सर्विसलाई वर्षभरीको लागि खाद्यान्न प्रदान गरेको छ । ९. बैंकको विराटनगर शाखामार्फत नारायण प्राथमिक विद्यालयका ५० विद्यार्थीलाई स्कूल ड्रेस प्रदान गरेको छ । १०. निजगढ शाखाको उद्घाटन समारोहमा बैंकले श्री सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाई १ थान प्रिन्टर प्रदान गरिएको छ ।