उज्याला कुलमान मलिन भएर निस्किए (फाेटाेफिचर)
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीले औपचारिक बिदाइ गरेका छन् । मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको चार वर्षे कार्यकाल सकिएपछि बिदाइ गरेका हुन् । त्यस क्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिएका छन् । हेर्नुस् तस्वीर:
कोरोनाका कारण समस्यामा परेकालाई एससीडव्लुइसीले वितरण गर्याे निःशुल्क खाना (फाेटाेफिचर सहित)
काठमाडौं । कोरोनाका कारण समस्यामा परेका नागरिकलाई दक्षिण एशियाली महिला उद्यमी परिषद, नेपाल (एससीडव्लुइसी) ले निशुल्क खाना वितरण गरेको छ । कोरोना भाइरसका कारण आयस्रोत गुमाएर दुःखमा रहेकाहरुलाई परिषदले निःशुल्क खाना वितरण गरेको हो । दैनिक खाद्य वस्तुको अभावमा भोकले पिडित भएकाहरुलाई लक्षित गर्दै काठमाडौंको विभिन्न स्थानहरुमा खाना वितरण भइरहेको परिषद्की कार्य समिति सदस्य निता पौडेलले बताए । संक्रमणको जोखिमका कारण एकै ठाउँमा भेला हुन नदिएर तयारी खाना वितरण गरी भिडभाड नहुने गरी खान भनिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी भएको लकडाउन र त्यसबाट सिर्जना भएको आर्थिक संकटले समस्यामा परेकाहरुलाई खाना खुवाइएको उनले बताए । भदौ १९ गतेबाट संस्थाले खाना खुवाइरहेको छ । आज काठमाडौंको हात्तिगौडामा मानव अधिकारका लागि महिलासमूहले पनि दाल चामल र नुन वितरण गरेको छ । कोरोनाले समस्यामा परेका नागरिहरुलाई समूहले खाद्यान्नका सामग्री वितरण गरेको हो ।
ललितपुरमा शुक्रवार कर्फ्यु लागू गर्न सडकमा उभिएका सुरक्षाकर्मी र सुनसान सडक
ललितपुरमा शुक्रवार कर्फ्यु लागू गर्न सडकमा उभिएका सुरक्षाकर्मी । विहीबार राताे मछिन्द्रनाथकाे रथ तान्न सडकमा निस्केका स्थानीयबासी र प्रहरीबीच झडप भएकापछि शुक्रवार कर्फ्यु जारी गरिएकाे छ । प्रकाश माथेमा/एएफपी