चाराे कुर्दै चरा, शव कुर्दै घाटे (लकडाउनमा पशुपति क्षेत्रकाे फाेटाे फिचर)

काठमाडाैं । कोरोना भाइरस (कोभिड(१९) को नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउनले देश नै सुनसानमा छ । सधैं व्यस्त हुने काठमाडौंका सडक, मठ मन्दिर, स्तुप लगायतका क्षेत्रहरु सुनसान रहेका छन् । सडकमा सेना, प्रहरी, पत्रकार तथा एम्बुलेन्स र अत्यावश्यक सवारी साधन मात्र देखिन्छन् । सरकारले सभा सम्मेलन मात्रै हैन धार्मिक तथा सामाजिक कार्यहरू पनि रोकेको छ । पशुपति क्षेत्रका भण्डारखाल, भस्मेश्वर, कैलाशडाँडा, मृगस्थलीलगायत उद्यान, सत्तल एवं पाटी पौवामा पनि समूहमा धेरै मानिस उपस्थित नहुन पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई आह्वान गरेको छ । पशुपतिनाथसँगै रहेको आर्यघाट पनि हिजोआज भने सुनसान छन् । दैनिक शव जलाउने घाट अहिले खाली खाली छन् । यसैक्रममा बिकासन्युज प्रतिनिधि प्रकाश वाग्लेले तयार गरेको फोटो फिचर श्रद्दालु बिहिन पशुपतिनाथ ब्याकुल साधु सुनसान भस्मेश्वर शवको प्रतिक्षामा मसानघाट कामबिहिन घाटे तथा रित्तो स्मसान भक्त विहिन भोलेनाथ लकडाउनले रोक्न नसकेको रोजगारी ( भष्मेश्वर बाग्मती नदिमा सिक्का दाउरा लगायत संकलन गदै ) निर्माण सामाग्री तथा सम्पदाको पुनर्निमाण हुदै चारोको पर्खाइमा पन्छिहरु

काठमाडौं मेरियट होटलले बाल्यो प्रेम र आशाका बत्तीहरू !

काठमाडौं मेरियट होटलले प्रेम र आशाका बत्तीहरू बालकाे छ । यस होटलले हरेकलाई सम्मान गर्छ जसले यो बिस्वब्यापी कोरोना मुक्त गर्न निरन्तर सेवा र काम गर्दै आइरहेकाे छ ।  

सुनसान काठमाडौंका सडक (फोटोफिचर)

काठमाडौं । नेपाल सरकारले कोरोनाभाइरसको जोखिमलाई ध्यान दिँदै गत मङ्गलवार बिहानबाट लागु हुनेगरी अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्किन नपाउने गरी लकडाउन गरेको छ। सरकारले चैत २५ गतेसम्मका लागि लकडाउन गरेसँगै अहिले काठमाडाैं लगायत देशैभरका सडक खाली भएका हुन् । सडकमा अत्यावश्यक सेवा बाहेका सवारी साधनहरूकाे आवगमन ठप्प छ । आज मंगलबार देशकाे राजधानी काठमाडाैंका सडक कस्ता देखिएका छन् त ?  लकडाउनको सातौं दिन यस्ता देखिए काठमाडौंका सडक ।