काठमाडौंमा भिखारीहरुको कमाइ २४ हजार रुपैयाँसम्म (फोटोफिचर)
काठमाडौं । पछिल्लो समय काठमाडौंका विभिन्न सडकमा भिख माग्नेहरुको जमात नै भेटिन्छ । मानसिक तथा शारीरिक रूपमा अशक्त भई जीवन चलाउनका लागि भनेर विभिन्न सडकमा हात थापेर भिख माग्नेहरुको जमात नै भेटिन्छ । सडक किनार, पाटीपौवा तथा मन्दिर आसपास उनीहरूले मागेर गुजारा चलाउँछन् । मागेर भएपनि उनीहरुले दैनिक ६ सय रुपैयाँदेखि ८ सय रुपैयाँसम्म संकलन गर्ने गरेको बताएका छन् । उनीहरुले मासिक रुपमा २४ हजार रुपैयाँ कमाउने गरेको बताउँछन् । यसअघि काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा भिख माग्न रोक लगाएको थियो । गत असारमा महानगरले एक सूचना जारी गर्दै भिख माग्न रोक लगाएको थियो । महानगरले रोक लगाएपनि काठमाडौंमा मगन्तेहरु भने कम भएका छैनन् ।
बालेनमाथि महानगरवासीको आक्रोश, डोजर आतंक बन्द गर भन्दै गरे प्रदर्शन (फोटोफिचर)
काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रर्दशन गरिएको छ । मेयर साहले गैरकानुनी ढंगले महानगरपालिका भित्र डोजर आतंक फैल्याउने काम गरेको भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, काठमाडौको आह्वानमा आईतबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रर्दशन गरिएको हो । प्रर्दशनका क्रममा उनीहरुले जनप्रतिनिधि भएर जनतालाई दुःख दिने काम नगर्न मेयर साहलाई चेतावनी समेत दिएका छन । मेयर साहले नागरिकको सम्पत्तिको अधिकारमाथि समेत हनन हुनेगरी डोजर आतंक फैल्याउने काम गरेकाले त्यसो हुन नदिनका लागि खबरदारी गर्न आफूहरु प्रर्दशनमा आउनु परेको नागरिक अगुवा सुमन सायमीले बताए । उनले जनताको प्रतिनिधि भएर मेयर साहले जनताले दुःख दिने काम गरिरहे सैह्य नहुने चेतावनी समेत दिए । प्रर्दशनकारीहरुले गैरकानुनी ढंगले संविधानले व्यवस्था गरेको भूमिको अधिकार, व्यक्तिगत सम्पत्तिको अधिकार हनन् गरेर मेयर साहले ज्यादति गरेको भन्दै आक्रोश व्यक्त गरेका छन । उनीहरुले विनासूचना, विनाप्रमाण सडक विस्तारको नाममा गैरकानुनी ढंगले सूचना समेत नदिई व्यक्तिगत सम्पत्तिमाथि डोजर चलाउने काम तत्काल बन्द गर्न पनि काठमाडौं महानगरपालिकालाई सचेत गराएका छन् त्यस अवसरमा प्रर्दशनकारीहरुले आदिवासीको भूमिको अधिकार सुनिश्चित गर, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर, डोजर आतंक बन्द गर, महानगरको ज्यादति बन्द गरलगायतका नाराबाजी गरेका थिए । काठमाडौं महानगरपालिकाले गैरकानुनी ढंगले व्यक्तिको सम्पत्तिमाथि समेत डोजर चलाउने काम गरेपछि स्थानीयले त्यसको विरोधमा प्रर्दशन गर्दै आएका छन । अव पनि आफूहरुलाई थप पीडा दिने काम गरे सैह्य नहुने प्रर्दशनकारीहरुको चेतावनी छ ।
मेरियटले सञ्चालन गर्यो जापानी खाना रेसिपीको कुकिंग क्लास (फोटोसहित)
काठमाडौं । मेरियट होटल एण्ड फेयरफिल्ड मेरियट काठमाडौंले जापानी खाना रेसिपीको कुकिंग क्लास सञ्चालन गरेको छ । होटलले माघ १३ गतेदेखि दुईदिने उक्त क्लास सञ्चालन गरिरहेको छ । माघ १४ गतेसम्म हुने उक्त क्लास जापानका सेफ् क्योहेई सानले दिनेछन् । यस्ता क्लासले जापानी खाना प्रेमीहरूको लागि उत्कृष्ट नेटवर्किङ र सिक्ने समय ल्याउने बताइएको छ । विश्व-प्रसिद्ध जापानी व्यञ्जनहरूमा मिसो काकडी, यासई करी, सुशी लगायतका परिकारहरु छन् । जसको स्वाद फरक फरक हुने सेफ् सान बताउँछन् । सेफ् सानका अनुसार मीठो, खट्टा, नुन, तितो, उमामी र कोकुमी जापानी खानामा स्वादका ६ वटा आधारभूत सेन्स हुन् । यीमध्ये उनले उमामीको स्वादको बारेमा विस्तारमा वर्णन गरेका गरे जुन ब्रोथ र पकाएको मासुको विशेषता हो । यो ग्लुटामेटको स्वादसँग मेल खान्छ । विशेष गरी मोनोसोडियम ग्लुटामेट प्रत्येक डिशलाई सही स्वादको सन्तुलनको साथ तयार गर्न आवश्यक रहेको उनी बताउँछन् । माघ १३ गतेको क्लासमा उनले जापानी संस्कृति र घरमा खाना पकाउने आधारभूत विषयको बारेमा सिकाइएको छ । शुक्रबार भएको उक्त क्लासमा ४/५ जनाको विभिन्न ५ वटा समूह थियो । नेपालमा जापानी भान्सामा पकाइने खानाको अनुभव सिर्जना गराउन र सिकाउनको लागि उक्त कार्यक्रम आयोजना गरिएको होटलले जनाएको छ ।