भालेश्वरमा भक्तहरूको भीड, साउने साेमबार चन्द्रागिरी केबलकारको टिकट २ सयमा [फोटोफिचर]

काठमाडौं । चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा साउनको पहिलो सोमबार साँझ भव्यताका साथ सन्ध्या आरती सम्पन्न भएको छ । ‌औ‌ंसी तिथी समेत परेकाे  साउन महिनाको पहिलो सोमबार पारेर मन्दिरमा विशेष आरतीको आयोजना गरिएको हो । साउनको हरेक सोमबार साँझ चन्द्रागिरि हिल्स मन्दिर व्यवस्थापन समितिले यसैगरी भालेश्वर महादेवमा पूजासहित साँझमा विशेष सन्ध्या आरतीको आयोजना गर्ने चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक संजिव थापाले बताए । भालेश्वर महादेवमा साउन १ गते चन्द्रागिरि केबलकार चढेर हजारौँ श्रद्धालु पूजाका साथै साँझको आरतीमा सहभागी हुन पुगेका थिए । चर्चित पर्यटकीय गन्तव्य चन्द्रागिरि आन्तरिक तथा बाह्य पर्यटकको राेजाइकाे केन्द्र बनिरहेकाे छ । साउनको हरेक सोमबार साँझ ५ बजेपछि भालेश्वर महादेवमा दर्शन गर्न जाने भक्तजनहरूलाई केबलकारकाे शुल्क २ सय रुपैयाँ मात्रै लिइने चन्द्रागिरि हिल्सले बताएकाे छ । आन्तरिक तथा बाह्य पर्यटकलाई बढवा दिने उद्देश्यले भालेश्वर महादेवमा आरतीको आयोजना गरिएको थापाले बताए ।  

पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड (फोटोफिचर)

काठमाडौं । सौरमासअनुसार साउनको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।   साउने सोमबारका लागि आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो । बिहान ३ बजेदेखि नै भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन सुरु गरेका पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । उनका अनुसार पशुपतिनाथ मन्दिरमा विशेषगरी साउनको सोमबारको व्रत बसेका महिला भक्तजनको उपस्थिति बाक्लो छ । हरियो र रातो पहिरनमा सजिएका महिला भक्तजनले पशुपति क्षेत्र ढाकेका देखिन्छन् ।   विभिन्न धार्मिक समूहले साउने सोमबारका अवसरमा पशुपति क्षेत्रमा निःशुल्क भोजन, तथा पानी वितरण गरिरहेका छन् ।   सौरमासअनुसार आजको सोमबार शुद्ध मानिने भएकाले सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथलाई अर्पण गर्ने भक्तजनको लर्को लागेको छ । भगवान् शिवले शुद्ध जल रुचाउने भएकाले वाग्मती शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको भीड लागेको हो । साउन २ गतेदेखि अधिकमास लाग्ने भएकाले अर्को सोमबार व्रत गर्नु हुने वा नहुनेमा धर्मशास्त्रीबीच मतान्तर देखिएको छ । कति भक्तजनले भने चान्द्रमासअनुसारको पहिलो सोमबार अर्थात् गत सोमबारदेखि नै व्रत सुरु गरेका छन् । सौरमासअनुसार यो वर्षको साउनमा पाँच वटा सोमबार परेको छ ।

निर्जीवन लघुबीमा क्षेत्रकै पहिलो कम्पनी नेपाल माइक्रोले शुरु गर्यो कारोबार [फोटोफिचर]

काठमाडौं । निर्जीवन लघु बीमा व्यवसाय सञ्चालन गर्न इजाजत पाएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले बिहीबार अर्थात असार २८ गतेदेखि कारोबार शुरु गरेको छ । इन्स्योरेन्सले बिहीबार चितवनको भरतपुरमा आयोजित एक समारोहबीच कम्पनीको उद्घाटन गरी आफ्नो व्यवसायिक कारोबार औपचारिक रुपमा शुरु गरेको हो । उक्त कम्पनीको उद्घाटन नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गरेका हुन् । यससँगै इन्स्योरेन्सले बिहीबारबाट देशभर निर्जीवन लघु जीवन बीमा व्यवसाय सञ्चालन गर्न पाउने छ । कम्पनीले केन्द्रिय कार्यालय भने चितवनको भरतपुर(१ मा छ । कारोबार सञ्चालन गरेपश्चात नेपाल माइक्रो इन्स्योरेन्स निर्जीवन लघुबीमा क्षेत्रकै पहिलो कम्पनी हुनेछ । तर, लघु बीमाकाे क्षेत्रमा भने नेपाल माइक्रो इन्स्योरेन्स दोस्राे कम्पनी हाे । नेपाल बीमा प्राधिकरणले उक्त कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकिदिएको छ । कम्पनीले घर, सम्पत्ति तथा व्यवसाय र इन्जिनियरिङ्गको अधिकतम ५०/५० लाख रुपैयाँसम्मको लघुबीमा गर्न पाउने छ । हाल कम्पनीले सम्पत्ति बीमा पोलिसी बिक्रीका लागि नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाएको छ । नेपाल बीमा प्राधिकरणले उक्त कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकिदिएको छ । कम्पनीको सञ्चालक समितिमा अध्यक्ष आशिष श्रेष्ठ र सञ्चालकमा लतिका गोल्यान, सिद्धान्त झुनझुनवाला र प्रविना दाहाल छन् । त्यस्तै, कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मृगेन्द्रनाथ रिमाल, नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा अनिल राज गिरी र महाप्रबन्धकको जिम्मेवारीमा प्रबिना नेपाल छन् । त्यसैगरी, कम्पनीको विभागीय प्रमुखमा तीन जना छन् । जसमध्ये प्रशासन विभाग प्रमुखमा अमृत लामिछाने, सूचना प्रविधि विभागको प्रमुखमा सुशान थापा र मार्केटिङ हेडमा अमृत अधिकारी छन् । आइटी प्रमुख थापा कम्पनीको सूचना अधिकारी समेत हुन् । बिहीबारदेखि कारोबार सुरु गर्दै नेपाल माइक्रो इन्स्योरेन्स, सीईओ भन्छन् : ठूला कम्पनीले गर्न नसकेको बिजनेस गर्छौं