देशका विभिन्न ठाउँमा योग दिवस मनाइदैँ (फोटो फिचर)
काठमाडौं । घोराही– १४ स्थित कभर्डहलमा नवौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जिल्ला स्तरीय मूल समारोह समिति दाङको आयोजनामा गरिएको कार्यक्रममा योगाभ्यास गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा डिसी, प्रमुख जिल्ला अधिकारी, सुशिल वैद्यलगायत । महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिकाका प्रमुख मोहन पाण्डे बुधबार नवौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योगाभ्यास गराउँदै । प्रमुख पाण्डे चर्चित योगका गुरु पनि हो । तारकेश्वर नगरपालिका–९ स्थित मनमैजुमा नवौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा युवा नेपाल समितिले आयोजना गरेको योग महोत्सवमा योगा गर्दै विद्यार्थी, शिक्षक एवम् नागरिक । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बुधबार बिहान पोखरा रङ्गगशालामा आयोजना गरिएको योग शिविरमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । रासस
आइआइएमएस कलेजद्वारा चाँगुनारायणको बागेश्वरीमा वृक्षारोपण (फोटोफिचर)
काठमाडौं । आइआइएमएस कलेजले चाँगुनारायण नगरपालिकाको बागेश्वरीमा वृक्षारोपण कार्य गरेको छ । आइआइएमएस कलेज र चाँगुनारायण नगरपालिका वडा नम्बर ७ को सहकार्यमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्य भएको हो । कलेजले ४५ र वडाले १२ वटा गरी ५७ वटा समी, धुपी लगायत विभिन्न जातका बिरुवा रोपेको कलेजका डाइरेक्टर बृहत वाेश्वा बताए । वृक्षारोपण कार्यक्रममा कलेजबाट १५ जना भन्दा धेरै विद्यार्थीहरु साइक्लिङको माध्यमबाट सहभागी भएका थिए भने शिक्षक र विद्यार्थी गरी झण्डै ५० जनाको सहभागिता समेत रहेको थियो । चाँगुनारायणको सडक हरियाली गर्ने कार्यक्रममा कलेजको वृक्षारोपण कार्यक्रमले सहयोग पुगेको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ का अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताए । उनले आफ्नो वडालाई हरियाली वडाको रुपमा विकास गर्ने उद्देश्य राखेकोले सो वृक्षारोपण अभियानलाई निरन्तर अगाडि बढाउने उनले बताए । कलेजले पढाइको अलावा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक, वातावरण तथा सहयोगको क्षेत्रमा कार्य गर्दै आएको छ । सोही सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नै सो कार्यक्रम गरेको एकेडेमिक डाइरेक्टर विश्वाले बताए ।
वातावरण दिवसको अवसर बीवाइडीद्वारा वृक्षारोपण (फोटोफिचर)
काठमाडौं । बीवाइडीका लागि नेपालको आधिकारिक विक्रेता साइमेक्स इंकले १५ सय रूखका बिरुवा रोप्ने भएको छ । जस अन्तर्गत आज वातावरण दिवसको अवसर पारेर कम्पनीले २ सय बिरुवा रोपेको छ । साइमेक्स इंक कम्पनीका अनुसार बाँकी १३०० बिरुवा आगामी १५ दिन भित्रमा रोप्ने तालिका रहेको छ । बीवाइडीले चखण्डो सामुदायिक वनमा सो बिरुवा रोपेको हो । साइमेक्स इंकले ‘बिल्डिङ ड्रिम्स एण्ड फरेस्ट’ नामक अभियानको अन्तर्गत वृक्षारोपण गरिएको हो । यस अभियानमार्फत कम्पनीले २०६२ सालमा अवैध बालुवा उत्खनन र वन फँडानीको शिकार भएको सामुदायिक वनको पुनःस्थापना र पुनरुत्थान गर्ने लक्ष्य राखेको जनाएको छ । विश्वको सबैभन्दा प्रदूषित सहरको सूचिमा परेको काठमाडौंलाई यो अभियानले ८२७ टन अक्सिजन उत्पादन गर्ने र ३१० टन कार्बन भण्डारण गरेर याेगदान पुर्याउने प्रक्षेपण गरेको कम्पनीले जनाएको छ । साइमेक्स इंककी प्रवन्ध निर्देशक यमुना श्रेष्ठले चखण्डोल सामुदायिक वन क्षेत्रको पुनर्स्थापना गर्ने गरी मिलेर काम गर्न पाउँदा आफूहरू हर्षित भएको कुरा व्यक्त गरिन् । ‘दिगो अभ्यास र सामुदायिक संलग्नताको लाभ उठाएर हामी काठमाडौंका जनताका लागि हरियाली र स्वस्थ वातावरण सिर्जना गर्ने लक्ष्य राख्छौं,’ उनले भनिन् । वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र प्रसाद महतो तथा कलाकार हरिवंश आचार्यको पनि वृक्षारोपणमा सहभागिता रहेको थियो ।