सीआइपीबाट सम्मानित हुने २५ व्यवसायी तस्विरमा (फोटोफिचर)

काठमाडौं । सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उत्कृष्ट २५ जना उद्योगी व्यवसायीलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) लाई सम्मान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित हुने व्यक्तिलाई सम्मानपत्र र राष्ट्रको महत्वपूर्ण परिचय पत्र प्रदान गरेका छन् । मुलुकको उत्पादन, रोजगारी, निर्यात, पर्यटन तथा विप्रेषण आयमा योगदान दिने व्यक्ति तथा संघ संस्थालाई सीआईपी प्रदान गरिएको हो। सरकारले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले निर्यात क्षेत्र, लगानी क्षेत्र, रोजगारी सिर्जना, पर्यटन क्षेत्र, कर दाखिला र व्यावसायिक प्रतिनिधिमूलक संस्थाका ३ गरी कूल २५ जना व्यक्ति तथा संस्थालाई सम्मानित गरेकाे हो ।

यसरी सम्पन्न भयाे छैटौं बिल्डर एक्स्पाे (फोटोफिचर)

काठमाडौं । नेपाल बिल्लकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०२० सम्पन्न भएको छ । मिडिया स्पेस सोलुसन र फ्यूचर ट्रेड फेयर एण्ड इभेन्टस्ले संयुक्त रुपमा आयोजना गरेको सो प्रदर्शनमा ३ सयभन्दा बढी ख्यातिप्राप्त ब्राण्ड सहभागी थिए । यो प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा ३ दिनसम्म चलेको थियो । निर्माण कम्पनी, डिलर, सबडिलर र विक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी दिन प्रदर्शनी आयोजना गरिएको छ । नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउन विगत ५ वर्षदेखि यस्तो प्रदर्शनी आयोजना हुदैआएको छ । प्रदर्शनी यस्तो देखिएको थियो:

उपत्यकाभित्रका पुनःनिर्माण भइरहेका सम्पदाको अवलोकन गर्दै राष्ट्रपति भण्डारी (फाेटाे फिचरसहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकाभित्र पुनःनिर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप, दरबार हाइस्कुल र वसन्तपुर दरबारको अवलोकन गरेकी छन् । अवलोकनका क्रममा राष्ट्रपति भण्डारीले गोर्खा भूकम्पबाट क्षति भएका ऐतिहासिक सम्पदा निर्माणको प्रगति र त्यसमा प्रयोग भएका सामग्रीेबारे चासोपूर्वक जानकारी लिएकी हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावली र ती निर्माणाधीन आयोजनाका प्रमुखले ऐतिहासिक संरचनाको हालसम्मको प्रगतिबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् । रानीपोखरीको निर्माणमा ६० प्रतिशत भएको छ भने दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरणको चरणमा छ । धरहराको निर्माणको भौतिक प्रगति ३७ प्रतिशत रहेको छ भने काष्ठमण्डप र वसन्तपुर दरबारको उत्साहजनक ढङ्गबाट निर्माण भइरहेको छ । राष्ट्रपतिबाट भएको अवलोकन भ्रमणका क्रममा काठमाडौं महानगरका प्रमुख र उपप्रमुख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र शिक्षा मन्त्रालय तथा पूरातत्व विभागका उच्चपदस्थ अधिकृत सहभागी हुनुहुन्थ्यो । दरबार हाइस्कुल, काष्ठमण्डप र हनुमानढोका क्षेत्रमा राष्ट्रपतिबाट भएको अवलोकन भ्रमणमा नेपालका लागि चीनका राजदूत हाउ यान्छी सहभागिता रहेको थियो । प्राधिरकणले भूकम्प पुनःनिर्माण गर्नुपर्ने लाभग्राहीको सङ्ख्या ८ लाख २७ हजार ५ सय ५० रहेकामा अनुदान सम्झौता भएका लाभग्राहीको सङ्ख्या सात लाख ७८ हजार १ सय १७ रहेका छन् । त्यसमध्ये पहिलो किस्ता लिने लाभग्राहीको सङ्ख्या सात लाख ७० हजार ७ सय ३६ रहेको छ । दोस्रो किस्ता भुक्तानी लिनेको सङ्ख्या ६ लाख २७ हजार ७ सय ७० छ भने तेस्रो किस्ता पाँच लाख ३२ हजार ५ सय ३२ लाई भुक्तानी गरिएको प्राधिकरणले जानकारी दिएको छ । हालसम्म निजी आवास निर्माणको सङ्ख्या चार लाख ८२ हजार ७ सय ८५ छ भने ३ सय ८९ पुरातत्विक एवं सांस्कृतिक सम्पदा पुनःनिर्माण सम्पन्न भएका छन् । विश्वसम्पदा सूचिमा सूचिकृत भएका क्षेत्रमा १ सय १ वटा संरचना निर्माण भइसकेको छ । काठमाडौं उपत्यकामा ४ सय ४ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । उपत्यका बाहिर भने त्यस्ता सम्पदा पुनःनिर्माण भएको सङ्ख्या ३ सय ४६ रहेको बताइएको छ । रासस