काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह सम्पन्न (फोटोफिचर)

काठमाडौं । काठमाडौं विश्वविद्यालयका एक हजार आठ ३८ विद्यार्थी आज दीक्षित भएका छन् । प्रधानमन्त्री तथा उक्त विश्वविद्यालयका कुलपति पुष्प कमल दाहाल ‘प्रचण्ड’ले २९औँ दीक्षान्त समारोहमा ती विद्यार्थीलाई दीक्षित भएको प्रमाणपत्र प्रदान गरे ।   प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत बुधबार काठमाडौँ विश्वविद्यालयद्वारा धुलिखेलमा आयोजित २९औँ दीक्षान्त समारोहको प्रथम चरणको कार्यक्रममा सहभागी हुँदै । प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार काठमाडौं विश्वविद्यालयद्वारा धुलिखेलमा आयोजित २९औँ दीक्षान्त समारोहको प्रथम चरणको कार्यक्रममा दीक्षित विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्दै । प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबारकाठमाडौं विश्वविद्यालयद्वारा धुलिखेलमा आयोजित २९औँ दीक्षान्त समारोहको प्रथम चरणको कार्यक्रममा दीक्षित विद्यार्थी । तस्बिर :  रासस  

तस्बिरमा सीईओहरूको सम्मेलन (फोटो फिचर)

काठमाडौं । एशिएन बैंकर्स एसोशिएसन र नेपाल बैंकर्स संघको संयुक्त आयोजनामा काठमाडौंमा भएको ३९औं वार्षिक बैठक तथा सम्मेलन सुरु भएको छ । सम्मेलनमा १८ देशका ६३ सीईओहरूको सहभागिता रहेको छ । ‘एशिएन बैंकिङ : रोडम्याप फर रिकभरी एण्ड सस्टेण्ड ग्रोथ’ विषय रहेको सम्मेलनमा विभिन्न वक्ताहरुले धारणा राखेका छन् । सम्मेलन शुक्रबारसम्म चल्नेछ ।

तिहार नजिकिएसँगै असनमा किनमेल गर्नेको घुइँचो (फोटोफिचर)

काठमाडौं । तिहार नजिकिएसँगै असन, न्यूरोड, भृकुटीमण्डप तथा बजारी क्षेत्रमा किनमेल गर्नेकाे घुइँचो बढ्न थालेको छ । तिहारमा किनमेल गर्नेहरूको उपस्थित बढेसँगै पसलहरूमा मान्छे भिरभराउ हुन थालेका हुन् । तिहारको लागि किनमेल गर्नेहरूको संख्या बढेपछि व्यापारी पनि व्यपार गर्नमा निकै व्यस्त छन् । व्यापारी रामचन्द्र मण्डलले पसलमा तिहारको सामाग्री  किन्न आउनेको चाप बढेसँगै कारोबार रकम पनि बढेको बताउँछन् । ‘पहिलाको तुलनामा व्यपार काम छ, तर तिहार आउन केही समय बाँकी भएकाले मान्छेको उपस्थिति अझै बढ्ने र कारोबार पनि धेरै हुने अपेक्षा राखेका छौं,’ उनले भने । उनका अनुसार तिहारको समयमा रंगोलीका रङ, भाइमसला, टिकाका सामाग्री, मखमली फूल रोज्नेहरूको संख्या बढेको छ । असनका कपडा व्यापारी हरिप्रसाद न्यौपाने अघिल्लो वर्षको तुलनामा किनमेल गर्न आउनेको संख्या केही कम आएको बताउँछन् । ‘यो समयमा पहिला न्यूरोड तथा असनभित्र हिँड्न पनि सकिँदैन थियो,’ उनले भने, ‘अहिले त्यसको अनुपातमा यो केही कम नै हो । व्यपार पनि सामान्य नै छ ।’ तिहारको रौनक बढ्दै जाँदा यो समयमा बजारमा फूलका माला, मिठाई, रंगीचंगी बत्ती र कपडा आदि वस्तु किन्नेहरूको भिड बजारमा बाक्लो नै देखिन्छ । तिहारका लागि सामान किन्न असन पुगेकी सरिता खत्री पाछि भिड बढ्दै जाने भएकाले पहिला नै किनमेल गर्न आएको बताउँछिन् ।‘असनमा मान्छेको चाप बढि नै हुन्छ, अहिले त्यसै पनि चाडपर्वको समय छ,’ उनी भन्छिन्,  ‘पछि मान्छेको उपस्थिति बढ्दै जाने भएका तिहार अगावै समय मिलाएर किनमेल गर्न आएकी हुँ । ’ देशभरि यतिबेला तिहारका लागि आवश्यक पर्ने सरसमान खरीद गर्नेकाे ठूलो भीड लागेको छ । बजारमा किनमेल गर्नका लागि पुगेका सर्वसाधारणको भीडले तिहार पर्वको रौनकलाई दर्शाएको छ ।