व्यवसायीले घेरे राष्ट्र बैंक (फोटोफिचर)

काठमाडौं । उद्योगी तथा व्यवसायीहरुले सोमबार नेपाल राष्ट्र बैंक घेरेका छन् । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजबारे सम्बोधन नगरेको भन्दै उनीहरुले राषट्र बैंक घेरेका हुन् । उद्योगी व्यवसायीमाथि बैंकहरुले देखाइरहेका दादागिरी राष्ट्र बैंकले वास्ता नगरेको उनीहरुको आरोप छ । मौद्रिक नीति परिमार्जन गर्नुपर्ने, ब्याज दरमा स्थिरता कायम गर्नुपर्ने, चालु पुँजी निर्देशिका स्थगित गर्नुपर्ने जस्ता उनीहरुको माग छ । 

साढे ७ वर्षपछि शीतल निवासबाट बाहिरिन् विद्यादेवी भण्डारी (फोटोफिचर)

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी साढे ७ वर्षपछि शीतल निवासबाट बाहिरिएकी छन् । दुई कार्यकाल पूरा गरी सोमबार उनी शीतल निवासबाट बाहिरिएकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएसँगै शीतल निवासबाट बाहिरिएकी हुन् । निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँखीझ्याल उपहार दिएर विदाइ गरेका छन् । बुढानीलकण्ठस्थित निजी निवासमा मर्मतको क्रममा भएकाले उनी आज बालुवाटारस्थित छोरीको निवासमा गएको बताइएको छ । ‍ ‍

काठमाडौंवासीलाई गिज्याइरहेको वागमती (फोटो फिचर)

काठमाडौंको बल्खुस्थित वागमती नदिमा छाडा गाई गोरु । काठमाडौं । वागमती नदी नेपालीहरुको आस्थाको केन्द्र हो । हिन्दुहरुका लागि जन्मदेखि मरणोपरान्त वागमती नदीको आवश्यक्ता त्यत्तिकै छ । हिन्दुहरुको मात्रै नभइ किराँत समुदायका लागि पनि वागमती नदीको आवश्यक्ता र औचित्य हिन्दुसमान छ । बुद्धनगर क्षेत्रमा बाढीले बगाएर ल्याएको फोहोर । वागमती नदीको सभ्यता धेरै गर्विलो छ । वागमती नदी अहिले ढलमती उपनामले परिचित छ । यसको कारण काठमाडौंवासीको लापरबाही र सरसफाईमा चासो नहुनु नै हो । ढल मिसाउने, फोहोर फाल्ने स्थान बनेको वागमती नदीलाई हराभरा बनाउनुपर्छ र मात्रै हामी स्वच्छ र स्वस्थ रहनसक्छौँ भन्ने मानसिकता नै काठमाडौंवासीमा छैन । कुलेश्वर छेउको वागमती र सुकुम्बासी बस्ती । पछिल्लो समय वागमती सरसफाई अभियानसँगै वागमतीमा केही कम फोहोर छ तर आम मानिसको मन, मस्तिष्कमा फोहोर फाल्नु हुँदैन भन्ने ध्येय नै छैन । ढल, फोहोर र दुर्गन्धपूर्ण वागमती नदी स्वच्छ, सफा र सुन्दर वागमती हुन र आफ्नो पुरानै पहिचान पाउन मुस्किल छ । सबै लागेर फोहोर नफाल्ने हो भने फेरि वागमती नदी छेउमा हरियाली र प्राकृतिक वास्नासहित बहनेछ । तर काठमाडौंवासी नै वागमतीलाई सफा बनाउँदा आफ्नै स्वार्थसिद्ध हुन्छ भन्नेकुराबाट टाढा छन् । काठमाडौं उत्तरबाहिनीस्थित वागमती नदिमा मिसाइएको नाली । काठमाडौं उपत्यकाभित्र त वागमती फोहोर छ नै चोभार नजिकबाट काठमाडौंबाहिरिने क्रममा पनि कालो वागमती नदीको पानी देख्दा काठमाडौंवासीदेखि नै वितृष्णा जाग्छ । काठमाडौंको सिनामंगल क्षेत्रमा सुकुम्वासीले वागमती नदी हडपेर बनाएको टहरा होस् वा गोकर्णस्थित वागमती नदी किनारमा बनाइएको शौचालय यी सबैले हामी नेपालको काठमाडौं जस्तो सुन्दर, विकसित शहरलाई गिज्याउँछ । ललितपुर देविचौर र काठमाडौंको छैमले बीचबाट बगेको वागमती नदि र फोहोरका कारण निस्केको फिज । काठमाडौं उत्तरबाहिनीस्थित वागमती नदीमा मिसाइएको नाली, ललितपुर सानेपाबाट वागमतीमा मिसाइएको ढल, कुपण्डोल युएन पार्कनजिक वागमती नदी किनारमा भत्केको बार, बुद्धनगर क्षेत्रमा बाढीले बगाएर ल्याएको फोहोर, सुन्दरीघाट वागमती नदी छेउ थुपारिएको फोहोर, कुलेश्वर छेउको वागमती र सुकुम्वासी बस्ती यी सबैले विकसित शहरका अविकसित मानिसको सोचलाई दर्शाउँछ । यसमा कोही एक व्यक्तिले मात्रै पहल गरेर सम्भव छैन, सरकार, स्थानीय निकाय, निजी संघसंस्था र आम सर्वसाधारण सबै मिलेर सरसफाईमा ध्यान दिने हो भने पक्कै पनि वागमतीले आफ्नो पुरानो लय समात्नेछ । तस्बिर स्रोत : न्युज एजेन्सी नेपाल ।