नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेल ब्रेक–थ्रू [फोटो फिचर]
काठमाडौं । नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेल ब्रेक–थ्रू भएको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा रेस्क्यू टनेल ब्रेक–थ्रू भएको हो । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम आजबाट सकिएको छ । २.६ किलोमिटर रहेको नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलसँग मुख्य टनेलको काम भने १८ प्रतिशत बाँकी रहेको बताइएको छ । मुख्य टनेल ब्रेक–थ्रू हुनका लागि अब ५ सय ६ मिटर खन्न बाँकी रहेको बताइएको छ ।
सफ्टवेरिका कलेजले आयोजना गरेको ‘टेक-एक्स २०२३’ सुरु (फोटो फिचर)
काठमाडौं । सफ्टवेरिका कलेजले बिहीबारदेखि ‘टेक–एक्स २०२३’ आयोजना गरेको छ । काठमाडौंको डिल्ली बजारस्थित कलेज परिसरमा विद्यार्थीले तयार पारेका प्रोजेक्टहरूको चार दिने प्रदर्शनी सुरु भएको हो । आइतबारसम्म चल्ने उक्त प्रदर्शनीमा रोबोटहरूको वार मुख्य आकर्षणको रूपमा रहने कलेजले जनाएको छ । यस प्रदर्शनीको उद्घाटन सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले गरेको कलेजले जनाएको छ । यसका साथै एआई र साइबर सुरक्षा क्षेत्रमा विद्यार्थीहरूले तयार पारेका विभिन्न प्रोजेक्टहरू समेत हेर्न पाइनेछ । प्रदर्शनीमा नवप्रवर्तन सम्बन्धी ३० भन्दा बढी प्रोजेक्टका स्टलहरू रहने छन् । जसमा स्मार्ट ग्लास (चस्मा) तथा स्मार्ट ब्लाइन्ड स्टिक (दृष्टि विहीनले प्रयोग गर्ने छडी) र होम सेक्युरिटी सहित घरमा अनधिकृत व्यक्तिको घुसपैठ भएको थाहा पाउने सिस्टम रहेका छन् । यसबाहेक रिमोट मनिटरिङसहित डढेलो लागेको पहिचान गरी जानकारी दिने सिस्टम, फिल्ड मनिटरिङ तथा बाली निरीक्षण सिस्टमका लागि अग्मेन्टेड रियालिटी (एआर) र प्लानेटरी एक्सप्लोरेसन रोबोट पनि कलेजका विद्यार्थीहरूले बनाएका छन् । ११ गतेदेखि १४ गतेसम्म चल्ने मेला बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निःशुल्क रूपमा अवलोकन गर्न सकिनेछ ।
एसवाई बजार सपोटर्स मोटिभेसन कार्यक्रम सम्पन्न (फोटोफिचर)
काठमाडौं । इकमर्स प्लेटफर्म एसवाई बजारले आयोजना गरेको ‘एसवाई बजार सपोटर्स मोटिभेसन प्रोग्राम’ सम्पन्न भएको छ । कस्मेटिक सामाग्री तथा एसवाई प्लेटफर्ममा उपलब्ध सामानको जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । कार्यक्रममा १ सय भन्दा बढी जनाको सहभागिता थियो । कस्मेटिक सामाग्रीको बारेमा जानकारी मात्र नभई पछिल्लो पुस्तालाई स्वरोजगार बन्न मदत पुर्याउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको एसवाई बजारका प्रबन्ध निर्देशक बिमलराज गोसाईंले जानकारी दिए । उनका अनुसार कार्यक्रम दुई सिफ्ट गरेर भएको थियो । ‘सहभागीहरूले बजारको सिनारियो बुझुन्, नेपाली बजारमा भित्रिएका सामानहरूको जानकारी पाउनु साथै जीवनशैलीमा परिर्वतन आओस् र व्यवहारमा लागू गर्न सकुन् भनेर कार्यक्रमको आयोजना गरिएको हो,’ उनले भने । केही गर्छु भन्नेहरूका लागि अवसर पनि प्रदान गर्दै आएको एसवाई बजारका प्रबन्ध निर्देशक गोसाईंले बताए । उनका अनुसार एसवाई बजारले नेपाली बजारमा आफ्नै ब्राण्डका कस्मेटिक सामाग्री पनि ल्याउने तयारीमा छ ।