राष्ट्रपति कार्यालयमा रात्री भोज हुँदै (फोटोफिचर)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सम्मानमा रात्रिभोजसहितको सांस्कृतिक कार्यक्रमको आयोजना गरेकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित सांस्कृतिक कार्यक्रममा सशस्त्र प्रहरी बलका कलाकारले विभिन्न जातजाति र समुदायका कला संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, माधवकुमार नेपाल, मन्त्रिगण, सांसदहरू, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुख÷प्रतिनिधिलगायत विशिष्ट पाहुनाको सहभागिता रहेको छ । रासस ।
भ्यालेन्टाइन दिवस मैत्री बनाएर सजाईंदै काठमाडौं (फोटो फिचर)
काठमाडौं । प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रश्ताव राख्ने मनशाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण मानिन्छ । विशेष गरी यो दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो । प्रेम गर्नका लागि कुनै सीमितता हुँदैन । समग्रमा भन्दा प्रणय एउटा बाँच्ने आधारशिला नै हो । जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएन भने जिउनुमा कुनै सार्थकता हुँदैन थियो होला ? प्रेम दुई विपरित लिङ्गीबीच मात्रै होइन, प्रेम त परिवारसँग हुन्छ, साथीहरुसँग हुन्छ, आफना प्रियजनहरुसँग पनि हुन्छ । त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिन्छ । प्रणय दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई वर्षाै आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन् । सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण हुने गर्छ । यतिबेला काठमाडौं उपत्यकामा भ्यालेन्टाइन डेको विशेष माहोल छ । काठमाडौं उपत्यकामा भ्यालेन्टाइन डे स्पेशल रुपमा मनाइँदै छ । काठमाडौं मात्रै होइन, भ्यालेन्टाइन डे देशभर नै प्रेमिल रुपमा मनाइँदै छ । ७ फेब्रुअरीबाट शुरु भएको भ्यालेन्टाइन डे आज प्रमिस डे हो । आज प्रेमिहरु एकअर्काबीचमा वाचा वन्धनहरु खाने गर्दछन् । भ्यालेन्टाइन डे इटालीको रोमवाट शुरु भएको मानिन्छ । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको भ्यालेन्टाइन डेको इतिहास सम्झँदा रोमका एक सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरूमार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे । सम्राटको आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङ्घन गरेका थिए । एक जना सर्वसाधारणले आफ्नो आदेशको उल्लङ्घन गरेको कुरा सम्राट्लाई सह्य भएन र उक्त व्यक्ति भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । उनलाई मृत्युदण्ड दिएको दिन १४ फेब्रुअरीमा संसारमा भ्यालेन्टाइन डे मनाउने प्रचलनको आरम्भ भएको हो । नेपालसहित अहिले विश्वभर नै भ्यालेन्टाइन विक शुरु भएको छ । प्रेमिल जोडीहरुले काठमाडौं धपक्क बलेको छ । फोटो स्रोत : न्युज एजेन्सी नेपाल ।
क्यान इन्फोटेक मेलाको तयारीमा व्यस्त श्रमिक (फोटोफिचर)
काठमाडाैं । २८औं संस्करणको क्यान इन्फोटेक मेलाकाे तयारी पूरा भएकाे छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित क्यान इन्फोटेक मेलाकाे तयारी पूरा भएकाे हाे । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घको आयोजनामा काठमाडौँको भृक्टिमण्डपमा यही माघ २४ देखि २९ सम्म प्रदर्शनी हुँदैछ । प्रदर्शनीमा यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवद्र्धन गरिने उनको भनाइ छ । प्रदर्शनीमा ब्राण्डिङ, प्रडक्ट लञ्चिङसँगै आइटी करिअर काउन्सिलिङका साथै कलेज, स्टार्टअप र सफ्टवेयर पेभिलियन समेत हुनेछ ।